मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

रैथाने बिधि र प्रबिधिबाट चाडो संम्ब्रिध्धि !!

सुर्यको सेतो प्रकाश हामीले देखिने ७ रंगहरु मिलेर बनेको हुन्छ। बिरुवाको पातमा रहने क्लोरोफिलको मलिकुलले सातरंग मध्धे निलो र रातो लाईट सोसी ईनर्जीका लागि चाहिने खाना बनाउने गर्छ। तेस्तै कतिपय बिरुवा को फलमा हुने केरेटिनोईड पिगमेन्ट (जस्तै गोलभेडाको लाईकोपिन, मकैको जियोजेन्थिन, सुन्तलाको फलको बोक्राको बिटा केरोटिन आदि) ले सुर्यको किरणबाट भोइलेट (बैजेनी) र निलो-हरियो लाईट लिएर आफुलाई आकर्षक रुपमा परिवर्तन गर्छन ताकी किरा आदि अकर्सित हुन। फल खाउन र बिउ अन्यत्र पुगोस र आफ्नो बंश बिस्तार कायम रहोस।

सुर्यबाट आउने सेतो लाईट जस्तै चन्द्रमाबाट आउने प्रकाश लाई तपाइले प्रिज्मबाट पास गर्नुभयो भने यसले पनि सुर्यको प्रकाशले जस्तै सातैवोटा किरण त दिन्छ तर यो अलि इन्फ्रारेडतिर (1 µm to 3 µm ) तिर सरेको पाउनु हुनेछ। चन्द्रमाबाट आउने प्रकाश सुर्य बाट आउने भन्दा  ४ लाख गुना मलिन मात्र हुदैन, यो अलि इन्फ्रारेड तिर सरेको प्रकाशका कारण बिरुवाको ब्रिधि र मेटाबोलिजममा ठुलो सकारात्मक भूमिका पुराउने गर्छ।

चन्द्रमाको प्रकाश नपाएका (वा आधुनिकरण मार्फत जडान भएका प्रकाशका कारण निख्खर अधेरो भोग्न र चन्द्रमाको प्रकाश पाउन बाट बन्चित बनेका बिरुवामा) रोगको प्रतिरोधात्मक शक्ति नहुने, घाउ निको पार्ने शक्ति नहुनु, पोषण तत्वोनै कमसल हुनु र फोटोसेनथेसीस प्रक्रिया समेत बलियो नहुने गरेको भेटिएको छ।

यसको मतलब, ति जटिबुटी उत्पादनमा बिरुवा एउतै नश्लका हुदाका बखत समेत  कमसल आयुर्बेद गुणको रहनु भन्ने नै हो।

आधुनिक रिसर्चका निचोडहारुले पूर्ण चन्द्रको सदुपयोग गर्दै उम्रने र हुर्कने खाध्य तथा जटिबुटी जन्य उत्पादन दिने बिरुवाहरु,  पूर्ण चन्द्रको  माथि उल्लेखित प्रभाबका कारण पानी र बिरुवाको ग्लुकोज बनाउने, ग्लुकोज लाई प्रोटिनमा परिवर्तन गर्ने र संचय गर्ने आदि तरिकामै असर हुने प्रमाणित गरिदियो।

स्वस्थ उत्कृष्ट खाध्य उत्पादन गर्न र मानब स्वस्थको बेबस्थापन गर्न हाम्रा सस्कृतिले बसाएको परम्पराका पछाडी कुनै सनक या खराब नियतले नभई मानवमा भएको लामो समयको प्रयोगको नतिजाबाट आएको उत्कृस्ट चलनको निरन्तरता थियो भन्ने तथ्य हालका अनुशन्धानहरुले एक पछि अर्को गर्दै पुष्टि गर्दै गएको छ।

समग्रमा यसले परम्परागत रैथाने कृषि प्रणालीका फाईदा र आधुनिकीकरणका नाममा कृषि पढ़दतिमा गरिएका अबैज्ञानिक र अप्राकृतीक अतिक्रमणहरु ले कसरि मानब स्वस्थलाई सम्पूर्ण रुपमै प्रतिकुल असरपार्ने उत्पादन मानिसलाई पस्कि रहेछ र बिश्वोलाई झुटो बैज्ञानिक तथ्यका नाममा अबैज्ञानिक प्रतिकुलतामा मिल्काइ रहेछ भन्ने देखाई दिएको छ।

तमाम अध्ययनको निचोड, बिकाशको चरम उचाईको स्वाद चाख्न नपाएको नेपाल जस्ता मुलुकका लागि, आफ्नै रैथाने बिधि र प्रबिधिको जरो पैलाएर – ति बैज्ञानिक रैथाने बिधि र प्रविधिको सदुपयोगको अवसर – मुलुकलाइ द्रुत रुपमा सम्ब्रिधि तर्फ लानसक्ने उपाय हुनेछ भन्ने कुराको पुष्टि हो।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE