मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

प्रधानमन्त्री ओलीको चाहना नेपाली आप क्यानाडामा ?

क्यानाडामा धेरै देशबाट आप आउने गर्छ।त्यो मध्धे सबैभन्दा धेरै थरिको आप आउने स्थान टोरन्टो हो । संसारमै सानो ठुलो आप र अम्बा लाइ टेरिफ कोड़ (tariff code) एचएस (HS) ०८०४५० अन्तर्गत आयात निर्यातको तथ्यांक राखिने हुदा केनेडाको तथ्यांक बिभागको रिकर्डमा सन् २०१७ मा ६२४९० मेट्रिक टन आप र अम्बा आएको देखिन्छ। जुन २०१८ मा लगभग १२ हजार मेट्रिकटनले बढेको अनुमान छ।

श्रीलंका, पाकिस्तान र भारत एसियाका क्यानाडामा आप निर्यात गर्ने प्रमुख मुलुक भएता पनि नेपालको यो क्षेत्रमा कुनै नाम निशान भेटिन्न। पाकिस्तानको चोसा (chaunsa) र अनवर रातोल (anwar ratol) आप केनेड़ामा पाईने मध्धे सबैभन्दा मिठो र महगोमा गनिन्छ। भारत बाट आउने केसर (Kesar) अप्सचो (Alphonso), बन्गंपली (Banganpalli), माल्दा (malda), र चोसा (Chaunsa) अनि श्रीलंकाको कोलंबन भिले (Vellai Kolomban), मल्वाना (Malwana), कोहु अम्बा (Kohu Amba) र ग्रिन उल्लार्ड (Green Willard) सिजनमा क्यानाडामा जताततै भेटिन्छ।

यूएस एफडिए (US FDA) ले दसक अघिनै पाकिस्तान मा यी आपको खेति गर्दा अमेरिकन गुणस्तर अनुसार चाहिने गुड एग्री कल्चरल प्राक्टिस (GAP) अनुसार स्वीकृत नगरिएको माटोमा किरा नियन्त्रणमा बिषादी प्रोयोग भएको, फुल र फल लाग्ने बेला स्वीकृत नभएको किरा नियन्त्रण गरिने बिषाधी प्रयोग भएको र तैयारी आप स्टोर र ढुवानीको क्रममा स्वीकार गर्न नसकिने किरा तथा जीवाणु नियन्त्रणका लागि बिष, गन्धक र मैन आदि प्रोयोग गरिएकोले अमेरिका आयातको लागि अयोग्य भनि प्रतिबन्धित कृषि उपजको सुचिमा राखिदिएको छ। अमरिकामा प्रतिबन्ध भएता पनि उक्त आप क्यानाडा बिना रोकतोक आउने हुदा सिजनमा अमेरिकाको भर्जिनिया देखि १२ – १२ घण्टा मात्र आप खान पाकिस्तानीहरु मे बाट मिड अगस्ट सम्म टोरन्टोको जेराड बजार र सिकागो बाट वोटावामा घुइचो लाग्छ। जेराडका एक बेपरी का अनुसार उनि प्रतेक मंगलबार पाकिस्तान बाट ६००-७०० क्रेट आप झिकाउछन जुन त्यो हप्ताको लागि माग अनुरुप निकै कम हुन्छ।

भर्खरै मात्र भारतबाट यूरोपियन यूनियनमा गएको आपको संकलित नमुनामा फ्रुट फ्लाईको संक्रमण बाट मानबको लागि खान अयोग्य रहेको भेटिएको भनि यूरोपको २८ मुलुकमा जान प्रतिबन्ध लगायो। भारतको गुण नियन्त्रण शाखाको अथक प्रयासबाट भारतबाट निर्यात गरिने फलफुल र तरकारीमा देखिएको उक्त फ्रुट फ्लाईको संक्रमण पूर्ण नियन्त्रण गरिएको प्रमाण र भबीस्यमा सो नहुने संकल्प पश्चात ९ महिना पछि यूरोपको २८ मुलुकले उक्त प्रतिबन्ध हटाएर आयात गर्न अनुमति दिएको थियो।

नेपालका अन्तरास्ट्रिय स्तरमा बजार भएका आपमा मुख्य त अल्फोसो (Alphonso), बम्बै (Bombay), देसारी (Dasheri) र मल्लीका (Mallika) फाल्ने गर्छन। क्यानाडाको बजारमा नेपाल जस्ता बिकसित मुलुकबाट आउने आप भित्रन नपाउने प्रमुख कारणहरुमा मुख्य: फलफुल माटो र फोहर लतपतिएको अबस्थामा भेटिनु, किरा संक्रमित हुनु, कहिले काही किरै भेटिनु र धेरै अबस्थामा तोकिएको मापदण्ड भन्दा धेरै विषादीको रेसिडिउ (crossing allowed – maximum residue level MRL for pesticide) भेटिनु रहेको छ। तेस्तै क्यानाडामा कुनैपनि आयातित खाध्यान्ड कुन देशमा फलेको हो (Country of Origin) त्यो प्रमाणित गर्ने कन्ट्री अफ वोरिजिन को सर्टिफिकेट बिना आयात गर्न दिईन्न।

संसारमा बिना रोकतोक नेपाली खाध्यबजारले प्रवेश पाउन तेसको गुणस्तर प्रमाणित हुनेगरी दिईने सर्टिफिकेट जस्तै गुड एग्रो प्राक्टिस (Good Agriculture Practice ), जिएमपी (Good Manufacturing Practice ) अनुसार खाध्य प्रसोधन भएको, खाध उत्पादन गरिएको देशको प्रमाण (Country of Origin), फाईटोसेनीटरि (Phytosanitory Certifications) कागज पत्र जस्तै खानको लागि उपयुक्त भएको प्रमाण पत्र (Fit For Human Consumptions) आदि प्रमाणित गरिदिने निकाय नै छैन।

हुन त नेपालमा खाध्य तथा गुण नियन्त्रण बिभागले कुनै कुनै बिषय सर्टिफिकेट दिने भनिएको छ। तर त्यो निकाय नेपाल मै खाद्य उधोग प्रबर्धन र कृषि तथा खाध्य उधोगको उत्पादन निर्यात प्रबर्धनका लागि सहयोगी बन्ने माइन सेट (Mind set) शुन्य छ। फलत नेपाल खाध्य तथा गुण नियन्त्रण बिभाग न त उधमीको जरुरत पुरा गर्ने हैसियत देखाउन सकिराखेको छ, न त्यो निकायको कुनै पनि सिफारिश र पत्रलाई भारत लगायतका संसारका संसारका प्राय सबै सरकारी गुणस्तरको नियमन गर्ने निकायहरुले खासै मान्यता दिने गरेका छन्।


भारतीय उधोग मन्त्रालयको बर्सिक एक्सपोर्ट डाटा अनुसार २०१७ / १८ मा भारतले नेपालमा ७८७८.०९ मेट्रिक टन आप निर्यात गरेको थियो भने क्यानाडा मा मात्र ५५६.२३ मेट्रिक टन आप निर्यात गर्यो। सबैभन्दा धेरै यूनाईटेड अरब इमिरेड (२३५४२.५३ मेट्रिक टन) आप निर्यात गर्ने भारत क्यानाडामा भन्दा नेपालमा बजार र मुनाफा दुवै निश्चित रहेकाले नेपाल निर्यातमा उत्साही रहने गरेको भेटिन्छ। नेपालका प्रधानमन्त्री ओली ज्यूले आफ्नै मातहतका निकाय हाल सम्म निकाम रहेकाले जुन नियत पाकिस्तानी आपले अमेरिका र भारती आपले ईऊ (EU) मा भोगेको थियो त्यो नियत नेपाली आपले क्यानाडामा भोग्न सक्ने बुजी उक्त कमजोरी सच्चाउन नसक्ता सम्म नेपाली उधमीले क्यानाडामा आप निर्यात गर्दा भोग्न सक्ने अवस्था मनन गरि नेपाली आप आयातको अन्तरिक बजार नै तत्कालका लागि भने नेपाली उत्पादनले प्रतिस्थापन गर्न तर्फ लाग्नू सबैको हितमा हुने छ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE