मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अध्यात्मको सामुन्ने धेरै पुड्को बनेको छ बिज्ञान

नारायण घिमिरे

आज आफ्नो बास्तबिकतासंग हामि आफ़ै हजारौ कोश टाडा रहनुमा विज्ञानको निकै ठुलो हात छ। जब विज्ञानले प्रतिपादित गरेको सामान्य सिधान्त बाट भौतिक कुराहरु हामीले जे देख्छौ तेसेरिनै चल्ने गरेको प्रमाणित हुदै गयो मानिस बिज्ञान प्रति मोहित बनेको भेटिन्छ।

जब जब विज्ञानका नया शुत्रहरु प्रतिपादित हुदै गए, संसारले  नया नया बिकाशका फड्काहरु लिदै गयो। मानिस बिज्ञान प्रति झन् मोहित हुने क्रम बढ्दै गयो। बिज्ञानले प्रतिपादित गर्दै गरेको नया नया सिधान्तहरुबाट मानिसले अदिकाल देखि स्वीकार्दै आएका तथ्यहरु यथार्थमा सहि रहेको प्रमाणित हुनेक्रम अघि बढीरहेको भएता पनि  अध्यात्मको संघारमा पुगेर भने बिज्ञान पुरै अलमलमा परेको प्रष्ट महसुश गर्न सकिन्छ।

तर्कका आधारमा सिधान्त बनाउने र सिधान्तको बेबाहारिक परिक्षण गरि हेर्दा सफल भेटीए तेही सफलतालाई बेबशाहिकरण गर्दै बिकाशको नया उचाईमा पुग्ने विज्ञानको तरिका बिज्ञानको पहिचान भए देखि आज सम्म बदलिन सकेको छैन।

बैज्ञानिक विचारधाराको नया तथ्यको खोजि गर्ने संसारमा स्थापित प्रक्रिया सुरुमा जुन बिन्दुमा सुरु भएको थियो आज पनि तेही छ।

जसमा मानिसले तर्कका आधारमा सिधान्तहरु बनाउछ। ति सिधान्तहरु लाई बेबहारिक परिक्षण गर्छ। ति परिक्षणहरु बाट प्राप्त नया सूचनाहरुका आधारमा फेरी तर्कहरु बिकाश गर्छ। नया तर्कहरुका आधारमा पुन: सिधान्त बनाई बेबहारिक परिक्षण गर्छ।

ति परिक्षणहरुबाट प्राप्त नया सूचनाहरुका अधारमा फेरी नया तर्क मिसाएर नया सिधान्त बनाएर परिक्षण गर्ने काम सुचारु गरि रहन्छ। तब सम्म गरि रहन्छ जब सम्म उसको मनमा आएका जिज्ञासाको उसले उत्तर भेट्दैन।

संसारको एक कनिष्ट बैज्ञानिक होस् वा नामुद कहलिएको  एक से एक बैज्ञानिक गनिएकाहरु हुन्,  घरमा रहेको बार्दलीमा गरिएको परिक्षण होस् वा कै नामुद भनिएको बिशाल रिसर्च वा इनोभेसनका अखडा, उनीहरुको सबैको बिज्ञानको परिक्षण गर्ने पारा वा प्रकृति  (तर्क गर्ने क्षमता मा १९ – २० फरक होला)  र नया तथ्यको खोजि गर्ने प्रक्रिया यहिनै रहिआएको छ।

आज पनि बिज्ञानले नया तथ्यको खोजि गर्ने प्रक्रिया, पारा र प्रकृति सुन्दा अचम्म लाग्ला, तर हुबहु तेही तरिका रहेको छ जुन  प्रतेक बच्चाले जन्मेपछि हात खुट्टा चलाउन, घश्रिन, हिड्न र दौडन सिक्छ। संसार लाई पल-पल अबलोकन गरि  बुज्न र  संसारबारे आफ्नो अनुभूति र मान्यता बिकाश गर्न एक बालकले आफुलाई तैयार गर्छ ।

यसको मतलब के हो भने, आजको  बैज्ञानिक अनुशन्धान भनेको आफ्नो मनमा जिज्ञाशा पैदाहुदा तेसको उत्तर खोज्न हामीले जुन प्रक्रिया बाट हिड्न सिकेउ, साइकल चलाउन सिकेउ वा कपुरी “क” लेख्न सिकेउ हुबहु तेही प्रक्रियाको प्रयोगबाट बिज्ञानले आफ्नो अनुसन्धान गर्ने गर्छ ।

फरक मात्र यति हो, जतिबेला हामी बालक हुन्छौ र हिड्न खोज्छौ, तेतिबेला हामी संसारलाई वास्ता गर्दैनौ । काम गर्दै सिक्दै गर्छौ। प्राकृतिक रुपमै सफलताको बेबाहारिक भर्याङ उक्लन सफल बन्छौ।

उमेर पुगे पछि आफ्नो अनुभब भन्दा अर्काको कुरामा ज्यादा भर पर्छौ। काम गर्दै हैन, मात्र पढेर सिक्न खोज्छौ। काममा लगन कम दिदै अप्राकृतिक प्रगतिको अपेक्षा गर्छौ।

नतिजा, प्राय असफल बन्छौ। असफलतामा निराश बन्छौ। तेसको अपजस आफ्नो आत्मारतिको लागि अर्कालाई थोपरेर अर्को नया पेसा खोज्छौ। फेरी फरक संधर्बमा उही यात्रा प्राय: पुन दोहोराउछौ।

सबै भन्दा चुरो कुरो, हाम्रो हालका स्कुल र बिश्वोबिद्यालयहरुले हामीलाई तेसै गर्न सिकाउछ, भन्छ र अभिप्रेरित समेत गर्छ।

हामीलाई शिक्षा त दिईन्छ। तर निर्वाह मुखी अल्प शिक्षा। जस्तै: आज हाम्रा सम्पूर्ण शैक्षिक सस्थाहरु, स्कुल र बिश्वोबिद्यालयहरु हाम्रा बिद्यार्थी हरुलाई खानाबाट मानिसले सरिरको लागि चाहिने ईनर्जी प्राप्त हुन्छ भन्ने शिक्षा दिईरहेका छन्।

अपशोच, खाना बाहेक अक्सिजन र पानी हाम्रो सरिरको महत्वो पूर्ण र मुख्य इनर्जीको श्रोतहो भन्ने बताईदैन। हाम्रो फुड र निउट्रिसनका ग्रेजुएटहरु खाना बिना शक्ति सम्भब छैन भन्ने पूर्णरुपमै बिस्वाशमा पर्छन। अनि कालान्तरमा हाम्रा ऋषि मुनिहरू निराहार तपस्या बस्थे भन्ने मान्यता बोगस र नहुने तर्क भनि हुत्ताईदिने मनोबृतिका निस्कन्छन।

विज्ञानले पहिचान गरे अनुरुपनै बास्तबमा हामीले स्वाश प्रस्वास बाट लिने अक्सिजन मानिसको पहिलो र मुख्य इनर्जीको श्रोत हो। मानिसको सरिरको सम्पूर्ण प्रणाली संचालन गर्न र तन्दुरुस्त राख्न अक्सिजनले मुख्य इन्धनको भूमिका निभाउने गर्छ। मानिसले खाने खाना र पिउने पानीबाट मानिसको सरिरको मात्र १०% इनर्जी पूर्ति हुने गर्छ। हाम्रो सरिरको ९०% इनर्जी अक्सिजनबाट आउने गर्छ।

अक्सिजनले हाम्रो सरिरलाई आफ्नै बृध्धि गर्ने क्षमता प्रधान गर्छ। सरिरको तन्तुमा विकास हुने हानिकारक रेडीकल्स हटाउने, बाताबरण बाट सरिर भित्र पुग्ने  बिषालु पदार्थलाई निस्क्रिय तुलाउने, एनेरोबिक बेक्टेरिया, परजीबी र भाईरस आदि लाई मार्ने र सरिर बाहिर पठाउन अक्सिजनको भूमिका रहन्छ। तेसैले अक्सिजनले हाम्रो रगतलाई डीटक्सीफाई गर्छ भनिएको हो।

हाम्रो सरिरले हामीले खाएको खानलाई पचाएर ग्लुकोज बनाउछ। उक्त ग्लुकोजलाई रगतले तन्तु तन्तुमा रहेको केशिकामा पुराउने गर्छ। केशिकामा रहेको माइकोकोन्ड्रीयामा उक्त ग्लुकोजले एडिपि लाई एटिपीमा परिवर्तन गर्दै सरिरको लागि चाहिने इनर्जी उत्पादन गर्छ।

दैनिक रुपमा सामान्य तय बयस्क पुरुष लाई जरुरि हुने १५०० केलोरी र बयस्क महिला लाई १२०० क्यालोरी इनर्जी जरुरत हुन्छ। विज्ञानका अनुसार सामान्यतया सरिरलाई आफ्नो तिन प्रकृतिका गतिबिधिका लागि शक्तिको जरुरि पर्छ।

सरिरको तापक्रम बेबस्थापन गर्न र जीवित राख्ने  जस्ता आधारभूत कार्य संचालन (बिएमआर BMR) गर्न लगभग ७० प्रतिसत इनर्जी खर्च हुन्छ। जसमा रक्त संचार,  स्वास प्रश्वास,  मुटु, फोक्सो, कलेजो, मृगौला दिमाग आदि स्वोचालिन गर्तिबिधिहरु पर्दछन। सरिरको अन्य भौतिक गतिबिधिमा लगभग २० प्रतिसत र ५ देखि १० प्रतिसत पाचन प्रक्रियामा खर्च हुने मानिन्छ।

सरिरलाई दैनिक चाहिने ईनर्जी पुरा भई सकेपछि केसिकामा पुग्ने अनाबस्यक ग्लुकोज नपचाई कित बोसोको रुपमा परिवर्तन गरि संचय गर्नुपर्ने हुन्छ। कि त बाहिर कुनै तरिका बाट फाल्नु जरुरि हुन्छ।

केसिकामा हुने मेटाबोलिजममा  अक्सिजन बाट ९०% इनर्जी आउने हुदा, सरिरको दैनिकी लाई जरुरि भन्दा बढी हुन जाने केसिकामा पुगेको मात्र १ ग्राम ग्लुकोज खर्च गर्न मानिसले लगभग १५ मिनेट हिड्न पर्ने हुन्छ।

विज्ञानले आज सम्म औपचारिक रुपमा मानिसको भौतिक सरिर लाई मात्र चिनेको छ वा पहिचान गर्छ।

भौतिक सरिर सम्पूर्ण रुपमै प्रकृति बाटै आउछ र अन्तत: सबै प्रकृतिमै फर्कन्छ।

पिताले प्रकृति बाट लिएको हावा, पानि, खाध्य अखाध्य आदि बाट बनेको बिर्य र माताले सोहि श्रोत बाट खाएको / लिएको पदार्थ बाट गर्बासयमा बनाएको डिम्बको गर्भाधान बाट बनेको भ्रुण, प्रकृतिबाट  खाएको / लिएको पदार्थ हरुको संकलित थुप्रोको रुपमा मानब लगायत जीव हरुको भौतिक सरिर बन्ने र हुर्कने गर्छ।

जीवित रहदा जीवहरुको भौतिक सरिरले पृथ्वीबाट बिभिन्न तत्वो जस्तै मिनिरल, पानि, लबण,खाना, हावा आदि जोगाड गरि सरिरको संचालन र ब्रिधि गर्ने गर्छ।

तेस्तै मुख्य तय: ५ अंग ठुलो आन्द्रा (गुधद्वार), मृगौला (पिसाब), फोक्सो (स्वास), कलेजो (बिषाधि), र छाला (पसिना) मार्फत प्रकृतिबाट जम्मा गरेको तत्वो भिन्न रुपमा सरिरले पृथ्वीमा नै फिर्ता गर्ने गर्छ । जीवित रहदा सम्म मुर्त सरिर र पृथ्वीको बीच यस्तो किशिमको लेनदेन चलि रहन्छ। जसको लागि इनर्जीको जरुरि हुन्छ।

सरिरको मृतु पश्चात सरिरमा बेक्टेरिया आदिको संक्रमण बाट सरिरको फ्रमेंन्टेसन हुने र पानि तथा कार्बनडाईअक्साईड बन्दै पृथ्वीमै फर्कने र बचेखुचेको सरिरमा बेक्टेरिया पछि मोल्ड, ईष्ट अनि सुलसुले किरा आदिको संक्रमण मार्फत माम्स पदार्थ र हड्डी आदि कुहिने र कार्बनका अक्साईड, नाइँट्रोजनका अक्साईड आदि हावामा र मिनिरलहरु डिमिनिरलाइजेसन मार्फत पृथ्वीमै फर्कन्छ।

अन्तत सरिरले पृथ्वीबाट जम्मा गरेको कुराहरु पृथ्वीमै बिस्तारै सबैनै फिर्ता गर्ने गर्छ।

इनर्जी न त पैदा नै हुने छ, न त नष्ट नै। यो त मात्र एक रुप बाट अर्को रुपमा परिवर्तन हुने गर्छ भन्ने सिधान्त यहाँ पूर्ण रुपमै लागु हुने गर्छ।

तर्कका आधारमा सिधान्त बनाउने र सिधान्तको भौतिक रुपमै बेबाहारिक परिक्षण गरिहेर्दा सफल भेटीए मात्र तेसलाइ सहि ठमम्याउने बिज्ञानले हाम्रो भौतिक सरिरको पृथ्वीसंगको लेनदेनमा आधारित जन्म, जिबन र मृतु आदी तथ्यहरु केहि हद सम्म राम्ररिनै बोलेको छ।

सरिरमा सन्तान वृद्धिको क्षेमता राख्ने बिर्य बन्दै गर्दा अभौतिक पदार्थ (आत्माको) भौतिक पदार्थमा हाल सम्म बुज्न नसकिएको प्रक्रिया बाट संयोजन भई भौतिक पदार्थमा जिबन दिने तर उक्त जिबन भौतिक पदार्थ निर्मित स्थुल सरिर नमर्दा सम्मको बिन्दु सम्म मात्र जोड़ीई रहने अनि मृतुको बिन्दुमा पुन: हाल सम्म बुज्न नसकिएको प्रक्रिया बाट बियोजन हुने बारे बिज्ञानले कुनै भेउ पाउन सकिरहेको छैन।

मस्तिष्कमा आउने तर्क र तर्कले पैदागर्ने सिधान्त लाई विचार भनि नामकरण गर्दै गर्दा आत्मा, चेतना र मन जस्तै विचार पनि अभौतिक तत्वो हो भनि मान्ने बिज्ञान ले यि अभौतिक तत्वोहरुका उपजहरु कसरि भौतिक प्रकृतिको बचन, कर्म, गति, ध्वोनि, प्रकाश र अन्य शक्ति उत्पादन गर्न सकक्षम बनिरहेका छन् भन्ने पहिचान गर्न सकिरहेको छैन।

तर्कका आधारमा सिधान्त बनाउने र सिधान्तको भौतिक परिक्षण गरि अघि बढ्नु लाई आफ्नो सम्पूर्ण चरित्र बनाएको बिज्ञानले आफ्नो मस्तिष्कमा आउने ति तर्क चाही कहाबाट कसरि आयो त भन्ने पनी ठम्माउन सकिरहेको छैन।

तालिम प्राप्त सुगाले ‘गोपी किष्णको” भन्दै गर्दा मिठो स्वरले श्रोतालाई रोमान्चित गराई रहदा तेस भित्रको अन्तर बस्तुको बिशाल अर्थ र मर्म नाबुजे पनि सुगाको जिन्दगि चले जस्तो सिमित दाएरामा जकडिन पुगेको बिज्ञान बिशाल जनसमुदायलाई धेरै हदसम्म रोमान्चित गर्न भने सकिरहेको छ।

“ईनर्जी न त पैदा नै गर्न सकिन्छ, न त नष्ट नै, सकिन्छ त मात्र एक रुप बाट अर्को रुपमा परिवर्तन गर्न” भन्ने सिधान्त बोकेको विज्ञान, जिबात्माको अस्तित्वोको न त उत्पतिको मुहान पहिचान गर्न सकेको छ, न त अन्तिम गन्तब्य।

भौतिक सरिर काहाबाट आयो र कहा गयो भनि सम्पूर्ण चित्रण गर्न सकेको बिज्ञान, जिबात्मा र आध्यात्मिक प्रकृतिका आत्मा, चेतना, मन, विचार, अहंकार, अनुभूति, ऋष, माया, घृणा आदि कहाँ बाट आउछ र कहाँ गएर समाप्त हुन्छ भन्ने सन्दर्भमा अलमलमा जाकिएको छ।

अधेरो उज्यालोको बिपरित हैन, बरु अधेरो रहनु भनेको उज्यालोको अनुपस्थितिको अवस्था हो भन्ने अनुभूति लिन नसकेको बिज्ञानले प्रकृतिमा इनर्जी कहाबाट आयो र कहाँ जान्छ भन्ने उत्तर कहिलै भेटेंन बिज्ञानले। तेसैले निचोड निकाल्यो “इनर्जी न त पैदा नै गर्न सकिन्छ, न त नष्ट नै। सकिन्छ त मात्र एक रुप बाट अर्को रुपमा परिवर्तन गर्न।”

हुनपनि अनुशन्धान बाट प्राप्त भौतिक तथ्यमा आधारित भएर निचोड निकाल्ने बिज्ञानको माध्धेमबाट बिषयको समग्र अन्तर बस्तु पहिचान गरि निचोडमा पुग्ने अध्यात्मको पूर्ण पहिचान र अनुभूति गर्नको लागि बिज्ञानले आफुलाई यसको परम्परागत अनुशन्धानको घेराबाट माथि उठाउन जरुरि हुनेछ।

किनकि अध्यात्मिक ज्ञान भनेको बिज्ञानको बिपरितको अवस्थाको बारेको ज्ञानहैन। बरु अध्यात्मिक ज्ञान अंतरगतका धेरै विधाहरु मध्धेको एक भौतिक विधा मात्र हो बिज्ञान। अध्यात्मिक ज्ञानमा संसारिक अस्तित्त्वो देखि सृजना सम्मको ज्ञान, ब्रमाण्डको उत्पति र ब्रमाण्ड भित्रका गतिबिधि हरुको र तिनीहरुको संसारिक अस्तित्त्वो, सृजना र ब्रमाण्ड संगको संयोजन बारेका ज्ञानहरु समेटिएका छन्।

अध्यात्मका अनुसार संसारिक अस्तित्त्वो र तपाई लगायत सम्पूर्ण बिषय वा बस्तुको संसारिक अस्तित्त्वोको मुख्य र एकमात्र श्रोत भनेको कस्मिक कन्सियसनेस (Cosmic Consciousness) हो।अध्यात्ममा पुरुष (जसलाई शिव भनिन्छ) र प्रकृति (जसलाई शक्ति भनिन्छ) मिलि शब्द शिव शक्ति बनेको छ। शिव शक्ति भनेर बास्तबमा पुरुष-महिलामा अन्तर्निहित सृजनाको तागतलाई इंकित गरिएको हो।

प्रकृति भन्ने शब्द कालान्तरमा महिलाका नाममा प्रचलनमा आएको देखिन्छ। जब पुरुष (male formless, colorless, choiceless, beyond attributes energy of passive awarness) प्रकृति (female energy of active attributes of awarness with form, color and choice) संग संसर्गमा आयो ब्रमाण्डको (Universe) सृजना भयो  जसरी पुरुषको विर्य महिलाको डिम्बसंग गर्बासयमा मिल्न पुग्दा प्रकृतिको आजसम्मकै उत्कृष्ट उपहार जिबनको अस्तित्वो सम्भब बनेको छ, तेसेरिनै प्रकृतिको गर्बबाट ब्रमाण्डको जन्म हुन पुग्यो।

जुनसुकै कार्यको लागि इनर्जीको जरुरि हुने हुदा प्रकृतिको गर्ब रहने र ब्रमाण्डको जन्म हुने सम्मको लागि कस्मिक कन्सियसनेस शक्तिको उपयोग भयो। कस्मिक कन्सियसनेस संसारको एकमात्र इनर्जीको श्रोत रहेकाले अस्तित्वोमा रहेको जिबन, पृथ्बी, ब्रमाण्ड र शिवशक्ति बीच कन्सियसनेस (Consciousness) मार्फत जिबनभर सम्पर्क स्थापित रहन सम्भब बन्यो।

धेरै शुष्म रुपमा हेर्दा हाम्रो सानो परिवारमा लोग्ने-स्वास्नी बीच माया, प्रेम, मोह, अहंकार, तिष्णा र घृणाको अन्तर सम्बन्ध हुन्छ। तेती हुदाहुदै हाम्रो सन्तान, दर सन्तानको अस्तित्वो सम्भब बनिरहेको छ। माया, मोह, अपेक्षा, उपेक्षा आदिको त्यान्द्रोमा पूर्ण रुपमा जोडिएर पारिवारिक साम्राज्य निरन्तर चलिरहेको छ। बृहत संधर्बमा समेत शिबशक्ति (पुरुष – प्रकृति), ब्रमाण्ड र  ब्रमाण्डका प्रतेक जीवआत्मा बीच कन्सियसनेस मार्फत संचार स्थापित हुदै सह-अस्तित्वोको सम्भब बनेको छ।

नेपालमा हालै जब बिज्ञानको अन्त: हुन्छ तब आध्यात्मको सुरु हुन्छ भने गम्भीर त्रुटियूक्त भनाईहरु बिना अध्यायन प्रस्तुत गरिएको र स्थापित गर्न खोजिएको भेटिन्छ। यथार्थमा आध्यात्मका अनुशार “महिला-पुरुष सचेतना शक्ति” मार्फत “ब्रमाण्ड” को सृजना “प्रकृति” को कोखबाट बनेको येथार्थता सत्य रहन सक्ने आज आएर क्वान्टम फिजिक्सका नया नया अविष्कारहरुले इंकित गरिरहेका छन्।जीवको आत्मा, जगत र पुरुष-प्रकृति शक्ति (शिब शक्ति) बीच कस्मिक कन्ससनेस मार्फत संयोजन रहेतर्फ क्वान्टम इन्टेङगलको पहिचान ले दरो प्रमाण जुटाउने तर्फ फिजिक्स पुग्दै गरेको देखिन्छ।

ब्रमाण्ड भित्र रहेको पृथ्वीमा रहेका मानब जातिले अनुशन्धान बाट प्राप्त भौतिक तथ्यमा आधारित भएर निचोड निकाल्ने र बेबाहारिक मार्गबाट सत्यको नजिक पुग्ने प्रयास गर्दै गर्दा बिज्ञान क्षणिक रुपमा सिमित खण्ड भित्रका सिमित ज्ञानहरु बारेमात्र यथार्थता बक्न आइपुगेको देखिन्छ। सम्पूर्ण संसारिक सह-अस्तित्त्वोबारे जीवआत्माको गन्तब्यको बिन्दु बाहिर समेत बिज्ञान प्रयोजन बिहिन बनेर बिलाई रहेको छ।

जीवको भौतिक सरिर काहाबाट आयो र कहा कसरि गयो भनि सम्पूर्ण रुपमा राम्रै चित्रण गर्न सकेको बिज्ञान संसारकै उत्पति देखि उत्पतिकै बिन्दु सम्म भने पुग्न सकेको छैन। बिज्ञानको आज सम्मको प्रगति र अलमल लाई नियाल्दा “उत्पति देखि उत्पतिकै बिन्दु सम्म” आफ्नो प्रयोजन स्थापित गर्ने बिज्ञानको हालको प्रयास पुरा हुन् भने निकै लामो समय कुर्नु पर्ने देखिन्छ। जबसम्म बिज्ञान उक्त दुइ बिन्दुबाट आफुलाई बाहिर सम्म आफ्नो प्रयोजन स्थापित गर्न सक्ने छैन तब सम्म अध्यात्मको सामुन्ने धेरै पुड्को साबित भईरहने कुरामा संसारमा खासै कुनै विवाद भेटिन्न।

(घिमिरे क्यानडा निवासी खाद्यवैज्ञानिक हुन् ।)

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE