मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

एनआरएनए. क्यानडाको सदस्यता दर्ता तथा नविकरण जारी

गैरआवासीय नेपाली संघ( एनआरएनए) क्यानडाले संस्थाको सदस्यता दर्ता तथा नवीकरण म्याद थपेको छ । गत अप्रिल २९ तारिखदेखि खुल्ला गरिएको सदस्यता बितरण एवम् नवीकरण प्रकृया  मे १५  तारिख सम्म जारी रहने बताइएको थियो ।

तर प्राविधिक कारणले केही दिन ’पे पाल’ मा समस्या  आएपछि सदस्यता वितरण कार्य अवरुद्ध हुन गएकोले आगामी मे ३१ तारिख सम्म म्याद थपिएको एनआरएनए क्यानाडाका महासचिव चिरन्जिबी घिमिरेले बताए । उनले भने ‘अवरुद्ध भएपछि एनआरएनए क्यानडाको तत्कालै बोर्ड बैठक बसी सर्वसम्मतमा नयाँ सदस्यता दर्ता तथा  नवीकरणका लागि आगामी मे ३१ तारिख सम्मका लागि समय थप गरिएको हो।’

प्राविधिक कारणले सदस्यहरूमा पर्न गएको असुविधाका लागि एनआरएनए क्यानडाले दुख व्यक्त गर्दै क्षमायाचना गरेको छ  ।

त्यस्तै एनआरएनए क्यानडाको सदस्यता लिइसकेपछि  सदस्यहरूलाई एनआरएनएको फोटो आईडी उपलब्ध हुने हुँदा सदस्यता नवीकरणका लागि निम्न जानकारी गराएको छ ।

(From canadakhabar.com : Photo/Video: NRNA Canada President Gopi Krishna Kafle)

आदरणीय क्यानडाबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू ,

एन. आर. एन. ए. क्यानडाको सदस्यता दर्ता तथा नविकरण सम्बन्धी जानकारी |

एन. आर. एन .ए. क्यानडाले संस्थाको सदस्यता दर्ता तथा नविकरण कार्य जारी राखिरहेको छ । यसै सन्दर्भ मा अप्रिल 29, 2019 देखि सुरु भएको सदस्यता वितरण एवम नविकरण प्रकृया आगामी मे 15, 2019 सम्म जारी रहने बताइएको भए पनि प्राविधिक कारणले केहि दिन ‘पे पाल’ मा समस्या आएको कारण सदस्यता वितरण कार्यमा अवरुद्ध हुन गएकोले एन आर एन क्यानडाको तत्कालै बोर्ड बैठक बसी सर्वसम्मती रूपमा नयाँ सदस्यता दर्ता तथा नबिकरणका लागि आगामि मे 31, 2019 का दिन सम्मका लागि समय थप गरिएको कुरा जानकारी गराइन्छ । प्राबिधिक कारणले तपाइँ हरू मा पर्न गएको असुबिधाका लागि एन आर एन क्यानडा दुख ब्यक्त गर्दै क्षमायाचना गर्दछ । एन आर एन ए क्यानडा को सदस्यता लिइसके पछि सदस्यहरू लाई एन आर एन ए को फोटो आईडि उपलब्ध हुने हुँदा सदस्यता नविकरण का लागि निम्न उल्लेखित डकुमेण्टहरू आवाश्यक रहने कुरा यहाँहरूलाई जानकारी गराइन्छ :

1 . फोटो (सेल फोन बाट लिएर अपलोड गर्न पनि मिल्ने)

2 . क्यानडा सरकारले जारी गरेका फोटो स्पष्टरुपमा देखिने अध्यावधिक आई डि वा अन्य परिचय खुल्ने फोटो आईडि (चालक प्रमाण पत्र, पी आर कार्ड, पासपोर्ट तथा ब्यक्तिको फोटो देखिने अन्य आधिकारिक आई डी)

3 . फोन नम्बर

4 . ईमेल

5 . ठेगाना

6 . पे पाल अकाउण्ट वा क्रेडिट कार्ड

सदस्यता दर्ता वापत लाग्ने क्यानेडियन डलर 15 पे पाल अथवा क्रेडिट कार्डबाट तिर्न सकिने छ । फोटो आई. डी. अपलोड नगरेमा तथा गलत आई.डि. तथा आफनो बारेमा गलत सूचना उपलब्ध गराएमा सदस्यता रद्ध हुन सक्ने छ ।

पुराना आजीवन सदस्यहरूका हकमा एन.आर.एन.ए. फोटो आईडिको लागि निम्नानुसारको ब्यवस्था हुने छ :

साधारण सदस्यमा रजिस्टर गर्ने र $15 तिर्ने, एसरी तिरेको $15 फिर्ता हुने छ र अपलोड गरिएका सबै सूचनाहरू केन्द्रमा जाने छन ।

इमेल मार्फत आफनो फोटो, फोन, ठेगाना, ईमेल र अध्यावधिक आई. डी.एन.आर.एन .ए. क्यानडालाई पठाउनु पर्नेछ ।

अथबा माथि उल्लेखित कुनै कार्यहरू नगरेमा एन आर एन क्यानडा ले सदस्यहरूको ब्यक्तिगत विवरण सूचना केन्द्रमा पुर्याउन सक्दैन र उपलब्ध गराउने भनिएको एन आर एन ए फोटो आई डि सदस्यहरूलार्इ उपलब्ध गराउन सकिदैन । तर पनि निज ब्यक्ती एन आर एन ए को आजीबन सदस्य भने रहिनै रहने छ ।

ब्यक्तिगत सूचनाको गोप्यताको सवालमा एन आर एन ग्लोवल ले सदस्यले उपलब्ध गराएका जानकारीहरू पूर्ण रूपमा गोप्य र सुरक्षित राख्ने प्रतिबद्धता जनाइसकेको छ र उक्त कार्यका लागि एन आर एन ए ग्लोबल ले एन आर एन ए क्यानडा संग सहमति समेत गरिसकेको छ । केही साथी हरू बाट प्राप्त सुझाव र सल्लाह निरन्तर आइरहेको अवस्थामा हामी केन्द्र बाट गोप्यता मा कुनै कसर छोड्ने छैन भन्ने मा ढुक्क छौं।

तसर्थ समयमै सदस्यता दर्ता एबम नबिकरणका लागि एन . आर. एन ए क्यानडा हार्दिको अनुरोध गर्नुका साथै सदस्यता सम्बन्धि कुनै अन्योलता भएमा एन. आर . एन.ए. क्यानडा तथा सस्थांका पधाधिकारीहरुलाई तुरुन्तै सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ ।

धन्यबाद
एन आर एन ए क्यानडा ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE