मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

रैथाने उब्जनी र परम्परागत शिपको बैरी नेपालकै प्लानटेड बुध्दिजीबी !

भारतको नयाँ क्वारेन्टाइन नीति लागू पछि नेपाली जडीबुटी व्यवसाय धराशायी बन्दै गएको छ। भारतले बोट बिरुवा र तिनका अंशको आयातलाई व्यवस्थित गर्न विरुवा क्वारेन्टाइनसम्बन्धी आदेश २००३ जारी गरी सोको अनुसूची ७ मा सूचीकृत जडीबुटीमात्रै निर्यात गर्ने जनाएपछि नेपालबाट निकासी हुने धेरै जडीबुटी त्यो सूचीमा नपर्दा निकासी हुन नसकेको हो ।

बोझो, कपुर, दालचिनी, काउलो पाउण्डर, कुट्की, रीठा, टिमुरको सूचीमा नाम मिलेता पनि वैज्ञानिक नाम नमिल्दा समस्या उत्पन्न भएको छ ।

नेपालबाट करीब ८० प्रकारका जडीबुटी भारत निकासी हुनेमा  भारतको नयाँ कानूनअनुसार, २६ मात्रै जडीबुटी सूचीकृत भएपछि पषाणवेद, कुरिलो (सतावर), आमला, पदमचाल, चिराइतो, अमलवेद, अतिष, कालादाना र सिकाकाइ लगायतका  रु. १० अर्ब बढीको करीब एक हजार ५०० मेट्रिक टन जडीबुटीको गत मङ्सिरदेखि निकासी रोकिएको छ।

नेपाल सरकारले वन ऐन–२०४९ को दफा ७० (क) ले दिएको अधिकार प्रयोग गरी  नेपाल राजपत्र मिति ०५८।०९।१६, ०६४।०७।१९ र ०६७।०९।२६ को प्रकाशन अनुसार देहायका वन पैदावारहरूलाई सङ्कलन, उपयोग, बिक्रि–वितरण, ओसार–पसार र निकासीको लागि प्रतिबन्ध लगाएको छ ।

(क) पाँचऔंले –Dactylorhiza hatagirea

(ख) ओखरको बोक्रा -Bark of Juglans regia

(घ) झ्याउ (Lichen spp)

मिति २०६०/८/१ गते प्रकाशित नेपाल राजपत्र भाग ३ अनुसार वनस्पती विभागले कुट्की हो भनी वन विभागले उक्त जडिवुटीको उपलव्धता समेतलाई दृष्टिगत गरी निकासी गर्न स्वीकृती दिएको अवस्थामा वाहेक कुट्की विदेश निकासी गर्न प्रतिवन्ध लगाइएको छ ।

वनस्पति विभाग वा जडवुटि उत्पादन तथा प्रशोधन कम्पनि लिमिटेडको सिफारिसमा (आफनो उत्पादनको हकमा बाहेक) वन विभागको स्विकृति लिएर नेपाल अधिराज्य भित्र प्रशोधन गरी सारतत्व (Extract) निकासी गर्न अनुमति पाएको अवस्थामाबाहेक देहायका वन पैदावारहरूलाई विदेश निकासीको लागि प्रतिबन्ध प्रतिबन्ध लगाएको छ ।

(क) जटामसी (Nardostachys grandiflora)

(ख) सर्पगन्धा (Rauvolfia serpentina)

(ग) सुगन्धकोकिला (Cinnamomum glaucescens)

(घ) सुगन्धवाल-Valeriana jatamansii

(ङ) तालिसपत्र –Abis spectabilis

(च) लौठ सल्ला –Taxus wallichiana

वनस्पति विभाग वा जडवुटि उत्पादन तथा प्रशोधन कम्पनि लिमिटेडको सिफारिसमा (आफनो उत्पादनको हकमा बाहेक) वन विभागको स्विकृति लिएर नेपाल अधिराज्य भित्र उमालेर सारतत्व (Extractives) निकाली उपयुक्त ढङ्गले समिश्रण गरी निकासी गर्न अनुमति पाएको अवस्थामाबाहेक शिलाजितलाई विदेश निकासी गर्न प्रतिबन्ध लगाइएको छ।

तेस्तै वन विभागको स्विकृति लिएर नेपाल अधिराज्य भित्र वाष्पीकरण र सम्वेष्ठन (Steam distillation and packaging) गरी निकासी गर्न अनुमति पाएको अवस्थामा बाहेक यार्सागुम्बालाई विदेश निकासी गर्न प्रतिबन्ध लगाइएको छ।

व्यापारिक प्रयोजनको लागि कटान, ओसार पसार र विदेश निकासी गर्न देहायका वन पैदावारहरूलाई प्रतिबन्ध लगाएको छ।

(क) सतिसाल –Dalbergia latifolia

(घ) ओखर (Juglans regia) (राष्ट्रिय वनको मात्र)

(च) बिजयसाल (Pterocarpus marsupium)

(छ) साल (Shorea robusta)

उल्लेखित प्रतिवन्ध व्यवस्थापनमा ढलापढा रुखमा, स्वीकृत कार्ययोजना बमोजिम कटान हुने रुखमा र प्राथमिकता प्राप्त आयोजनाहरुबाट कटान हुने रुखको हकमा भने लागू हुने छैन भनिएको छ।

नेपालमा उपयुक्त प्रबिधि हस्तान्तरण गरि नेपालमै जटिबुटी प्रसोधन उधोगहरु नखोल्दा सम्म नेपालको रैथाने उब्जनी र परम्परागत शिपको उन्नति र बेबशाहीकरण हुने छैन।

हाल नेपालको नीति, परियोजना तथा बजेट बाडफाड़मा रहेका उच्च पदाधिकारी हरुमा बिदेशी ठुला ठुला बैकले तयार पारेका दास मनस्थिति बोकेका बिज्ञ कहलिएका हरुको दशकौ देखि गहिरो प्रभाब र हालीमुहाली जमेको छ।

मिहिन रुपमा केलाएर हेर्दा बिज्ञ कहलिएकाहरु बैदेशिक ग्रयाण्ड डिजाईन अन्तर्गत नेपालमा कार्यरत गराउने नियतमै तैयार बनेका भनि खुट्टाउन खासै समस्या पर्दैन।

उनीहरु प्राय: बिदेशी मुलुक र तिनका कम्पनि र अन्तराष्ट्रिय ब्यापारीको मुख्य लगानीमा आधारित बहुराष्ट्रिय संघ, सस्था, २-४ वोटा मल्टिनेसनलमा “आकर्षक पदको नाम र कमाई” भिरेर तिनका कम्पनीमा मात्र खाजांचीको कर्म सम्पन्न गरि तिनैको सिफारिशमा नेपालको उच्च तहमा प्रभाब जमाउन सक्ने हैसियत बनाएर नेपाल फर्कने गरेका भेटिन्छन।

विदेशबाट यसरी रोपिएका भुईफूटटे मनस्थितिका बिज्ञहरुको नेपालमा जमेको उच्च तहको संगठित माफिया करणले हाम्रा परपरागत शिपको समय अनुकुल उन्नति र बेबशाहीकरणको लागि जरुरि हुने ज्ञान शिप र प्रबिधि हस्तान्तरण कहिलै हुनै दिएन।

नेपालको उच्च तहमा बसेकाहरु लाई निरन्तर यो या त्यो बाहानामा यो बर्ग पूर्ण प्रभावमा मात्र लिईरहेको छैन बरु दसकौ देखि नीतिमै परम्परागत शिपको समय अनुकुल उन्नति र बेबशाहीकरण गर्नको लागि जरुरि हुने ज्ञान शिप र प्रबिधि हस्तान्तरणमा लगानी प्रतिकुल  बेबस्था लादि  लगातार रोक्न सफल बनेका छ।

नेपालमा प्लानटेड दासहरुले आफुले जानेको कन्सल्टेन्सी जस्ता कामका लागि नीति नियमनै बनाएर नेपाल सरकारको खर्बौ रकम आफ्ना गुरुहरुको पोल्टामा पुराउन

न्वारन देखिको बल लगाउने गरेको भेटिन्छ। तेस बापत प्राप्त रहल पहल ले दासहरुका खल्ती पनि भरिएकै छन्।

नेपालको बौध्दिक माफिया करणको सबैभन्दा डरलाग्दो नतिजामा हाल नेपालमा   नीतिमै उल्लेख गरि नेपालको रैथाने उब्जनी र परम्परागत शिपको उन्नति र बेबशाहीकरण जस्ता बिषय नेपालले बिना लगानी फोकटमा (उस्तै परे थप लगानी अफर सहित) मुलुकलाई प्राप्त हुन पर्छ भनि प्रभाबमा लिनु र गलत महसुश गराउन सक्नु हो।

किन कि उक्त अबस्थामा मुलुकमा आफ्नै प्रबिधि र परम्परागत कौशलताको बेब्शाहिकरण हुन सक्दैन । मुलुक सधै पर निर्भर हुन पुग्छ।

परिणाम आज नेपाली उधम आर्यघाटमा छ। मुलुक पुरै आयातमा चुर्लुम्म डुबेको छ।

नेपालमा रैथाने उब्जनी र तिनको भेलु एड गर्न सकक्षम परम्परागत शिपको उन्नति र बेबशाहीकरण हुन नसक्नु र परम्परागत रुपमा भएका उधम समेत अधोगति तर्फ लग्नुको मुख्य कारक भनेको भुइफ़ुत्ता माफिया बर्ग मार्फत नेपालमा उचित ज्ञान, शिप र प्रबिधि हस्तान्तरण प्रतिकुल कल्चर र नीतिनियम बिकशित गरिनु हो।

अन्त: निचोड के हो भने नेपालको रैथाने उब्जनी र परम्परागत शिपको उन्नति र बेबशाहीकरण जस्ता बिषयमा नेपाल सरकारले असिमित लगानी गरी इनोभेसनको कल्चर बसाल्दै उधमी फ्रेन्डली नीतिनियम बिकशित नगर्दासम्म नेपालको कायापलट हुने गरि बिकाश गर्न नसकिने कुरामा कुनै दुबिधा छैन। नेपाल सरकारलाई नेपालको माया गर्ने नेपालकै बिकाशको सपनामा रमाउने रैथाने शक्तिको खाचो रहेको छ। सरकारको समयमै ध्यान पुगोस। जय होस।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE