मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

समृद्ध नेपाल निर्माणका लागि क्यानडाबाट खुला अबधारणा पत्र।

नेपाल सरकारका सम्माननीय प्रमुख ज्यू,

समृद्ध नेपाल-सुखी नेपालीको अवधारणा लिएर काम गरिरहेको बर्तमान नेपाल सरकारको भर्खरै प्रस्तुत नीति तथा कार्यक्रम र बजेटको मर्म लाई आत्मासाथ गरि नेपाल लाई छिमेकि चीन र भारत कै हाराहारीमा पुर्याउन समय लाग्ने छ तर असम्भब भने छैन। यो बजेटले लिएको मूल नीति अन्तर्गत नै परेको नेपाल भित्र अत्यन्त जरुरि रहेको  रैथाने उधमसिलाता बिकाश नेपालको एक मात्र अति अपहेलनामा परेको तर समय अनुकुल सम्बोधन बिना नेपालमा दिगो उधमसिलाता मार्फत समृद्धि लगभग असम्भब रहेको बिषय रहेकोमा सबैलाई अबगत रहेकै बिषय हो।

उक्त सन्दर्भमा यहाँको सरकारको तत्काल कार्यक्रम कार्यान्वोयन मार्फत सम्बोधनको जरुरि रहेको महसुश गरि क्यानडाबाट सार्बजनिक रुपमा रैथाने उधमसिलाता बिकाशको पुर्बाधार बिकाशको लागि खुला अबधारणा यहाँ समक्ष पुर्याउन पत्र तल प्रेषित गरि प्रकासित गरिएको छ।

क्यानडाबाट सार्बजनिक खुला अबधारणा पत्र

प्रस्तावना

नेपालजस्तो मुलुकको विकासका लागि मुलुकलाई स्थानीय कच्चा पदार्थ र श्रममा आधारित उद्यमशीलतामार्फत हाताहाती प्रतिफल दिलाउन सक्ने धेरै इनोभेटिभ कम्पनी र संस्थाहरुको स्थापना हुन जरुरी छ। इनोभेटिभ कम्पनी र संस्था स्थापनाको अनिवार्य पूर्वाधार भनेको नेपालस्थित प्राविधिक शिक्षालय, विश्वविद्यालय र अन्य रिसर्च संस्थाले इनोभेटिभ कम्पनी र संस्थाका लागि पर्याप्त मात्रामा दक्ष तथा अर्धदक्ष जनशक्ति उपलब्ध गराउन सक्नु हो । नेपालको एतीहसिक महत्वोको जिबन पध्दति र संसारकै नेत्रुत्वो दाइ भूमिका दिने उधम्सिलातामा आयुर्वेदिक औषधि, खाध्य (Healing Foods) र सप्लिमेन्ट (suppliments) को उधम्सिलाता मुख्य मध्धे पर्दछ। उधम्सिलाता बिकाशको लागि इनोभेटिब कल्चर र पुर्बाधारको  बिकाशको जरुरि छ। मुलुक भित्र मुलुककै स्थानीयतामा आधारित कृषि जन्य उधम बिकाशको लागि स्थानीय स्तरमा प्राबिधिक शिक्षालय र बिश्वोबिद्यालय मार्फत प्राबिधिक ज्ञान र स्थानीय उधम्सिलता प्रबर्धनमा स्टार्टअपका लागि इनोभेटिब शिप हस्तान्तरण गराउन यो खुला अबधारणा पत्र यहाँ प्रस्तुत गरिएको हो ।

भूमिका

सन् २०१४ को भूमिसम्बन्धी तथ्यांक अनुसार नेपालको १ लाख ४७ हजार १ सय ८० वर्ग किलोमिटर क्षेत्रफलमध्ये २.६ प्रतिशत पानी छ । लगभग २३ हजार ५ सय ७० वर्ग किलोमिटर भनेको १६ प्रतिशत खेती गरिएको जमिन छ । खेती गरिएको जमिनमध्ये आधामा मात्र सिँचाइ सुविधा उपलब्ध छ । यसरी हिसाब गर्दा मात्र ८ प्रतिशत जमिनमा पुस्तौँपुस्तादेखि हाम्रो सारा कृषिको जोडबल थुपारिरहेका छौँ । १६ प्रतिशत खेतीयोग्य भनी मानिएको जमिनमा हाम्रो राष्ट्रको ८० प्रतिशत कृषिको लगानी घोप्टाए पनि कृषकको जीवनपद्धति उँभो लागिरहेको छैन । जंगल भनिएको २४ प्रतिशत र अन्य भनिएको ४४.०८ प्रतिशत गरी जम्मा ६८.०८ प्रतिशत भूभाग जस्ता छन्, त्यस्तै अवस्थामा सजिलै उम्रने र हुर्कने आयुर्वेदिक, मेडिसिनल, सेनिटरी क्लिनर, एरोमेटिक फुड, फुड सप्लिमेन्ट र अन्य एस्सेसरिज बायोप्रडक्ट लगायतको वनस्पति र जीवाणुहरुको भ्यालु पहिचान, प्रशोधन र व्यावसायिकीकरण गर्न सके नेपालमा कृषिको क्रान्ति नै भित्र्याउन सकिन्छ ।

एक अध्ययन अनुसार संसारमा १५ हजार प्रजातिका वनस्पति छन् । तीमध्ये ३ हजार ७ सय एरोमेटिक र मेडिसिनल मूल्य यकिन भइसकेको छ । नेपालमा पाइने लगभग ७ हजार वनस्पतिमा १ हजार ५ सयको एरोमेटिक र मेडिसिनल मूल्य यकिन भएको र कम्तीमा १ सय ४० वनस्पतिको औद्योगिक कारोबार भइरहेको छ । हालसम्मको नेपालका वनस्पति र व्यावसायिक जीवाणुहरुको अध्ययन आयुर्वेदिक महत्वलाई ध्यानमा राखी गरिएको छ । ती वनस्पति र जीवाणुहरुको सिजनिङ, सेनिटरी, जैविक विषादी, जैविक मल, खाद्य, कस्मेटिक, पोषण सप्लिमेन्ट, लत्ताकपडा, र अन्य प्रयोजन आदिमा औद्योगिकीकरणका लागि इनोभेटिव कल्चर विकासमा नेपालको ध्यान पुगिरहेको छैन ।

प्राविधिक दृष्टिबाट हेर्दा कृषिबाट देशको विकासमै कायापलट आउने गरी प्रभाव दिन सक्ने क्षेत्र एरोमेटिक र मेडिसिनल भ्यालु बोकेका वनस्पति र जीवाणु नै हुन् । नेपाल संसारको आधा जनसंख्या बोकेको भारत र चीनको बीचमा छ । हातमा मनग्ये पैसा बोकेका आधाभन्दा बढी युवा रहेको भारतको दुई तिहाइ जनसंख्या शाकाहारी छ । नेपालमा सजिलै बन्ने एरोमेटिक र मेडिसिनल कच्चा पदार्थमा आधारित शाकाहारी र भेगन खाना र कस्मेटिक सामग्रीका लागि भारतमा आशलाग्दो बजार छ ।

नेपालमा सजिलै उत्पादन गर्न सकिने लेउ, झ्याउ, कीरा, जडिबुटी लगायतका लागि चीन स्वर्णबजार हो। आजको चीन धनी मात्र हैन, प्रत्येक नागरिकसँग राम्रै डिस्पोजेबल मनी पनि छ । त्यसैले आज अमेरिका, क्यानडा जस्ता मुलुक पनि चिनियाँ बजारमा यिनै सामग्री पैठारी गरी व्यापार व्यवसाय गरिरहेका छन् ।

संसारको आधा जनसंख्या रहेका भारत र चीनको बीचमा रहेको नेपालको समस्या एग्रो–फुड इनोभेसनको उत्पादनका लागि बजारको हैन, उत्पादनमा भ्यालुएड गर्ने ज्ञान र गुणस्तरमा नियमितताको व्यवस्थापन गर्न सक्ने क्षमताको हो ।

त्यसका लागि मुलुकभित्र इनोभेसन संस्कृतिको विकास हुनैपर्छ । त्यसको अनिवार्य सर्त भनेकै आयुर्वेदिक प्रडक्ट डेभलपमेन्ट एण्ड  कमर्सियलाइजेसन हब (Ayurvedic Innovation Center) को स्थापनाको परिकल्पना, स्थापना र व्यवस्थापन हो । उक्त खाडलपूर्ति गर्ने अभियानको सुरुवात स्वरुप यो अबधारणा पत्र अघि सारिएको हो।

कृषि र हर्बल क्षेत्रका उधमका सहजता / असहजता

नेपालमा प्राबिधिक ज्ञानका बिषयमा विदेशबाट १००% फरेन डाईरेक इन्भेसमेन्ट सिधै गर्न पाईने कानुन छ! उक्त सुबिधा हाल सम्म मुलत: “टेकनलोजी र कन्टेन्ट” दिनसक्ने प्राबिधिक सस्थामा हैनकि बिदेसी भाषा र बेसीक कम्पुटर तालिमदिने बिषयमा उपयोग गरिएको पाईन्छ! एकाध मेडिकल कलेजहरुमा १००% फरेन डाईरेक इन्भेसमेन्ट लगानीको उपयोग गरिएको छ ! नेपाललाई कृषिजन्य उधम्सिलाता र नबप्रबर्तनका बिषयमा “टेकनलोजी र प्राबिधिक कन्टेन्ट” दिन अहम भूमिका खेल्न सक्ने प्रबासी र स्वोदेशी नेपालीहरु समेत पहिचान बनिसकेको अवस्था छ।

नेपालको हावापानी र माटो सुहाउदो प्राबिधिक शिप हस्तान्तरण र उधमसिल उधम को हस्तान्तरणमा दक्ष प्रबासी र स्वोदेशी नेपाली र इन्कुबेटर सेन्टरहरुको समेत प्रभाबकारी सहयोग जुराउन सकिने माहौल छ! जसको लागी औपचारिक रुपमा सरकारका तर्फबाटपनि उचित पहलको जरुरि भैसकेको छ! प्रस्तावित राष्ट्रिय नब-प्रबर्धन श्रोत केन्द्रको स्थापनाको परिकल्पना, स्थापना र व्यवस्थापन उक्त खाडलपूर्ति गर्ने प्रमुख अभियान समेत बन्ने छ।

कृषिप्रधान मुलुक नेपालमा बेबशाहिक कृषीका लागि प्रतिकुल हुनेगरी बिशेषत पहाड र भित्रि तराइमा जग्गा धेरै टुक्रा – टुक्रापरि सकेको छ। जनसंख्या बढ्दैजाने क्रममा औस-बन्डा आदि मार्फत जग्गा अरु टुक्रदै गएको ले वेबसाहीक कृषी फसल उत्पादनमा राष्ट्रिय रुपमा संसारसंग प्रतिष्पर्धानै गर्नेगरि अघि बढ्नुको बिकल्प खोजिनु बुध्दिमानी हुनेछ।कृषिको नगद आम्दानीको मेरुदण्ड बनेको बेमौसमी तरकारीमा विषाधी र हर्मोनको जोखिम पूर्ण प्रयोगले यसले दिने नाफा भन्दा थोपरेको खराब स्वस्थकोभार आम्दानी भन्दा १० गुना बढीहुने अनुमान छ।

हिमाल पहाड र तराईमा हाम्रो जस्तॊ भौगोलिक अबस्ता छ तेसैमा उम्रने हाम्रा हजारौ रैथाने मेडिसिनल र एरोमेटिक प्लान्टहरु हाम्रो जिबन शैलीनै परिबर्तन गर्ने गरि आय दिनसक्ने, आगामी पुस्ताको अति क्रेजमा पर्ने डीटक्स एग्रोफुड, हाम्रो उत्तम बिकल्प बनेको छ! मुलुकले हालसम्म मात्र ५% कुल कृषिको आम्दानी दिनुको पछाडी कृषिको भेलुएड हुनसक्ने उपयोग र प्रोसोधन प्रबिधिबारे जनस्तरमा सचेतना र तालिम उपलध हुन नसक्नु हो। कृषि उपजमा भेलुएड थप गर्ने उत्कृस्ट प्रबिधिको उपयोग गर्न नसक्नुका कारण हाम्रा कृषि उपजहरु मात्र श्रमको मूल्यमा अन्यत्र कौडीका भाउमा बेच्न कृषकहरु  बाध्य बनेका हुन।

नेपालका योजना बिधहरुले आजसम्म खुट्टाउनै नसकेको यथार्थ के छ भने, धनि राष्ट्रहरु उनीहरुको भौगोलिक असजता र  आजको दिनसम्म आइपुग्दा अप्रभावकारी बनिसकेको पुरानो प्रविधिमा उनीहरुले खर्चेको अथाह धनराशीको बेयभारका कारण पैदा भएको अत्यधिक कस्टअफ लिभिङ्ग को शिकार बनिरहेका छन्। आफ्नो मुलुकको महगो पब्लिक कस्टअफ लिभिङ्ग (Cost of Living) का कारण उक्त मुलुकमा हुने सबै उत्पादनहरु अत्यन्त चर्को श्रमको मूल्य तिर्नु पर्ने अबस्था पैदा भएको छ।

आफ्नै देश भित्र खपतहुने बाहेकमा परम्परागत कृषि तथा खाध्य उत्पादनमा उनीहरुको अबिकसीत र अल्प बिकसित राष्ट्रसंग श्रमको लागतमा प्रतिस्पर्धागर्ने अबस्ता छैन। जसका कारण उनीहरुको इकोनोमीको मेरुदण्ड भनेकै यस्तै अति भेलु एडेड प्रकृतिका “बडी अफ नलेज” बेस (Body of Knowledge Base) वेबसाय, उक्त बेबशायको उत्पादन अबिकसीत र अल्प बिकसित राष्ट्रलाई उन्नत र उत्कृष्टका नाममा उच्च मुल्यमा बिक्रि र बडी अफ नलेज बेस वेबसायले उपलब्ध गराउने रास्ट्रिय रोजगारी बनिरहेको छ।

अत: आफ्नो रास्ट्रिय स्वार्थका कारण धनि राष्ट्रहरुले नेपाल जस्तो गरिब राष्ट्रहरुमा यस्ता “डिसरप्टीप टेक्नोलोजी (disruptive technology) र प्राबिधीक कन्टेन्ट (technical packages)” उपलब्ध गराउने सस्थाको स्थापना गर्न र बडी अफ नलेज हस्तान्तरण गर्न सहयोगी रहन सक्ने अवस्था छैन। यूएन लगायतका संघ सस्था समेत उनीहरुको मुख्य आम्दानी धनि मुलुक बाटै प्राप्त हुने अनुदान हुने हुदा उनीहरुको चासोको प्रतिकुलतामा लगानी गर्न सक्क्षम हुने अबस्ता रहन्न।

उनीहरूको जोड अबिकसीत र अल्प बिकसित राष्ट्रहरुका “मानब अधिकार, बेसीक ईजुकेसन, भाषा, स्वास्थ, कुरुति निवारण प्रकारका बिसयमा सिमित हुन पुग्छन। जुन तत्कालिन अबस्थामा राम्रै गतिबिधि भएता पनि मुलुकको कायापलट गर्ने सबालमा भूमिकादाई रहदैनन। तसर्थ नेपालको द्रुत शम्ब्रिध्धिका लागि यो खाडल पुर्ती गर्ने दिशामा भूमिका खेल्न उपयुक्त निकास यो अबधारणा पत्र ले दिने छ भन्ने हाम्रो ठम्माई हो ।

आयुर्वेदिक उधम्सिलाता बिकाशको पुर्बाधार बिकाश

नेपालमा आयुर्वेदिक उधम्सिलाता बिकाशको लागि एकातर्फ कृषक हरुलाई आयुर्बेद तर्फ आकर्षण गर्नु जरुरि छ। अर्को तर्फ गाऊ गाऊमा ससाना कृषि उधम शिलाताको बिकाश जरुरि छ। जटिबुटिजन्य खाध्य, औसधि, आयुर्बेद, जैविक मल, बिषादी, बैकल्पिक उर्जा र अन्य क्षेत्रका ग्रामिण पकेट क्षेत्र बिकाश गरिनु जरुरि छ। ग्रामिण पकेट क्षेत्र बिकाशगर्नको लागि स्थानीय उधम्सिल जनशक्ति उत्पादन गर्ने, स्टार्टद स्टार्टअप र सिपमुलक स्वोरोजगार कार्यक्रम संचालन गर्ने तथा आइडिया इन्कुबेसन गर्ने इनोभेटिब नमुना कार्यक्रमहरु संचालन हुनु जरुरि बनेको छ।

स्थानीय स्तरमा स्थानीय उत्पादनको भरपर्दो उत्पादन सम्भब बनेपछि ठुलो उधमको भूमिकाको अभियानको भूमिका सान्धर्बिक हुने छ।आज को मिति सम्म आइपुग्दा संसार भरि रहेका बिज्ञ नेपाली डाएस्पोरा हरुको समेत संयोजन र उनीहरुको सहयोगमा आबस्यक ज्ञान, शिप र टेक्नोलोजी ट्रान्सफरको राष्ट्रीय हबको समेत भूमिका निभाउन विदेशी इनोभेटिभ बडि अफ नलेज स्वदेसी तथा बिदेसी संघ संस्था हरुको समेत सहयोगमा नेपाल भित्राउन जरुरि छ।

एकातर्फ प्राबिधिक र भोकेसनल तालिम प्याकेजको बिकाश गर्ने र अर्को तर्फ को-क्रिएसनमा आधारित इनोभेसनमा प्रतक्ष योगदान दिन स्थानीय उद्यमशील उद्यमीहरुसँग मिलेर कस्ता–कस्ता उद्यम विकास गर्न सकिएला भनी गृहकार्य गर्ने र स्थानीय वातावरणमा सीपमुलक तालिम प्याकेजको विकासको लागि जरुरि हुने शिप, प्रबिधि र ज्ञान हस्तान्तरणमा मुलुक तल्लिन रहन जरुरि छ।

नेपालभित्र नेपालकै हावापानी, माटो र उपलब्ध कच्चा पदार्थ र सीप सुहाउँदो पाठ्यक्रम र तालिम प्याकेजहरुले स्थानीय स्तरमा उपलब्धता दिने र कृषि र हर्बल क्षेत्रमा इनोभेटिभ उधमहरुको विकास गराउन आयुर्वेदिक उधमशिलता बिकाशको पुर्बाधार बिकाश गर्नेतर्फ मुलुक अघि बढ्न जरुरि छ।

बिश्वो बजारमा आयुर्वेदिक उत्पादनको जटिलता र इनोभेसनको अबधारणा

आज संसारले विकसित गरी प्रयोजनमा ल्याएको कृषि जन्य उधम्सिलता र प्रविधि क्षेत्रको विकास र आजका दिनसम्म गरिएका अनुसन्धानबाट संसारका सचेत नागरिकहरुको बदलिएको जीवन पद्धतिलाई केलाउँदा आजभन्दा मात्र २० वर्षपछि संसारमा उच्च क्रयशक्ति भएका मानिसहरुको दैनिकीलाई चाहिने खाना, लत्ताकपडा, औषधि, कस्मेटिक, इन्धन र अन्य जिविकाका सामग्री प्राकृतिक स्रोतबाट प्राप्त अर्गानिक पदार्थ हुनेछ । ती उच्च मूल्यका बहुसंख्यक सामग्री नेपालको हाल हेलत्वमा परेको ६८.०८ प्रतिशत भूभागको सदुपयोग गरी वातावरणलाई बिग्रन नदिई आपूर्ति गर्न सकिने वनस्पति र जीवाणुमा आधारित आयुर्वेदिक उधमशिलता हुनेछन् । यसलाई समयमै पहिचान गरी सदुपयोग गर्न सके अनुभूति नै हुने गरी नेपाल समृद्धितर्फ जानेछ ।

बिश्वोमा आयुर्वेदिक खाना र योगा मिश्रित जिबन पद्दति बिकाश हुदै गर्दा एसियामा बिकसित यो प्रबिधि र कल्चरले आफ्नो बिश्वोब्यापी बेबशाहीकरणमा सफल हुन र आगामी संसारमै यसतर्फ बढेको क्रेजलाई राम्रोसंग पकड्न आफ्नो परम्पराबादी फर्मुलेसन, प्रडक्ट डेभलप्मेन्ट, कमर्सियलाइजेसन र सप्लाइचेन मेनेजमेन्ट शैलीमा व्यापक सुधार ल्याउनु जरुरि छ। हाल यसमा संलग उद्योग हरुले आफ्नो व्यापार मोडलमा बडीअफनलेज सेक्टर, रिसर्च एण्ड डेभलपमेन्ट सेक्टर, इनोभेसन सेक्टर र कमर्सियलाइजेसन सेक्टरमा बिभाजन गरि सबै सेक्टरहरु बीच क्रस-फंगसनल सम्बन्धको बिकाश गरि अघि नबढ्दा सम्म यसलाई बदलिदो बजार माग अनुसार आफुलाई तत्काल आफ्नो उत्पादन उपलब्ध गराउन सक्क्षम बैज्ञानिक सस्थाका रुपमा बिकाश गर्न सकिने छैन।

हालको परम्परामा रहेका र संसारमै सक्क्षम रहेका आयुर्वेदिक कम्पनिहरुका आफ्नै आयुर्वेदिक प्रडक्ट कमर्सियलाइजेसन हबको (जुन नेपालको सबैभन्दा उच्च सम्भावनाको बिषय हो) स्थापना बिना त्यो मिसन पुरा हुने छैन। यो सन्दर्भमा उधोगहरुका लागि आफ्ना नियमित उच्च कोटीको उत्पादनको लागि जरुरि आयुर्वेदिक इन्ग्रीडियन्ट, एक्सट्रेकट र फाईटोकेमिकल्स उत्पादनको केन्द्र साथै संसारकै खाध, मेडिसिन,नेचुरल हेल्थ प्रडक्ट, कस्मोटिक, आर्गानिक, हर्बल र नेचुरोपेथी उधमको लागि आयुर्वेदिक फ्लेबर उपलब्ध गराउने संसारमै नया आयुर्वेदिक प्रडक्ट कमर्सियलाइजेसन हब बनाई देशभर अर्गानिक र आयुर्वेदिक उधमशिलतामा बिकाश गर्ने सुबर्ण अवसरको सदुपयोग गरोस।

प्रस्तावित अबधारणाहरु

नेपालको सन्दर्भमा निजि र सामुदाहिक संघ सस्थाहरु समेतको सहयोगमा कृषि तथा हर्बल उधम्शिलाता बिकाशमा निजि क्षेत्र लाई उच्च अभिप्रेरणा पुग्ने गरि तल उल्लेखित अबधारणा सरकारले तत्काल अबलम्बन गर्ने नीति लिनु जरुरि छ।

१) मुलुकमा आयात प्रतिस्थापन गर्ने नियतले स्थानीय उद्यमशील उद्यमीहरुसँग मिलि मुलुक भित्रै उत्पादित कच्चा पदार्थ र उपलब्ध जनशक्तिको सदुपयोग बाट सम्भाव्य देखिएको कृषि तथा बनका उपजमा आधारित उद्यमको पहिचान गरि स्थानीय स्तरमा जरुरी हुने सीप, ज्ञान र प्रविधिको हस्तान्तरण गर्न आवश्यक सम्पूर्ण गतिविधिमा सक्रिय सहभागिता देखाउदै सहभागी हुने।

२) नेपालका रैथाने जिबाणु, जतिबुटिजन्य तथा खाध्य, औसधि, आयुर्बेद, जैविक मल, बिषादी, बैकल्पिक उर्जा र अन्य क्षेत्रमा नमुना उधमसिलता बिकाश गर्ने, प्राबिधिक शिक्षालय र प्राबिधिक तथा आयुर्बेद बिश्वोबिध्यालयहरुको बेबस्थापन गर्दै उधमशील पाठ्यक्रम बिकाशको प्याकेज बिकाश गरि कृषी उधम्सिल जनशक्ति उत्पादन गर्न निजि क्षेत्र लाई आर्थिक र भौतिक सहयोग पुराउदै प्रेरित गर्ने।

३) नेपाल अधिराज्य भरनै मागका आधारमा निजि लगानीको आइडिया इन्कुबेसन, को-क्रिएसन तथा औधोगीक इनोभेसनको विस्तार गर्न जरुरि पुर्बधारको रुपमा आफ्नै अनुसन्धान लेबरोटरिज, आयुर्वेदिक तथा जतिबूटि प्रसोधन पाइलट प्लान्ट र इनोभेसन केन्द्र स्थापना गरि संचालन गर्न निजि क्षेत्रलाई सहयोग गर्ने।

४) स्टार्ट द स्टार्टअप र सिपमुलक स्वोरोजगार बिस्तारमा सीपमुलक तालिम र बजारमुखी उद्यमशीलताको हस्तान्तरणमा अग्रणी भूमिका खेल्ने।

५) कृषि तथा बनका उपजमामा आधारित उधोगहरुलाई बदलिदो बजार माग अनुसार आफ्नो उत्पादन र सेवाको सुचारु गर्न सक्क्षम बनाउन उनिहरुको लागी जरुरि हुने इनोभेटीब कच्चा पदार्थ उत्पादन गरि उपलब्ध गराउने। उक्त उधोगहरु बाट माग भइ आएमा उनीहरुलाई पब्लिक–प्राइभेट कोलाब्रेसन मोडलको बैज्ञानिक तथा प्राबिधिक रिसर्च, डेभलपमेन्ट तथा इनोभेसन कार्यको लागि अवसर उपलब्ध गराउने।

६) नेपालमा आवश्यक देखिएको सीप, ज्ञान र प्रविधिको हस्तान्तरणको लागी संसारकै अब्बल मानिएका पब्लिक रिसर्च इन्स्टिच्युट, ल्याबरोटरिज, टेक्नोलोजी ट्रान्सफर अफिसेज र इन्क्युबेटर्स हरु संग उपयुक्त नेटवर्क र को–क्रिएसन बिल्डिङ ब्रिजेज विकास गरी नेपालका स्थानीय वैज्ञानिक, पेसेवर प्राज्ञ तथा बिज्ञ, उद्यमी, प्राबिधिक शिक्षालय र प्राबिधिक तथा आयुर्बेद बिश्वोबिध्यालय र सम्बन्धित संघ सस्था आदिसँग जोड्ने सेतुको काम गर्ने।

७) निजी क्षेत्रबाट स्थानीय उद्यमशीलता विकास गर्न सक्षम बनाउन उद्यमी, प्राबिधिक शिक्षालय र प्राबिधिक तथा आयुर्बेद बिश्वोबिध्यालय र सम्बन्धित संघ सस्था आदि लाई प्रविधि र कन्टेन्ट दिन सक्क्षम स्थानीय रुपमै उपलब्ध “‘बडी अफ नलेज” दिने इनोभेसनको इन्क्युबेटर्सहरु स्थापित गर्ने।

८) नेपालमा कृषि र हर्बल उत्पादनको आयात घटाउने र निर्यात बढाउन स्थानीय उधम्शिलाता बिकाशमा जरुरि प्राबिधिक सहयोग गर्ने तथा बस्तु तथा सेवाको गुणस्तरको मापदण्डको प्रमाणित गर्ने वा गर्न सहयोग पुराउने प्रकृतिका संग सस्था हरु नेपाल भित्रै स्थापित गर्न भूमिका खेल्ने।

अबधारणा पत्रको निचोड र समापन  

नेपाल भित्र इनोभेसन भित्राउन आफ्ना थुप्रै र बिबिध क्षेत्रमा सहभागिताको बाबजुत नेपालको कृषि तथा हर्बल सेक्टरको बिकाश मार्फत नेपालको कायपलट गर्न सकिन्छ र नेपालको उत्थानका खातिर आयुर्वेदिक र हर्बल क्षेत्रमा व्यापक सहभागिताको जरुरि छ। सोहि सन्धर्बमा नेपाल र बिदेशमा काम गरेको अनुभवको आधारमा तयार गरिएको यो खुला अबधारणा पत्र सरकारी स्तरबाट विचाराधीन गरियोस भनि यहाँ सार्बजनिक रुपमा प्रस्तुत गरिएको हो ।

धन्यबाद। समाप्त।

(लेखक घिमिरे क्यानाडामा कार्यरत खाद्य वैज्ञानिक हुन्। Email: narayanghimire@yahoo.com) ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE