मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आयुर्वेद र अटिजम

नारायण घिमिरे

 

संसारमा अटिजम तथा आफ्नै सुरमा रमाउने, मानव अन्तरक्रियामा पटकै चासो नदेखाउने र आफूले आफ्नै ध्याउन्नमा गरिरहेको गतिविधिमा जो कहिले बाधा अड्चन पुर्‍याउनु कहिले आक्रामक रूपमा प्रस्तुत हुने र कहिले काहीँ जबर्जस्ति प्रतिकार गर्ने स्वाभाविक विकास गर्ने एटेन्सन डिफिसिट हाइपर एक्टिब सिन्ड्रोमका (एडिएचएस) लक्षण भएका बाल बच्चाको सङ्ख्या दिन प्रतिदिन बढी रहेछ।

 

बालबालिकाहरूमा अटिजम र एडिएचएस जस्ता बिकृति के कारण बाट हुन्छ भन्ने कुरा विज्ञानले आज सम्म पनि पत्ता लगाउन सकेको छैन। समस्याको जरो नै नभेटिएकाले उक्त समस्यामा कुनै निदानको विकल्प नभेटेको औषधि विज्ञानले कुनै ओखती समेत व्यवस्था गरेन। खानामा सुधार, केही थेरापी र व्यायाम हरू मार्फत अवस्थामा सुधारको तरिका अपनाउन सल्लाह र सुजाब दिने गरेको भेटिन्छ ।

 

खाद्य र हिलिङ्ग फुडको अवधारणा अनुसार खानामा हुने गडबडी प्रमुख कारण रहँदा शरीरलाई हानिकारक हुने जीवाणु वा केमिकल आन्द्रामा पुग्ने गर्छ। उक्त समयमा एकातर्फ आन्द्रामा रहेका पाचन प्रक्रियामा सहयोग पुराउने जीवाणुहरूको नियमित कार्य प्रक्रियामा अवरोध पैदा हुनगई शरीरले उचित पोषण तत्वोहरु पाइरहेको हुँदैन। अर्को तर्फ आन्द्रामा रहेको हानिकारक जीवाणु सँग लड्ने क्रममा सङ्क्रमणको लागि प्रतिरोध क्षमता घटिरहेको हुन्छ। बच्चा निष्क्रिय र हल्का बिरामी पनि पर्न जान्छ।

 

बालबालिकाहरू लाई दिइने रोग प्रतिरोधात्मक खोप विरुद्ध काम गर्ने अभियन्ताका रूपमा काम गर्ने डाक्टरहरू बच्चा निष्क्रिय र हल्का बिरामी रहेको अवस्थामा बच्चालाई कुनै पनि प्रकारको रोग प्रतिरोधात्मक खोप दिइदा त्यसले बच्चामा अटिजम र एडिएचएस जस्ता विकृतिको विकास हुने सम्भावना बढ्ने भेटिएको दाबी गर्छन्। कतिपयले मम्प, मिजल्स र रुबेल्ला खोप यसमा वास्तवमै अलि बडी जिम्मेवार रहेको शङ्का गर्छन्। अभियन्ता हरूको उक्त दाबा हाल सम्म स्वतन्त्र रूपमा पुष्टि भने हुन सकेको छैन।

 

महिला गर्भवती भएको १६ औ दिन आसपासमा एम्ब्रोइनिक तन्तुबाट निउरल प्लेट बनी मानिसको स्नायु प्रणाली विकास हुन् थालेको भेटिने गरेको बताउँछ निउरो-साइन्स। त्यसको २-४ दिन भित्रै निउरल ग्रोभको स्पष्ट स्केच विकास हुँदै २१सौ दिन पुग्दा नपुग्दा निउरल ग्रोभ निउरल प्लेटसँग जोडिदै निउरल ट्युब बनिसक्छ। निउरल ट्युबको अगाडिको भागबाट टाउकोमा हुने अगाडिको, बिचको र पछाडिको मस्तिष्क बन्छ भने बाकी मेरुदण्ड भित्रको स्पिनल कर्ड बन्ने गर्छ । मात्र ७ हप्ता पुग्दा नपुग्दा मस्तिष्कको तिनै भागको तीव्र विभाजन हुने क्रम सुरु हुने र सशक्त स्नायु प्रणालीको विस्तारको अभियान सुरु हुने गर्छ।

 

महिला गर्भवती हुनु अगाडी गर्भाशयमा रहेको डिम्बको स्वस्थ (मदर जिनेटिक कोड), पुरुष विर्यको तन्दुरुस्ती (फादर जिनेटिक कोड), गर्भधारण हुने क्रमको महिला- पुरुषको मनोबैज्ञानिक हालत, गर्भवती हुँदै गरेकी महिलाको शारीरिक र मानसिक स्वस्थ अवस्था आदिले गर्बाधारण पछि बसेको गर्भको हराभरापन लाई प्रभावित गर्छ। गर्भवती बनिसकेकी महिलाको कोखमा रहेको गर्भको सन्तुलित र सुरक्षित विकासमा भने गर्भवती महिलाले लिने चिन्ता, श्वास प्रस्वाश, पानी, खाना, जीवन पद्धति, वरिपरिको वातावरण र त्यसले पुराएको मानसिक र शारीरिक स्वस्थ तथा तन्दुरुस्तीमा निर्भर गर्छ।

 

एक अनुमानमा बाल बालिकाहरूमा स्नायु प्रणाली विकास हुने क्रममा प्रत्येक मिनेट कम्तीमा २ लाख ५० हजार निउरोनको केसीका बन्ने गर्छ । बच्चा जन्मेको २ वर्ष सम्म यो तीव्र विकास क्रम जारी रहन्छ। यही २ वर्ष भित्र मानिसको जीवन भर हुने दिमागको वृद्धिको ८०% वृद्धि हुने गर्छ। प्रत्येक सेकेन्ड सेकेन्डमा बन्ने निउरोनको स्वस्थ र तन्दुरुस्ती त्यो निउरोन विभाजन भएर बन्ने अन्य निउरोनको सुरक्षित भविष्यको निर्णायक हुने गर्छ।

 

गर्भवती महिलाको मानसिक र शारीरिक स्वस्थ तथा तन्दुरुस्तीले उक्त निउरोन विभाजनलाई पूर्ण रूपमै प्रभावित गर्ने गर्छ। समग्रमा एक गर्भवती महिला बाट स्वस्थ बच्चा पैदा हुन माथि उल्लिखित धेरै अवस्था र परिस्थितिले साथ दिनुपर्ने अनिवार्य हुने हुँदा महिलामा गर्भ रहेको दिनबाट बच्चा दुई वर्षको हुदासम्मको समय बच्चाको जीवन भरको सन्तुलित स्वास्थ्य र मनोबैज्ञानिक विकासको लागि अत्यन्त चुनौतीपूर्ण एवम् महत्त्वपूर्ण रहने ठानिन्छ। २ वर्ष भित्रै ८० प्रतिशत दिमागको वृद्धि हुने चक्रमा पहिलो ३ वर्ष बाल बालिकाहरूमा अटिजमको सङ्क्रमण अत्यधिक धेरै हुन जाने भेटिएको छ।

 

आजको दिनसम्म आइपुग्दा सबैले स्वीकारेको तथ्य के हो भने बच्चा अवस्थामा मानिसमा विकास हुने अटिजम कुनै रोग हैन । यो त केवल हाल सम्म प्रस्ट रूपमा बुझ्न नसकिएको कारणबाट स्नायु प्रणालीको विकासको क्रममा दिमागको सन्तुलित विकास हुन नसक्दाको अवस्था हो। यस्तो अवस्था जसमा बच्चामा देखिनुपर्ने तल उल्लेख गरिए अनुरूपको आशातीत सामान्य आचरण भन्दा फरक बानी बेहोरा र गतिविधिहरू विकास हुँदै गरेको महसुस हुन्छ। सामान्य रूपमा उक्त उमेरका बालबालिकामा देखिनु पर्ने मनोबैज्ञानिक वृत्ति-विकास नभइरहेको अनुभव गराउँछ।

 

यधपि वेदान्तमा अटिजम बारे सिधै केही कतै लेखेको भेटिँदैन। वेदान्तमा उल्लेख गरिए अनुरूप अटिजम मनोबैज्ञानिक वृत्ति-विकास सँग सम्बन्धित मानसिक दुर्बलता दिने विकृति अन्तर्गत पर्दछ। मनोबैज्ञानिक वृत्ति-विकास सँग सम्बन्धित मानसिक दुर्बलतालाई केही हद सम्म वेदान्तले आनुवंशिक अथवा शुक्रकीटको दोष हुनसक्ने भनेको छ। मानसिक दुर्बलता विकास हुनुको मुख्य दोष आनुवंशिक दोष भन्दा जन्म पूर्व र जन्म पश्चात् बच्चामा स्नायु प्रणालीको विकासको क्रममा पुग्न गएको कमी-कमजोरी तथा क्षति मुख्य रहने मान्दछ वेदान्त।

 

सास फेरिने हावा, पानी, खानामा हुने पोषण तत्त्व, आन्द्रामा हुने गडबडी, विषादी, भिटामिन- मिनिरल – लवण जस्ता शुष्म तत्वोको कमी, गलत प्रकृतिका खोप, औषधि, मनोबैज्ञानिक असन्तुष्टि, स्ट्रेस, दूषित वातावरण आदि विषयहरू बच्चामा स्नायु प्रणालीको विकासको क्रममा नकारात्मक प्रभाव दिने तत्वोहरु हुन भन्नेमा वेदान्त पनि सहमत छ।

 

अटिजम भएका बालबच्चा हरूमा प्राय: तल उल्लेख गरिए जस्ता प्रकृतिका दुर्बलताहरु देखिने गर्छन् ।

 

क) सामाजिक गतिविधिमा देखिने दुर्बलता: १) शब्द र साङ्केतिक रूपमा इसारा गरेर समेत भावना आदान प्रदानमा समस्या देखिनु वा चुस्त नहुनु २) एकाघरका परिवारका सदस्य र हेरचाह गर्ने व्यक्तिहरू सँग समेत सामाजिक र भावनात्मक रूपमा संसर्गमा आउने, जिस्कने, खेल्ने आदि गर्न नसक्ने ३) एक्लै अरू लाई वास्तै नगरी कहिले कुनै एकै स्थानमा लामो समय एक्लै रहेर र कहिले जता मन लग्यो उतै दौडने आदि गरी एक्लै खेल्ने ४) आँखामा आँखा जुधाएर कुराकानी वा भावनात्मक आदान प्रदान नगर्ने ।

 

ख) बोलीचालीमा देखिने दुर्बलता: १) बोली ढिलो फुट्ने । सामान्य बच्चाहरू बोलचाल गर्ने उमेर पुगे पछि वा समय घुर्की सक्दा पनि बोलचाल सुरु नगर्ने २) बोलीचालीको भाषामा भनेको कुराको अर्थ सजिलै बुझी नहाल्ने। भनेको शब्द नाबुज्ने वा बुझ्ने शक्ति विकास नभएको ३) छिटो छिटो बोल्ने लेख्ने त गर्ने तर के बोलेको हो वा लेखेको हो बुझ्न नसकिने ।

 

ग) व्यक्तिगत गतिविधिमा देखिने दुर्बलता: १) कान नसुन्ने बहिरो जस्तो बेबाहार देखाउने २) अकारण वा सानो कुरामा पनि झट्टै झिँजो- झ्याउ मान्ने, उत्तेजित हुने, रिसाउने, संवेदनशील बनिदिने र अप्राकृतिक प्रतिक्रिया दिने आदि ३) दैनिक रूपमा सानो सानो कुरामा, आफूले चाहेजस्तो नहुँदा तुरुन्तै निराश र बेखुसी बन्ने ।आफ्नै बा आमाको समेत सहयोग नमाग्ने र नलिने ४) अलिबडीनै चञ्चल, नतिजा के होला भन्ने वास्तानै नगरी बिना सोच विचार वा अत्यन्त कम सोच विचारमा आफूले देखेको वा चाहेको काम गरिहाल्ने ५) सामान्य शारीरिक गतिविधि भन्दा फरक आफ्नै शरीर लाई नै आघात हुन पनि सक्ने गरी हात बटार्ने, पन्जाहरू तल माथि गर्ने, थपडी मार्ने, हल्लाउने, टाउकोले भित्तामा ठोक्ने, खुट्टाको औलाले मात्र हिँड्ने जस्ता गतिविधि देखाउने ।

 

घ) मनोबैज्ञानिक अवस्था / दिमागी हालत: १) दिमाग भित्र रहने रसायनहरूको एक रूपबाट अर्कोमा परिवर्तन हुने प्रक्रियामा नर्बस सेलमा उत्पन्न हुने शारीरिक करेन्टको प्रवाह कहिले जरुरी भन्दा धेरै उत्पन्न भई उत्तेजित गरिदिने, त कहिले रोकिएर अरू निउरोनलाई खबरहरू आदानप्रदान गर्ने प्रक्रियामै बाधा पुराईदिने अप्ठ्यारो परिस्थिति पैदा हुने। बच्चाले कुन अवस्थामा कस्तो व्यवहार गर्ला भनी अन्दाज गर्न नसकिने हुन्छ। जस्तै कुनै पनि कुरा कहिले चाहिने भन्दा बडी शक्ति लगाएर समात्ने। कहिले समात्न भन्दा पनि कुनै सहभागीता नै नदेखाउने आदि २) केही बच्चा बच्ची हरूमा अत्यधिक टेलेन्ट पन देखिने गरेको छ ३) आफ्नो सुरक्षा, हेरचाह र दैनिकी सुचारु गर्न जरुरी मानिने बोलीचाली, भावनाको आदान प्रदान आदि क्षमतामा पहिचान गर्न सकिने मात्रामै कमी देखिनु। उक्त कमी कमजोरी जन्मेको समय देखि वा सानो रहँदा हो की हो की जस्तो लाग्ने र पछि उक्त क्षमता विकाशमा वास्तवमै ढिलाइ हुनु वा सामान्य भन्दा फरक प्रकृतिको हुनु। यस्तो अवस्थामा ५०-७० प्रतिशत बच्चाको मेडिकल आइक्यू स्कोर ७०-७५ भन्दा कम देखिने र मेडिकल रूपमा डाक्टरले “मेन्टल्ली रिटार्ड” भनी डाईनोग्स गर्ने गरेको पाइन्छ। ४) डिसअडर सुरु भएको प्रथम वर्षमा बच्चाको निद्रा बिथोलिने गरेको भेटिन्छ।

 

२०१८ को जुनमा अमेरिकन सरकारले आफ्नो अर्गोंने नेसनल ल्याबमा २७ हजार वटा ग्राफिक प्रोसेसर प्रयोग गरी लिन प्याक मापदण्डमा १४३.५ पेन्टाफ्लप्स क्षमताको “समिट” नामक संसारकै सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको स्थापित गराउन सफल भयो। १३६ माइल लामो तार जडित समिट नामक सुपर कम्प्युटर लगभग २ वटा बास्केट बलको कोर्टको साइजको छ। एउटा सामान्य मानिसको दिमाग औसत कति क्षमता को हुन्छ भनी अनुमान गर्न निकै गारो हुँदाहुँदै कम्तीमा १००० पेन्टाफ्लप्स हुने यकिन भैसकेको छ।

 

सुपर कम्पुटरको कुरा छाडौँ, सामान्य कम्पुटर खोली भित्र हेर्दा त्यसमा रहेका कलर कोडेड  विभिन्न चिप्सहरू कुन कसरी जोडिएका छन् तिनीहरूको यकिन गर्न मानिस लाई अत्यन्त कठिन हुन्छ। तसर्थ जब भित्री चिप्समा समस्या आउँछ तब चिप्स नै फेर्नु सस्तो हुनाले पुरै नयाँ चिप्स फेरी समाधान खोजिन्छ। अलि धेरै हार्डड्राईवनै  क्षति हुँदा नयाँ कम्पुटर नै किन्नु उपयुक्त मानिन्छ।पुरानो फालिन्छ।

 

संसारकै आज सम्मको ठुलो सुपर कम्प्युटर भन्दा पनि १० गुना बढी क्षमता रहेको मानिसको दिमागका कणहरू न त  कलर कोडेड तारहरूले एक आपसमा जोडिएका हुन्छन्, न त तार जस्तो कुन तन्तु कता जोडिएको छ तेती सजिलै यकिन गर्ने सकिने अवस्था रहन्छ। दिमागका ससाना तन्तुहरू तिनै तार जस्तो कुनै प्याटर्नमा मिले जस्तो गरी बसेको भान त हामीलाई पर्छ । तर, तारका सट्टा त्यहाँ त केसीका र निउरोनहरु हुने गर्छन्।

 

लगभग कम्तीमा १०० बिलियन निउरोनहरुबाट बनेको स्नायु प्रणालीमा ०.१५ मिलियन बिलियन स्थानमा निउरोनहरु जोडिएका र निउरो केमिकल नामक झोल वा निउरो-ट्रान्स-मिटर मार्फत खबरहरू आदान प्रदान गर्ने गर्छन्। कम्प्युटरको चिप्स वा हार्डड्राईवहरु जस्तो उक्त दिमागी संरचना वा पुरा दिमाग नै फेर्न सक्ने क्षमता आज सम्म पनि विज्ञानले विकास गर्न सकेको छैन। आज सम्म कुन प्याटर्नमा ती निउरोनहरु एक आपसमा जोडिएका हुन् भन्ने यकिनका साथ निश्चय पनि हुन सकेको छैन । न त कुन तरिकाबाट  निउरो-ट्रान्स-मिटरहरू सूचनाको आदान प्रदान गरी हाम्रो दैनिक स्नायु प्रणाली सुचारु भई रहेका छन् त्यसको बृष्तृत जानकारी नै हामीलाई भई सकेको अवस्था छ।

 

यस्तै कम्प्लेक्स परिबन्दका कारण स्नायु प्रणालीको विकासको क्रममा दिमागको सन्तुलित विकास र सञ्चालनमा अवरोध पुग्ने गरी विकास हुन जाने विकृतिको निवारणको उपचारको लागि राम बाण जस्तै अचुक औषधि विकास गर्न सकिएको छैन। रोगको निदानमा हैन रोगले दिने प्रतिकुल अवस्थाको नियन्त्रणको लागि दिइने ओखती पनि जीवन भरिनै खानुपर्ने अवस्थाका हुने गरेका छन्। मेन्टल विकृति निवारणमा एक समस्याको निदानमा लिइने ड्रगहरूले अर्को विकृति निम्ताउने र जीवनलाई अरू जटिलतामा धकेलिदिने बाटोमा अघि बडी रहेछ पश्चिमा औषधि विज्ञान।

 

उल्लिखित सबै जटिलताका बिच पछिल्लो समयमा आएर उजागर भएको तथ्यहरु ले के बताउछ भने तपाईँ जुनसुकै ड्रग लिनुस् वा खानुस्, त्यसले तपाइले कसरी सोच्नु हुन्छ र के महसुस गर्नु हुन्छ भन्ने कुरामा प्रभाव पारिदिन्छ। स्वास्थ्य मानिसको दिमाग र शरीरका सम्पूर्ण गतिविधि सामान्य रूपमा चलाउन समर्पित हालसम्म पहिचान भएका १०० भन्दा धेरै किसिमका निउरो-ट्रान्स-मिटरहरुले आपसमा गर्ने सूचनाको प्रशोधन र सञ्चारको भूमिकामा जटिलता थपि दिन्छ। अन्तत: तपाइको नेउरोनले गर्ने बेबाहर लाई नै दीर्घ कालमा नकारात्मक असर गर्ने गर्छ।

 

हाम्रो सरिरमा आशा गरिएअनुरुपको गतिविधिहरू नियमित रूपमा सञ्चालन भइराख्नु लाई हामी हाम्रो शरीरको राम्रो स्वास्थ्य अवस्था रहेको भनी चित्रण गर्ने गर्छौ। शरीरको राम्रो स्वास्थ्य अविछिन्न रूपमा कायम राखिराख्न शरीरका अङ्ग प्रत्यंग हरूको सुचारु सञ्चालनका लागि जरुरी हुने सन्तुलित खानपान, स्वच्छ वातावरण, उचित व्यायाम र  सन्तुष्ट मनोविज्ञानको जरुरत पर्दछ। त्यस्ता जरुरीका आवश्यकता हरूको पूर्ति गर्न सक्दाको अवस्थामा कुनै पनि प्रकारका दिमागी विकृतिको आफैले स्व-उपचार मार्फत सच्चाउने र शरीरलाई पुन: तन्दुरुस्त पार्ने तर्फ प्रयास गर्न हाम्रो शरीर सकक्षम बन्छ।जसलाई शरीरको सेल्फ-हिलिङ्ग क्षमता भनिन्छ।

 

मानिसको शरीरले उपयुक्त वातावरण पाएमा आफ्ना शरीरका घाउ भएका, रोगको सङ्क्रमणमा परेका, विकृतरुपमा विकसित भएका केसीका, तन्तु र अङ्गको समेत पुनर्स्थापना वा प्रतिस्थापन गरी उक्त अङ्गको बनावट र कार्यलाई सुचारु गर्ने तागत राख्छ। यो अर्थमा प्रकृतिले मानिसको शरीरलाई चोट पटक र रोग ब्याधसंग जुध्ने गरी आफ्नो शरीरको सम्पूर्ण भाग आफैले निको पार्ने हिलिङ्ग शक्ति (पावर) दिएर पठाएको हुन्छ भन्न सकिन्छ। मानिसले लिने बाहिरी डाक्टरी वा वैधको उपचार भनेको शरीरको शरीरले आफ्नै आन्तरिक उपचार शक्तिलाई सघाउने हिसाबको सहयोगी उपचार हो।

 

हाम्रो दैनिकीमा हामीले चाहे पनि नचाहे पनि हाम्रो शरीर नियमित रूपमा बिशाक्त रसायन, धुवा, धुलो, फोहर मैला विषादी तथा अन्य प्रदूषण हरूको सम्पर्कमा पुगिहाल्छ। प्रदूषणका सँगै बेक्टेरिया, फंगस, मोल्ड, ईस्ट र परजीवी लगायतका विभिन्न हानिकारक जीवाणुहरू हाम्रो शरीर भित्र पुगी आफ्नोलागि जरुरी पोषण तत्त्व पुर्ति गरने र आफ्नो वासस्थान एवम् क्रिडास्थान बनाउने प्रयास गर्छन्। स्वस्थ शरीरले त्यस्ता हानिकारक जीवाणुहरूको सङ्क्रमणको सामना आफ्नै  प्रतिरोध क्षमता विकास गर्छ र शरीरको प्रतिरक्षा गर्छ । जसलाई इमुन सिस्टम भनिन्छ। शरीरको स्व-हिलिङ्ग प्रक्रियामा शरीरको इमुन सिस्टमको समेत ठुलो भूमिका हुने गर्छ।

 

हामीलाई जीव विज्ञानमा पढाइने गरिए जस्तो मानव शरीरको सबै भन्दा ठुलो अङ्ग मुटु वा कलेजो हैन । बरु छाला हो। नाक, मुख, कान, गुद्वार र योनि  जस्ता नियतवश छिद्र छाडिएका शरीरका भागहरू बाहेक अन्यमा छालले ढाकेर हाम्रो शरीर भित्र प्रदूषण र हनिकरण जीवाणुको प्रवेशमा अङ्कुश लगाई दिन्छ। नियतवश छिद्र छाडिएका भागहरूमा शरीरले र्‍याल वा म्यूकस मार्फत ओसिलो राखी प्रदूषण तथा हनिकरण जीवाणुको प्रवेशमा बाधा उत्पन्न गरिदिन्छ।

 

नाक, कान, घाटी, फोक्सो आदिमा म्यूकसका अलावा स-साना सिलिया को व्यवस्था गरी बचेखुचेका र त्यहाँ सम्म पुगेका  प्रदूषण र हनिकरण जीवाणु लाई पक्रेर शरीर बाहिर फाल्न सहयोग गर्छ। जस्तै म्यूकसमा हुने केमिकल ‘लाईसोजोम’ र ‘रियाक्टिब प्रोटिन सी’ ले खाना हुँदै मुखमा पुग्ने किरा र शरीरलाई सङ्क्रमण गर्ने बेक्टेरिया लाई मारिदिने गर्छ। अमासयमा हुने हाईड्रोक्लोरिक एसिड सहितको १.५ पीएच सम्म पुग्ने अम्लीय झोलले प्राय सबै हानिकारक जीवाणु नष्ट गरिदिन्छ।

 

सम्भोगको बेला योनिको संसर्गमा आउने विर्यको सामान्य पीएच ७.१ बाट ८.० हुने गर्छ। रजस्वला हुँदाका योनि हुँदै बग्ने रगतको पीएच ७.३५ देखि ७.४५ सम्म हुने हुन्छ। दुवै पीएच योनिमा हानिकारक जीवाणु बाच्न र फ़ैलिन सहयोगी रहने हुँदा दुवै अवस्थामा योनिको राम्रो सरसफाइ गर्न सकिएन भने उच्च बेक्टेरियल सङ्क्रमणले योनिबाट सेतो, खैरो, हरियो गनाउने म्यूकस निक्लने तथा चिलाउने, पोल्ने जस्ता गुप्तांगको रोग पैदा गरिदिन्छ। स्वस्थ योनिले आफैले पैदा गर्ने ३.८ देखि ४.५ पिएचको अम्लीय हल्का बाक्लो झोलिलो पदार्थ सम्भोगको बेला लुब्रीकेन्टको काम गर्ने, त्यसको अलावा विर्य, रगत आदिका कारण यौनांगमा बढ्न जाने पीएच नियन्त्रण गरी संसर्गमा आएका बेक्टेरीयाहरु बाट योनिलाई सङ्क्रमण हुनबाट बचाउँदछ।

 

शरीरको बाहिरी छाला, म्यूकस, सिलिया जस्ता सुरक्षा कवच तोडी शरीरको रगत सम्म पुग्न सफल विषादी र मुलत: कीटाणुहरूलाई रगतमा रहेको सेतो केसीका फेगोसाईटले खाइदिएर तिनीहरू बाट हुनसक्ने जोखिम बाट बचाउने गर्छ। रगतका अलावा फेगोसाईटले फोक्सो, कलेजो, आन्द्रा जस्ता भागहरूमा रहेर शरीरको प्रतिरक्षा गर्ने गर्छ।

 

सेतो रगतको केसीकामा फेगोसाईटको अलावा ‘नेचुरल किलर सेल’ हुने गर्छ। जब सरिरमा भाइरसको सङ्क्रमण हुन्छ तब नेचुरल किलर सेलले ‘इन्टरफ़ेरोन’ नामक केमिकल पैदागरि भाइरसलाई निष्क्रीय पारिदिन्छ। हाम्रो शरीरले सरिरमा चोट पटक लाग्दा वा अन्य सङ्क्रमण हुँदा सङ्क्रमण विरुद्ध लड्न स्पेसल प्रोटिन बनाएर, रगतको बहाव बढाएर उक्त स्थान सम्म फेगोसाईटहरु पुर्‍याएर कीटाणुहरू मार्ने र उत्पन्न भएका विषादीहरू शरीर बाहिर फाल्न ईनफ्लामेसन जस्ता प्रक्रियाहरू अवलम्बन गरी आफूले आफ्नै स्व-हिलिङ्ग प्रक्रिया नियमित रूपमा सञ्चालन गरिरहेको हुन्छ। सरिरमा ईनफ्लामेसन प्रक्रियाहरू सुचारु रहँदा शरीर प्राय: दुख्ने, सुन्नने, रातो हुने, तातो हुने आदि गर्छ। त्यसैले ज्वरो आउनुलाई शरीरले आफूमा भइरहेको सङ्क्रमण विरुद्धको प्रतिरक्षाको लडाई लडिरहेको अवस्थाको रूपमा बुजिन्छ।

 

दुर्घटना र बाहिरी सङ्क्रमण विरुद्ध प्रतिरक्षाको अतिरिक्त उमेर अनुरूप शरीरको विभिन्न अङ्ग प्रतेङ्ग हरूको आन्तरिक ब्रिद्दि विकासका क्रममा भएका कमीकमजोरीका कारण समग्र स्वस्थमा पर्नजाने बधाअड्चन सच्चाउन सरिरमा भिन्न प्रकारको एड़पटिब स्व-हिलिङ्ग प्रक्रिया नियमित रूपमा चलिरहेको हुन्छ। शरीरले शरीर भित्रै एन्टीबडी हरूको उत्पादन गरी आफ्नो ईमुन-सिस्टम लाई तन्दुरुस्त राख्ने गर्छ।

 

हामीले बिमारी हुँदा प्रयोग गर्ने ओखतीहरू शरीरको आफ्नै हिलिङ्ग शक्तिलाई टेवा दिने नियतले बनेका हुन्छन्। उदाहरणको लागि हामीले प्रयोग गर्ने कतिपय खोप एउटा अति पुरानो तर शरीरलाई रोग लाग्न बाट बचाउने  प्रभावकारी तरिका छ। जसले हाम्रो शरीरको प्रतिरोध क्षमता बनाई राख्न मद्दत गर्छ। हात भाँचिदा लगाइने प्लास्टरले भाँचिएको भाग समीपमा राखिदिन्छ ताकि शरीरको आफ्नै हिलिङ्ग प्रक्रिया बाट टुटेको हाड जोडिन्छ, तन्तु, नशा आदि पुन उकासिन्छ। दुखेको बेला आफै निको हुने समयमा खाइने पेन किलरहरु ले दर्द सहने शक्ति दिन्छ।

 

जब तपाइको औलामा काटिएर सानो घाउ बन्छ, रगत बग्छ, जम्छ, अनि केही समय पछि आफै निको हुन्छ। हाम्रो शरीरले प्रतेक सेकेन्डमा लगभग २.५ मिलियन रातो रगतको सेल र लगभग २ लाख ५० हजार जति सेतो रगतको सेल बनाउँछ। शरीरको एउटा निउरोनले प्रति सेकेन्ड लगभग ८३३ सम्म इम्पल्सेसहरु सञ्चार गर्ने गरेको बुजिन्छ भने हाम्रो कलेजोले ६५७ किसिमका कार्यहरू एकैसाथ गरिरहेको तथ्य जानकारीमा आएको छ।हाम्रो जानकारीमा रहेर वा नरहेर हाम्रा शरीरका सबै नै गतिविधिमा स्नायु प्रणालीको भूमिका रहने गर्छ।

मनोबैज्ञानिक विकृतिहरूमा स्नायु प्रणालीमा संलग्न केसीका बाट केसीकामा हुने सिगनलिंग वा सूचना सञ्चार प्रक्रियामा गडबडी हुने गर्दछ। अनुमान गरिए अनुसार १०० ट्रीलियन केसिकाहरु बिच सञ्चार सम्पादनको लागि केसीकाले विशेष केमिकल बनाएर सिगनल उत्पन्न गरी नजिकको केसीका लाई प्रभावमा लिन्छ। अर्को केसीकाले स्पेसल रिसेप्टर मार्फत प्राप्त गरेको उक्त सिगनल अर्कोलाई पुन उस्तै प्रक्रियाबाट अर्को केसीकामा पुराउने क्रम अन्त सम्म दोहरिन्छ।

 

सम्पूर्ण शरीरभरि सूचना सञ्चार प्रक्रिया पुरा गर्न कम्तीमा ११ हजार सिगनलिङ्ग फेक्टर र तिनका  स्पेसल रिसेप्टर रहने अनुमान छ। शरीरको आफ्नै हिलिङ्ग प्रक्रियाले शरीरको आफ्नै सिगनलिङ्ग सिस्टमको आफ्नै काम गर्ने ठर्रा वा प्रक्रियामा व्यवस्थापन, सञ्चालन, मर्मत संहार  र पुनर्ताजकी गर्ने गर्छ।

 

शरीरको सिगनलिङ्ग प्रक्रिया कुनै कारणवश काम नगर्ने अवस्था आउँदा हामी मनोबैज्ञानिक असन्तुलनको सिकार हुने सम्भावना धेरै हुन्छ। कारण बस काम नगर्ने अवस्था आउँदा शरीरको हिलिङ्ग प्रक्रिया बारे पूर्ण जानकारी नभई रहेको हालको अवस्थामा कुनै पनि बाहिरबाट दिइने ड्रगले उत्पन्न गर्ने सिगनलले प्राकृतिक रूपमा शरीरले शरीरलाई हिलिङ्ग गर्ने प्रक्रियामा सहयोग गर्ने अति न्यून सम्भावना रहने हुन्छ। कुनै कुनै ड्रगहरू तत्कालीन रूपमा उपयोगी देखिएता पनि तिनीहरूले शरीर दुखेको बेला आफै निको हुने समयमा खाइने पेनकिलरहरुले दर्द सहने शक्ति दिए जस्तो केही आनन्द दिने तर जिन्दगी भर ओखती लिई रहनु पर्ने र ओखतीकै कारण अन्य रोग वा विकृति जन्मने प्रक्रियाबाट गुज्रनु पर्ने हालको अवस्था हो।

 

स्नायु प्रणालीको विकासको क्रममा आउने विकृतिहरूमा विविध कम्प्लेक्सनका बिच आउने विकृतिहरू बाट सके पूर्ण रूपमै मुक्त हुन र नसके त्यसका कारण सरिरमा पर्न जाने नकारात्मक प्रभावहरूलाई कम गर्न हाम्रो शरीरको आफैले आफैलाई उपचार गरी तन्दुरुस्त बनाउन सक्ने अविस्वासनिय तागतको सदुपयोग गर्नु बाहेकको विकल्प हाल हामीसँग उपलब्ध छैन। जसको लागि मानव शरीरलाई लामो समय सम्म जीवित, स्वास्थ्य र गुणस्तरीय जीवन पद्धतिमा कायम राख्न सहयोगी हुने प्राकृतिक नियमको सिद्धान्त, तरिका र जीवन शैली अपनाउनु जरुरी हुन्छ। जुन विकल्प अयुर्बेद र योग सँग छ।

 

अटिजम जस्ता स्नायु प्रणालीमा आउने निर्बलताका समस्या देखिनुमा विविध कारण हुनसक्ने देखिन्छ। सामान्य रूपमा भन्दा समाजमा अवस्थित विभिन्न कुरीतिको पछि लागेर नयाँ दुलही वा बुहारीले यो गर्न नहुने, यो गर्नु पर्ने भन्ने लामो फेहरिस्त लादिने प्रचलनले गर्भ रहनु भन्दा अगाडिको तरुण महिलामा दिएको मानसिक र सामाजिक दमन र मुख्यतः मनोबैज्ञानिक अत्याचार धेरै अर्थमा कारक बन्न गएको छ। आफ्नै हाडनाता, एकै पुर्बजहरुका सन्तान बिच, सगोत्री, आफ्नै साँगुरो जात खोजी-खोजी गरिने विवाह आदिले निम्ताउने सीमित घेरा भित्रको जिनक्रश हुने परिस्थिति पनि मानसिक निर्बलताका सहयोगी मानिन्छ।

 

सम्भोगको समयमा महिला-पुरुष बिच हुनुपर्ने सहमतिको अनिवार्यता महसुस नगरिनु, विवाहित लोग्ने-स्वास्नीको नाममा स्वैच्छिक बलात्कार दोहरिनु आदि जस्ता गतिविधिले महिलाको आत्मा सम्मानमा पुग्ने ठेस, यौन असन्तुष्टि र मनभित्र गहिरोसँग गाडेर बसेको चरम हैरानी र निराशा मैथुनको उत्कृष्ट उपहारको रूपमा आउने नयाँ शिशुमा नकारात्मक सोचको जरा बसाल्ने मनोविज्ञान निर्माणमा प्रत्यक्ष सरोकार राख्ने अनुमान गरिन्छ।

 

महिला गर्भवती बनेको चौथो महिनामै गर्भको हुर्कँदो बिउको केन्द्र मुटुमा कन्ससनेसको विकास हुने गर्छ। उक्त समयमा पेटमा बढ्दै गरेको भ्रूणले आफूलाई जरुरी पोषण तत्त्व आमाको चाहना बाट प्रकट गर्ने गर्दछ। विभिन्न चलन र सामाजिक मान्यताका आडमा गर्भवती समयमा आमाको कुनै विशेष खानपानको इच्छा पुरा नहुनु बढ्दो भ्रूणको वृद्धि विकाशमा अबरोधक रहने गर्दछ। त्यसो त गर्भवती आमाको स्वस्थलाई प्रतिकुल वातावरण दिने सबै प्रकारका तनाव / स्ट्रेस, शारीरिक तथा यौनिक हिंसा आदिले बच्चाको मनोबैज्ञानिक फिजियोलोजी बिथोलिने सम्मको वातावरण बन्न जान्छ। चार महिना कटिसकेको गर्भवती आमाको धूम्रपान गर्ने, अत्यधिक रक्सी सेवन गर्ने, धेरै सुत्ने र हल्का हिँडडुल नगर्ने बानीले बच्चामा कम्जोर आइक्यू , कमसल स्मरण शक्ति र जरुरत भन्दा फरक सक्रियता वा हाइपर-एक्टिवपन थपिदिन्छ।

 

अयुर्बेदमा बच्चा जन्मने क्रममा हुने प्रश्रव वेदनामा प्राकृतिक रूपमा हुने भन्दा ज्यादा शक्ति प्रयोग हुनु, योनिद्वारा बाट नानी-बाबु बाहिरिने क्रममा बच्चाको मुखमा रहेको र्‍याल आदि तत्काल सफा गरी साल-नाल बाट हटाई केन्द्रीय स्नायु प्रणाली र श्वास प्रस्वास सुचारु गर्ने आदि क्रममा गडबडी हुँदा श्वास-प्रस्वाशमा हुने अवरोधका कारण बच्चाले भोग्ने  उकुसमुकुस वा सोफोकेसन अटिजम हुने प्रबल कारण मान्ने गरिन्छ।

 

संस्कृतको शब्द अग्नि लाई अयुर्बेदामा ‘डाईजेष्टिब फायर’ को रूपमा लिईन्छ। खानाका रूपमा हामीले खाएको पदार्थ र शरीरले वातावरण बाट प्राप्त अन्य पदार्थहरू (हावा, मिनिरल, पानी, अमृत तत्त्व, विषादी, प्रदूषण, रेडिएसन आदि) मध्धे जुन जुन शरीरको लागि उपयोगी हुन्छ तिनीहरूलाई संश्लेष्ण र शोषण प्रक्रिया बाट शरीरलाई उपलब्ध गराउने र उपयोग नहुने पदार्थ शरीरबाट बाहिर फाल्ने प्रक्रिया लाई डाईजेष्टिब फायर वा अग्नि भनिन्छ। उच्च पाचन शक्ति भएको शरीरलाई उत्कृष्ट डाईजेष्टिब फायर बोकेको शरीर मान्ने गरिन्छ।

अग्नि अन्तरगत तापक्रम, प्रकाश, एउटा पदार्थ बाट अर्को पदार्थ बन्ने (जस्तै कार्बोहाइड्रेट बाट चिनी बन्ने) , एक रूप बाट अर्को रूपमा परिवर्तन (चिनी शक्तिमा बदलिने) आदि सबै प्रक्रिया पर्दछ। जब हाम्रो शरीरभित्र पुगेका खाना तथा अन्य पदार्थहरू राम्ररी पच्न सक्दैन र तिनीहरूका कारण शरीरभित्र शरीरलाई हानिकारक तत्त्व वा विषादी पैदा हुन्छ। जसलाई अम (अमन) भनिन्छ।

 

तन्दुरुष्त शरीरको अग्नि शरीरलाई उपयोगी पदार्थहरू मात्र शरीर भित्र अव शोषण गराउन, अनुकूल तामा परिवर्तन गर्न, टुक्राउन, पचाउन, सकारात्मक अनुभूति दिलाउन, केसीकामा शक्ति पैदा गराउन, मनोबैज्ञानिक सन्तुष्टि दिलाउन र उक्त प्रक्रियाहरूमा निस्कने अनावश्यक पदार्थ (अम) र नकारात्मक अनुभूति बाट शरीरलाई मुक्ति दिलाउन सक्षम हुन्छ भन्ने मान्यता राख्छ आयुर्बेद।

 

सबल अग्निको अभावमा अटिजम भएको बच्चाको शरीर आफूभित्र विषादी छिर्ने प्रक्रिया रोक्न र आन्तरिक पाचन प्रक्रियामा उत्पन्न हुने विषादीयुक्त पदार्थको डिटक्सिफाई गर्ने क्षमता गुमाउन पुग्छ र स्नायु प्रणालीको दुर्बलताको सिकार बनिरहेको हुन्छ भन्ने मान्यता हो। यस अर्थमा अटिजम भएको बच्चाको निर्बल अग्नि लाई सबल अग्निमा परिवर्तन गरी अवस्था सुधार मात्र हैन पूर्ण रूपमा निबारणनै गर्न सकिन्छ भन्ने धारणा राख्छ आयुर्बेद।

 

आयुर्बेद अन्तरगत अटिजमको उपचार पद्धतिमा शरीरको आन्तरिक प्रणालीबाट विषादीयुक्त पदार्थ हटाउने, केशिका हरूमा आवश्यक पोषण पूर्ति गरी केन्द्रीय स्नायु प्रणालीको कायाकल्प अभिवृद्धि गर्ने प्रक्रियामा नै विशेष जोड दिइन्छ। आन्तरिक प्रणालीबाट विषादीयुक्त पदार्थ हटाउने उपचार पद्धतिमा गुध्द्वारमा उपयुक्त तरल पदार्थ हाल्ने (एनीमा), घिउ-तेल मसाज (ओलिएसन) , निधारमा गरम तेलको धारा बगाउने (शिरोधारा), नाकमा थोपा हाल्ने (नेजल ड्रप) आदि जस्ता प्रविधिको सहारा लिइन्छ।

 

दिमागी हालत लाई सन्तुलित, आनन्दित र शान्त बनाउन विशेष योग र ध्यान जस्तै श्वास प्रस्वाश टेक्निक, विविध आसन, आनन्ददायी ध्यानका (मुद्रा) तरिकाहरू बनाइएको छ। केन्द्रीय स्नायु प्रणालीको कायाकल्प अभिवृद्धि गर्ने नियतका साथ सुरक्षित चिकित्सा प्रणाली विकास गरिएको छ। तर पनि ओखती सेवन र अन्य सुधार प्रक्रियाबाट अटिजमको पूर्ण निदानका लागि लामो समयको हस्तक्षेपकारी नियमित सुधार प्रक्रियाको जरुरत महसुस गरिएको छ।

 

रिसर्च बाट प्रमाणित भई आए अनुरूप ब्रहमी (Bacopa monnieri) जसलाई  मेध-जिरी पनि भनिन्छ, लाई ब्रेन ग्रोथ प्रमोटर र नर्बस टोनिकको रूपमा उपयोग गरिन्छ । केन्द्रीय स्नायु प्रणाली सुधार गर्न स्मरण शक्ति वर्धक को रूपमा मन्दुकापरनी (Centella asiatica) जसलाई पेन्नि वोर्थ, गोटू कोंला, घोड़ टाप्रे, ब्रहाम्बुटि पनि भनिन्छ, को प्रयोग हुन्छ। नेपालीमा शंखपुष्पि भनिने (Convolvulus pluricaulis) स्मरण शक्ति विकाशमा गर्ने र सामाजिक घुलमिलता बढाउन सहयोगी हुने ठानी प्रयोग हुन्छ। गुडूची वा गुर्जो (Tinospora cordifolia) लाई तनाव शिथिल पार्ने एन्टी-स्ट्रेश टनिक र मेमोरी इन्हेन्सरको रूपमा प्रयोग गरिन्छ।

 

मनोबैज्ञानिक र दिमागी समस्याहरूलाई मानसिक रोग भन्दै आयुर्वेदका आचार्यहरूले महकाल्यानाका घ्रितम, सरस्वती अरिष्टम, ब्रह्मी घ्रितम, ब्राह्मी वटी, रुद्राक्ष  चुरनम जस्ता आयुर्वेदिक औषधि दिने गर्छन्। उनीहरूका अनुसार अटिजम जस्तो कमप्लेक्सनमा पहिले बच्चाको पाचन शक्ति बढाउन जरुरी छ। त्यस्तै  बच्चाको अति चञ्चलेपन घटाउन विशेष प्रकारको हर्बल तेलको मसाज अनि तन्तुलाई शक्ति बर्दक बनाउन छुटै आयुर्वेदिक तेल मसाजको जरुरी हुने मानिन्छ। अयुर्बेदले सरिरमा केसीकाको तहमा पुगी शरीरका अङ्ग प्रत्यंगको बेबस्थापन, पुनर्स्थापना गरी नियमित कार्यलाई सुचारु गर्दै ब्रेन र नर्बस सिस्टम बिचको सन्तुलन कायम गर्न प्रभावकारी हुने हर्बल र  मेडिसिनल प्लान्टबाट बन्ने ब्रेन टोनिक वा दोष निवारण गर्ने प्रकृतिका खाद्य पदार्थको सिफारिस गर्ने गर्छ।

 

समग्रमा अटिजम जस्ता मनोबैज्ञानिक जटिलता र समाजमा व्याप्त नकारात्मक सोच जस्ता बैरी हरू बाट समाज लाई मुक्त गर्न चाहिने मुख्य उपचार भनेको समाजमा रहेको घरेलु हिंसा, महिला भेदभाव, दमन, अत्याचार हटाउँदै  नितान्त निजी र सामाजिक जीवनका गतिविधि बाट महिलाको आत्म सम्मानमा आउने आँच बाट मुक्ति दिलाउन समाज लाई सचेत गराउन आवश्यक छ। दोस्रोमा विविध खाले तनावहरू बाट मुक्ति पाउने उपायको अवलम्बन गर्नु र अन्तमा सचेत आहार विहार, वैज्ञानिक विवाह, सहभागिता मूलक स्वीकृत सम्भोग, स्वास्थ्य जीवन पद्धति, समयानुकूल स्वस्थमा ख्याल र हेरचाह आदिको मुख्य भूमिका रहन जान्छ।

(घिमिरे क्यानडा निवासी खाद्य वैज्ञानिक हुन। narayanghimire@yahoo.com)

WRITE COMMENTS FOR THIS ARTICLE