मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

‘र’ का पूर्व प्रमुख माथुर सुटुक्क नेपाल आएर नेपाली नेताहरु भेटे

sushil-koirala-baburam

काठमाडौं । नेपालको संविधान निर्माण प्रक्रिया सँगसँगै भारतसँग चुलिएको विवाद खुलमखुल्ला चूनौतिको अवस्थामा पुगेपछि भारत सरकारका तर्फ बाट ‘र’ का पूर्व प्रमुख अवधेस विहारी माथुर सुटुक्क नेपाल आएर एमाओवादी अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री सुशिल कोइराला र एमाओवादी नेता बाबुराम भट्टराईलाई भेटे । सबभन्दा पहिला एमाओवादीका नेता बाबुराम भट्टराईसँग भेट गरेका माथुर भट्टराईसँग अन्य नेताहरुको मनस्थितिका बारेमा  नालीबेली लिए । भट्टराईले आफ्नो आस्लियत नेपालमा जनताको ईस्तर सम्म खुल्न गएकोले भारतसँग सम्बन्ध विगार्ने पक्षमा नरहेको एमाले अध्यक्ष ओली लाई पहिले भेटाउन बालकोट लगेका थीए ।

ओलीसँग दिपक्षिय सम्बन्ध विकासको बारेमा छलफल गरेका माथुरले त्यसलगत्तै प्रधामन्त्री कोइरालालाई बालुवाटार निबासमै पुगेर भेटे । बालुवाटारबाट सिधै एमाओवादी अध्यक्ष प्रचण्ड निवास पुगेका माथुर प्रचण्डसँग कुटनितीक ढंगले समाधान गर्नुपर्ने विवाद सार्वजनिक रुपमा आरोपप्रत्यारोपमा पुगेकोमा दुख लागेको भन्दै भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाए । भारतीय पक्षको चाहना अनुसार गोप्य राखिएको भेटलाई  माथुरको प्रचण्डसँग योभेट ले अनपेछित सम्बन्ध सुधार भएको देखे पछि भट्टराई आफैले गोयवल्स शैलीमा प्रचार गर्ने काम गरेका थिए। नेपाली नेताहरुको सन्देश लिएर माथुर शुक्रबारै दिल्ली फर्किसकेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE