मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपालको विषादी परीक्षण क्षमताको यथार्थता !!

नारायण घिमिरे

खाद्य बाली वा तिनका फसल लाई रोग तथा किराको प्रकोप हुन बाट बचाउने नियतले प्रयोग हुने पदार्थ लाई विषादी भनिन्छ। हाल संसारमा १००० भन्दा बढी कीटनाशक विषादी वा पेस्टीसाईड हरू प्रयोजनमा छन्। विषका केमिकल फर्मुला अनुसार तिनीहरूको विषाक्त ता को प्रकृति फरक फरक हुने हुनाले विष विज्ञानमा विषादी को विषको केमिकल बनावट र विषाक्त ता को प्रकृति अनुरूप चार भागमा बाँडिएका छन्। कर्बामेट, अग्र्यानो फस्फेट, अग्र्यानो क्लोरिन र पाईरिथ्रोइडस समूह।

फसल खानको लागि उपलब्ध हुँदा बाली नालीमा हालिएका विषादी कति मात्रामा रहन्छन् त्यसलाई पेष्टिसाइड  रेसिड़ू वा विषादीको अवशेष भन्ने गरिएको छ। विज्ञानले खानामा रहेको कतिपय पेष्टिसाइड हरू को मात्रा निकै कम रहँदा पनि मापन गर्न सक्ने क्षमता विकास गरी सकेको छ। कतिपय अवस्थामा भने पेष्टिसाइडहरुको निश्चित स्तर भन्दा तल निश्चितताका साथ तोकिएको मात्रामा रहेको भनी यकिन गर्न नसकिने भनी तोकिदिएको छ।

बोट बिरुवाले बिरुवा र फसलमा समेत प्राकृतिक रूपमै केही मात्रामा  पेष्टिसाइडहरु  बनाएर आफ्नो सुरक्षा गर्ने हुँदा अर्गानिक कृषि उत्पादनका खाध्याण्डमा समेत जिरो स्तरमा पेष्टिसाइड रेसिड़ूको आशा गर्नु वैज्ञानिक मानिन्न। कतिपय विषादीको हकमा हाल सम्म संसारमै बजारमा उपलब्ध उपकरण जरुरी स्तर सम्म कीटनाशक विषादी मापन गर्न सक्ने क्षमताको नरहेको अवस्था पनि छ।

खाना वा दानामा विभिन्न बिषादीका रेसीड़ूहरू कति भन्दा धेरै हुँदा अस्वीकार्य हुन्छ भन्ने अन्तर्राष्ट्रिय मापदण्ड छ। अन्तर्राष्ट्रिय मापदण्डले निश्चित बिसादी चेक गर्ने तरिका र कुन मात्रा  भन्दा धेरै  रेसीड़ू हुन नहुने हो दुवै तोक्ने गर्छ। जसलाई   तोकिएको परीक्षण विधिका लागि सिफारिस गरिएको अधिकतम विषादी को मात्रा वा मेक्सिमम रेसीड़ू लेबल (एमआरएल लेबल) भन्ने गरिन्छ। अन्तर्राष्ट्रिय मापदण्डको एमआरएल लेबल बिक्री वितरणमा रहेका खाद्यमा हुनु पर्ने भनी तोकिएको लेबल हो। जुन खाद्य सुरक्षाको हिसाबमा प्राय: १०० गुणा तल वा न्यून रहने गर्छ। ता कि कुनै पनि अर्थमा किचनमा पुगेको खानाका भिन्ना भिन्नै जिनिसमा भिन्ना भिन्नै विषादी केही मात्रामा रहँदा पनि स्वास्थ्य मा प्रतिकुल असर नपरोस।

नेपालले हाल क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र भन्दै व्यवस्था गरेको प्रयोगशाला नाम मात्रको मोबाइल ल्याब हो।  मोबाइल ल्याबले  कुन तरकारीमा कुन विषादी कति मात्रामा छ भनेर देखाउन सक्दैन। मात्र सीमित विषादी भए नभएको नतिजा दिने गर्छ। नेपाल सरकारका अधिकारी हरुले ‘क्वालिटेटिभ’ अध्ययन गर्ने उपकरण भनी भन्ने गरेका यो उपकरणका आधारमा नाका बाट छिर्दै गरेको खाद्य विषादी युक्त हो हैन भनी सामान्य छिट्टो चेक जाँच को लागि भएता पनि आयात रोक्न सकिने भरपर्दो र  सिफारिस गरिएको परीक्षण विधि होइन। तसर्थ यस्ता परीक्षणका आधारमा आयात  यसकै आधारमा रोक्न भने मिल्दैन।मात्र अलि चनाखो हुनुपर्ने अवस्थाको  सङ्केत गर्छ।

न्याय को सिद्धान्त ले प्रमाण को अभावमा कुनै पनि अपराधी छुटोस् तर एक पनि निरपराधी अपराधी को रूपमा दण्ड को भागी नबनोस भन्ने मान्यता राख्छ। सामान्य चेक जाँच गर्न उपयोगी हुने यस्ता उपकरण हरुले दिने नतिजा पोजेटिभ वा नेगेटिभ जे हुँदा पनि भरपर्दो हुँदैन। नतिजा पोजेटिभ हुँदा विषादीमा तोकेको एमआरएल लेबल भन्दा तलको मात्रा हो कि माथिको मात्रामा रहेको हो यकिन गर्न सक्दैन। नतिजा  नेगेटिभ हुँदा यस्ता मिसिन हरुले दिने टेस्टका नतिजा धेरै जसो फल्स नेगेटिभ रिजल्ट दिने हुनाले भर गर्न लायक मानिन्नन्।

खध्यान्डमा  विषादी रहँदा पनि र नरहँदा पनि विषादी नरहेको देखाउने उपकरण लाई फल्स नेगेटिभ रिजल्ट दिने उपकरण भनिन्छ। चुरो कुरो गर्दा यस्ता उपकरण  कुनै राज्यले  मुलुक भित्र खध्यान्डमा आयात गर्न दिने वा नदिने भन्ने सिस्टममा राखिनु भनेको जाँचकी लाई स्वेच्छाचारी र कमिसन खोर बन्न दिनु मात्रा हुन्छ। चेक जाँच प्रक्रिया ले दिनुपर्ने भेलुएड गर्न सक्दैन।

नाकामा गुणस्तर नियन्त्रणको लागि राखिने विषादी मापन यन्त्र ताजा र प्रशोधन गरिएको खाद्यमा विभिन्न मात्रामा कम्तीमा ५०० जति एक्टिब विषादीका रेसीड़ूहरु यकिनका साथ मापन गर्ने क्षमताको रहनु जरुरी छ। ती टेष्हरु एकातर्फ ती ५०० भन्दा धेरै रेसीड़ूहरु एकै साथ स्क्यान गरी तोकिएको मापदण्ड भित्र रहेको नरहेको हेर्न सकिने हुने गर्छ। त्यही समयमा कुनै एक वा धेरै एक्टिब विषादीका रेसीड़ूहरु तोकिएको उक्त मापदण्ड बाहिर गएको स्क्यान रिजल्टमा देखिँदाको अवस्थामा प्रत्येक शङ्कास्पद एक्टिब विषादीको लेबल  मापदण्ड भित्र रहेको नरहेको एक एक गरी हेर्दै यकिन गर्न सकिने प्रकृतिको हुन्छ।

उक्त प्रकृतिको टेस्ट मेथडमा मास स्पेकट्रोमेट्रि जसमा जिसी एमएस एमएस, एलसी एमएस एमएस र जिसी एफ आइडी जस्ता मेसिन हरूको सहायता लिने गरिन्छ। यी मेसिन हरुले पार्ट पर ट्रिलियन मतलब एक भागमा एकको पछाडि दश वटा जिरो रहेको अङ्क ले भाग गर्दा आउने मात्राको मात्र विषादी रहेछ भनेपनि कति छ भनी देखाउँछ। उक्त मेसिन हरू देखाउने मात्र हैन तिनीहरूले दिएका नतिजा वास्तवमा सही छन् भनी भेलिडेट समेत गर्ने गर्छन्। फल्स पोजेटिभ वा फल्स नेगेटिभ नतिजा नदिने ग्यारेन्टी गर्छ।

तपाइले जति करोड रुपैयाँ खर्च गरी गाडी किन्नुस्, उक्त गाडी चलाउन पहिले बाटो चाहियो। बाटो त छ तर खाल्टै खाल्टो मात्र छ भने पनि काम आउँदैन। बाटो सके राम्रो नभए काम चलाऊ गाडी ले थेग्ने हुनु पर्‍यो। अर्को तपाईँ सँग राम्रो गाडी चलाउने खुबी पनि छैन र तपाईँ सँग राम्रो चालक पनि रहेन भने त्यो गाडी खाल्टामा नपर्ने ग्यारेन्टी रहन्न। जिबननै जोखिममा पर्न जान्छ ।

वास्तवमा जिसी-एमएस-एमएस, एलसी एमएस-एमएस र जिसी-एफ-आइडी जस्ता मेसिन हरू हस्पिटल हरूमा चलईने एमआरआई मेसिन भन्दा धेरै सेनसेटिव मानिने गर्छ। यो मेसिन ले अपेक्षा गरेअनुरुप काम गर्न चाहिने बाटो भेटेको अन्तर्राष्ट्रिय मापदण्ड आइएस्ओ / आइईसी  १७०२५ अनुरूप यसले पटक पटक सही नतिजा दिने गरी काम गर्ने प्रोटोकल हुनुपर्छ। खाल्टै खाल्टो रहित बाटो हुन अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप  ल्याब आफैले आफ्नो परीक्षण तरिका बनाएर भेलिडेसन गरी नियमित केलीब्रेसन गरी टेस्ट गर्ने प्रणाली हुनुपर्छ। उक्त ल्याबले हरेक समय उक्त काम गरेको निश्चित गर्न एक त ल्याब ले आइएस्ओ / आइईसी  १७०२५ एक्रिडेसन लिएको हुनुपर्छ । दोस्रो वर्ष पिच्छे आइएस्ओ / आइईसी १७०२५ मापदण्डको लागु गरिएको आन्तरिक अडिट र बाह्य एसीसमेन्ट गरिनु अनिवार्य छ।

Download (PDF, 829KB)

अडिट भनेको ल्याबले आफूले के कसरी गर्छु भनी लिखित रूपमा लेखेको छ त्यो गरेको छ कि छैन त्यो हेरिन्छ। बाह्य आइएस्ओ / आइईसी  १७०२५ मापदण्डको लागि स्वीकार्य इन्डीपेनडेन्ट बडी बाट गरिने एसीसमेन्टमा उक्त ल्याब सँग दैनिक पटक पटक ९५% कन्फीडेनस इन्टरभलमा दोहोरिएको, निश्पक्ष नतिजा दिन सक्ने भौतिक, मानवीय र प्रक्रिया गत मापदण्ड र क्षमता छ छैन हेरिन्छ। मापदण्ड पुरा गर्न सकेको अवस्थामा मात्रा पुन आइएस्ओ/आइईसी  १७०२५ एक्रिडेसनको म्याद एक-दुई वर्ष लाई थपिन्छ।

राम्रो गाडी चलाउने खुबी भएको ड्राइभर जस्तै उक्त मेसिन हरू नियमित सञ्चालन गर्न सरकारी पद ले हैन कि प्राविधिक कार्यक्षमता का दृष्टिमा विशिष्ट विज्ञहरू, क्रोमाटोग्राफि टेक्नोलोजिष्ट, मेथड डेभलपमेन्ट टेक्नोलोजिष्ट, भेलिडेसन टेक्नोलोजिष्ट, क्यलिब्रेसन टेक्नोलोजिष्ट लगायत अन्य  क्रोमाटोग्राफि प्राविधिक र टेक्निसियनहरु जरुरी पर्छ। हाल नेपाल सरकार सँग कार्यरत प्राविधिक हरूलाई ८-१० महिनाको तालिम दिएर मात्र  क्रोमाटोग्राफि प्राविधिक र टेक्निसियनहरु बनाउन सकिने स्थितिमा छ।

मुख्य ड्राइभरहरू जस्तै  विशिष्ट विज्ञहरू, क्रोमाटोग्राफि टेक्नोलोजिष्ट, मेथड डेभलपमेन्ट टेक्नोलोजिष्ट, भेलिडेसन टेक्नोलोजिष्ट, क्यलिब्रेसन टेक्नोलोजिष्ट व्यवस्थापन मा नत चासो नै देखिन्छ न त त्यस तर्फ कुनै प्रक्रिया नै सुरु गरिएको छ। विदेशको अनुभव का आधारमा के प्रस्ट भन्न सकिन्छ भने नेपाल सरकारको हालको सरकारी जनशक्ति लाई उक्त स्तरमा पुराउन कम्तीमा ५-७ वर्ष लाग्ने छ।

नेपाल सरकारले त्यसैले प्रथम: सरकार भन्दा बाहिर बाट जनशक्ति सहयोग उक्त मेसिन हरू सञ्चालनका लागि लिनु जरुरी हुने छ। बाहिरी सहयोग लिनै पर्ने अवस्थामा मिसिन खरिद देखि स्थापना सम्म नै दक्ष जनशक्तिको सहयोग लिनु बुद्धिमानी हुनेछ। जुन नहुने लगभग निश्चित नै छ। नेपाल सरकारमा मानवीय र प्रक्रिया गत क्षमता वृद्धि र मापदण्ड अनुरूप आफ्ना प्रयोग शालाहरू सञ्चालन गर्ने तर्फ कुनै चासो र तयारी रहेको देखिन्न।

मात्र ४ अर्ब मेसिन आदि खरिद र थप २-४ अर्ब पछि स्थापना मा खर्चने उसको आन्तरिक मनोभाव ले प्रेरित रहेको प्रस्ट बज्न सकिन्छ। अन्तर्राष्ट्रिय अनुभवका आधारमा सरकारी झन्झट बाहेक यस्ता प्रकारका ल्याब स्थापना मा कम्तीमा २ वर्ष लाग्ने छ। उक्त ल्याबले अन्य पूर्वाधार पुरा गर्न अर्को २-३ वर्ष लाग्न सक्छ।

मुलुक कै दुर्भाग्य के बनेको छ भने आज पनि नेपालमा प्रदेश १ को बिर्तामोड, दुईको सर्लाही, ३ को कालीमाटी, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल र सुदूरपश्चिम प्रदेशमा रहेका दुई वटा केन्द्रबाट विषादी केन्द्रमा २ वटा प्यारा मिटर चेक जाँच हुने भन्ने सरकारको विश्वास देखिन्छ।

केन्द्रीय प्रयोगशालाले २९ वटा प्यारा मिटर यकिनका साथ चेक गर्ने क्षमता रहेको बुझाई सरकारी उच्च तहमा छ। व्यावहारिक रूपमा भौतिक, मानवीय र प्रक्रिया गत मापदण्ड र क्षमतामा आफूलाई चुस्त नबनाएको सरकारी निर्णय द्वारा आफैले आफैलाई सकक्षम घोषणा गरी सञ्चालनमा आएको नेपालको केन्द्रीय प्रयोगशालाले क्वालिटी काउन्सिल अफ इन्डियाको एनएबिएल बाट १०१ प्यारा मिटरमा एक्रिडिदएसन लिएको मध्ये मात्र ३० ओटा बिसादी परीक्षणमा आइएस्ओ / आइईसी १७०२५ एक्रिडीएसन  लिएकोमा कार्य शैली र प्रसाशसनिक अकर्यमन्यताका कारण हुनुपर्ने अन्तर्राष्ट्रिय क्रेडिबिलिटी नहुँदा नेपाली खाद्य, दाना र हर्बल तथा तिनका प्याकेजिग निर्यात कर्ता दिशा विहीन अवस्थामा पुगेका छन्। जुन उच्च तहको समझ बाहिरको अवस्था बनेको हो कि भनी शङ्का गर्ने पर्याप्त आधारहरू देखिन्छ।

 

(घिमिरे क्यानडा निवासी खाद्य वैज्ञानिक हुन। narayanghimire@yahoo.com)

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE