मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

छाकै पिच्छे साग ?

नारायण घिमिरे

उत्पादनशिलाताको व्यवहारिक कर्म क्षेत्रमा हरियो सागसब्जी मानव सचेतना भन्दा अतुलनीय हिसाबमै  फुर्तिलो, चतुर र चलाख हुने गर्छ। दुईचार सेकेन्डलाई ट्रीलियनले भाग गर्दा हुने समय भित्रै सागसब्जीहरुले आफ्नो सम्पर्कमा आएको ९५ प्रतिशत सूर्यको किरण सोसेर मेटाबोलिजम / फोटोसेन्थेसिस प्रक्रियाबाट शक्ति उत्पादनमा पठाउन सक्छन्। आज बजारमा आएका मानव निर्मित फोटो भोल्टानिक सेलको क्षमता मात्र २० प्रतिशत सूर्यको किरण सदुपयोग गर्न सक्ने अवस्थाका छन्।

 

बिरुवाले फोटोसेन्थेसिसको लागि सूर्यको किरण लिने क्रममा पातको सेलको एन्टेना-प्रोटिनमा सूर्यको किरण सोसिने गर्छ। सूर्यको किरण एन्टेना-प्रोटिनमा के पुगेको हुँदैन कहाँ जानुपर्ने हो तत्काल पुग्ने र काम फत्ते गर्न गरेको भेटिन्छ।

 

सूर्यको किरण असङ्ख्य फोटोनहरु बाट बनेको हुन्छ। जब यो हरियो पातको एन्टेना-प्रोटिनको संसर्गमा पुग्छ आफ्नो माकुराको जालोको बिचबाट जता पनि जान सक्ने जस्तो ओईबको पथ लिन सक्ने क्षमताको अधिकतम सदुपयोग गर्दै जहाँ अत्यधिक खपत हुन्छ त्यही उपलब्ध हुन पुग्छ। फलतः जस्तोसुकै प्रतिकुल मौसमी अवस्थामा पनि ९० प्रतिशत भन्दा बढिनै फोटोंनको खपत हुनसक्ने अवस्था  बन्दछ। जुन हालसम्म मानव निर्मित फोटोसेलको क्षमता सँग तुलना नै गर्न नसकिने स्तरको उच्च प्रभावकारी अवस्था हो ।

 

सूर्यको सेतो प्रकाश हामीले देखिने ७ रङ्गहरू मिलेर बनेको हुन्छ। बिरुवाको पातमा रहने क्लोरोफिलको मलिकुलले सातरंग मध्धे निलो र रातो लाइट सोसी ईनर्जीका लागि चाहिने खाना बनाउने गर्छ। त्यस्तै कतिपय बिरुवा को फलमा हुने केरेटिनोईड पिगमेन्ट (जस्तै गोलभेँडाको लाईकोपिन, मकैको जियोजेन्थिन, सुन्तलाको फलको बोक्राको बिटा केरोटिन आदि) ले सूर्यको किरणबाट भोइलेट (बैजेनी) र निलो-हरियो लाईट लिएर आफूलाई आकर्षक स्वरूपमा परिवर्तन गर्छन्। ताकी किरा आदि अकर्सित हुन।फल खाउन् । बिउ अन्यत्र पुगोस् । आफ्नो वंश बिस्तार कायम रहोस्।

 

सूर्यबाट आउने सेतो लाईट जस्तै चन्द्रमाबाट आउने प्रकाश प्रिज्मबाट पास गर्दा सूर्यको प्रकाश जस्तै सातैवोटा किरण त दिन्छ तर अलि इन्फ्रारेडतिर (1 µm to 3 µm ) सरेको भेटिन्छ। सूर्यबाट आउने भन्दा ४ लाख गुना मलिन, इन्फ्रारेड तिर सरेको प्रकाश बिरुवाको वृद्धि र मेटाबोलिजममा आश्चर्यजनक सकारात्मक भूमिका पुराउँछ।

 

चन्द्रमाको प्रकाश नपाएका (आधुनिकीकरण मार्फत जडान भएका प्रकाशका कारण निख्खर उज्यालो, अँधेरो भोग्न र चन्द्रमाको प्रकाश पाउन बाट वञ्चित बनेका) बिरुवाको फसलमा  रोगको प्रतिरोधात्मक शक्ति क्षीण हुने, घाउ निको पार्ने शक्ति नहुने, पोषण तत्विनै नहुने र फोटोसेन्थेसीस प्रक्रिया समेत बलियो नहुने गरेको भेटिएको छ।

 

आधुनिक रिसर्चका अनुसार पूर्ण चन्द्रको मन्द प्रकाशमा उम्रने  हुर्कने बिरुवा र कन्दमूलले पानी र कार्बनडाईअक्साईड लीई ग्लुकोज बनाउने, ग्लुकोज लाई प्रोटिनमा परिवर्तन गर्ने, ग्लुकोज र प्रोटिन चिल्लोमा परिवर्तन गरी सञ्चय गर्ने आदि सबै गर्छ। सौर्यको प्रकाशमा बढेका सागसब्जीमा पोषण तत्वोहरु रहने तथा चन्द्रमाको प्रकाश समेत भेटेका र हलक्क बढेका सागसब्जी, फलफुल र कन्दमूलहरूमा एन्टी-अक्सिडेन्ट युक्त फ्लेबोनोइडहरु समेतले भरपुर हुने भेटिएको छ।

 

कृषि आधुनिकीकरणका नाममा रैथाने सिप र प्रविधिको अतिक्रमण गर्दै मुलुकभर फ़ैलाईएका अवैज्ञानिक र अप्राकृतीक नाफाखोरी खेती प्रणालीका उपजहरूले मानव स्वस्थलाई सम्पूर्ण रूपमै प्रतिकुल असर पार्ने उत्पादन सर्बसाधरण लाई पस्की रहेछ।

 

लगभग ३७.२ खर्ब केशिका  हुने मानव शरीरले लगभग १ सय खर्ब बाहिरी माइक्रोबियल केशिका बोकिरहेको हुन्छ। पाचन नली (आमाशय, आन्द्रा र गुदद्वार) मात्रै लगभग ३ पौन्ड ब्याक्टेरियाको घर हो । ती ब्याक्टेरियाहरु हाम्रो पाचन नलीमा बस्ने मात्र हैन, हाम्रो प्रतिरक्षा प्रणालीलाई के गर्ने, के नगर्ने निर्देशन, सर-सल्लाह र सहयोग समेत उपलब्ध गराई रहेका हुन्छन् ।

 

हाम्रा शरीरका सूक्ष्म जीवहरूले आवश्यकता अनुसार प्रतिरक्षा प्रतिक्रिया बढाउन वा घटाउन सेतो रगतको सेल (टि–सेल) हरूलाई परिचालन गर्छन् । यसरी हाम्रो प्रतिरक्षा प्रणालीले बाहिरी ब्याक्टेरियाको शरीर भित्र उत्पादनमूलक वातावरण बनाउँछ ।

 

इन्जाएमेटिक र नन्इन्जाएमेटिक गतिविधि हुँदै गर्दा हाम्रो शरीर एक्सरे, चुरोट गाँजाको धुवाँ, प्रदूषित हावा, औद्योगिक केमिकल लगायतकाको संसर्गमा आई रहेको हुन्छ । फलतः अक्सिजन र प्रोटिनमा हुने नाइट्रोजनको अर्बिटको इलेक्ट्रोनलाई र्याडिकलाइज गरी रियाक्टिभ बनाइदिन्छ। र्याडिकलाइज आयोन तुरुन्तै नियन्त्रण नहुँदा यसले फ्याट, न्युक्लिईक एसिड, प्रोटिन आदिलाई लक्ष्य गरी केशिकालाई बिगारिदिन्छ । यसलाई अक्सिडेटिभ स्ट्रेस भनिन्छ ।

 

शरीरमा क्यान्सर लगायतका रोग तिनै अक्सिडेटिभ स्ट्रेसका कारण भित्रिन्छ। लगातारको रेडिएसन, प्रदूषण, चिन्ता र कुपोषण आदिका कारण हुने अक्सिडेटिभ स्ट्रेसबाट नै मानिसमा बुढ्यौली, छाला रोग, मधुमेह, हृदयघात, क्यान्सर लगायत अन्य जटिल रोग पैदा हुन्छ ।

 

पार्टिकल फिजिक्सले सुजाय अनुसार हाम्रो शरीरका सेलहरू एटमले बनेका हुन्छ । जुन इलेक्ट्रोन, प्रोटोन र निउट्रोंनले बनेको भनिएता पनि ईलेकट्रोंनको लोकेसनले देखिएको एटम भनेको यसको १ लाख गुना सानो प्रोटोन र निउट्रोंन हुने निउक्लियस हो। जुन ग्लुवोंनको तागतले अठाएर राखेको ३ वटा क़्वार्कबाट बनेको प्रोटोन र निउट्रोंन बाट बनेको हुन्छ । यसरी वास्तवमा हाम्रो सरिरमा ९९.९९९९९९९९९९९९% खाली भाग हुन्छ ।

 

शरीरका लगभग ९९% एटमहरू हाइड्रोजन, कर्बोंन, नाइट्रोजन र अक्सिजनका एटमले बनेका हुन्छन् । हामीले खाने खाना, पेय पदार्थ र श्वासमा समेत पोटासियम-४० र कार्बन-१४ जस्ता रेडियोनिउक्लाईडस हुन्छ । जुन शरीरका मलिकुलसंग मिल्छ र बिखन्डनभई रेडिएसन निकाल्दछ । जस्तै पोटासियम-४० बिखन्डन हुँदा यसले इलेक्ट्रोनको एन्टीमेटर्स ‘पोजिट्रोंन’ बनाउँछ र एटमको इलेक्ट्रोनसँग जबर्जस्त ठोक्किन गई “गामा रे” को फर्ममा आन्तरिक रेडिएसन निकाल्ने गर्छ ।

 

सामान्य रेडिएसन हामी बस्ने घर, हामीले खाने खाना र पृथ्वीले साथै हाम्रो शरीरले समेत निकाल्ने गर्छ। बाहिरी संसारबाट प्राप्त हुने “कस्मिक रे” हाम्रो शरीरसम्म लगातार पुगी एटमको निउक्लियस सँग ठोक्किन गई मेसन्स बनाउँछ। जुन धेरैजसो खण्डित भएर मुवोंन र निऊट्रीनोज बन्दछ। र अन्ततः पृथ्वी तिर हेलिएर समाप्त हुन्छ। कहिले कहीँ यिनीहरूले शारीरिक मीऊटेसन समेत गरिदिएको भेटिन्छ।

 

सौर्यबाट प्राप्त हुने फोटोंनले हामीलाई हाम्रो वरिपरीका बस्तुहरू देख्न सहयोग गर्छ। यसमा हुने निऊट्रीनोज हाम्रो शरीर हुँदै पृथ्वीमै पुग्छ। हाम्रा शरीरमा पलपल यति धेरै रेडिएसनहरु लगातार पुगिरहेको अवस्थामा पनि हामीलाई जोखिम युक्तरुपमा खासै असर नहुनुमा हाम्रो शरीरको धेरै भन्दा धेरै भाग मात्र खाली “डार्क स्पेश” भएर नै हो।

 

मानिसको रगतमा पाइने हेमोग्लोबिंन र हरियो सब्जिमा पाइने क्लोरोफिलको केमिकल स्ट्रकचर लगभग उस्तै हुन्छ। फरक के मात्र हो भने हेमोग्लोबिंन आइरनको वरिपरि बनेको हुन्छ भने  क्लोरोफिल मेग़नेसियमको। हेमोग्लोबिंनको मुख्य काम फोक्सो बाट शरीरको अन्य भागमा शुद्ध अक्सिजन लैजाने हो। रगतमा केही क्लोरोफिल हालिदिँदा यसले हेमोग्लोबिंनलाइ आफ्नो काम गर्न सघाएको पाइएको थियो।

 

साग सब्जी बाट पाइने क्लोरोफिलले मानिसको शरीरमा रक्त सञ्चारमा सघाएको, रगत सफा गरेको, रगतमा रातो केसीका सङ्ख्या बढाएर शरीरमा अक्सिजनको आपूर्ति बढाएको पाइएकाले क्लोरोफिलले हेमोग्लोबिंन बन्न सहयोग गर्ने निचोड निक्लेको छ।

हुन त: हामीले खाएको साग सब्जी पाचन र शोषण प्रक्रिया मार्फत रगतमा पुग्ने गर्छ। उस्तै उस्तै स्ट्रकचर भएकोले क्लोरोफिलको स्ट्रकचरको माझमा मेग़नेसियमको सट्टा शरीरले आइरन घुसाएर हेमोग्लोबिंन हुने अवस्था भने हाम्रो शरीरको हालको प्रक्रियामा सम्भव छैन। खाएको खानाको पाचन प्रक्रियामा क्लोरोफिलको स्ट्रकचर भाँचिने र टुक्रिने गर्छ। आन्द्रामा शोषणको लागि जस्ताको तस्तै उपलब्ध हुँदैन।

 

तर क्लोरोफिल र हेमोग्लोबिंन दुबैमा समान स्ट्रकचर भएका कार्बन, हाइड्रोजन, अक्सिजन र नाइट्रोजन चेन भएका कारण साग सब्जी खाएर उपलब्ध हुने क्लोरोफिलका कारण शरीरलाई धेरै हेमोग्लोबिंन बनाउन सहयोग पुग्ने भेटिएको हो।

 

जब खानाको कुरा आउँछ, हामी “दिमाग समेतको” मूर्त शरीर स्वस्थ राख्ने विधि बारे कुरा गर्छौ। हाम्रो मूर्त शरीरलाई सञ्चालन गर्ने ‘दिमागको सञ्चालकको’ स्वस्थको कुरामा भने अध्यात्मको संदर्ब जोडिन्छ। आयुर्वेदमा शरीरमा ओखती र पोषणको काम गर्ने खानाका अलावा आध्यात्मिक सन्तुलनको लागि योग, ध्यान जस्ता अनुकूल मानव जीविकाको पद्धतिको लागि उपाय सुजाईएको छ।

 

पछिल्लो समयमा बायोसाइन्स क्षेत्रमा प्राप्त गर्न सकिएको उल्लेखनीय सूचनाहरूका कारण आज मानिसले के खाने र किन खाने भन्ने अबधारणामानै अमूल परिवर्तन आएको छ। हिजै सम्म पनि हाम्रा चिकित्सक, खाद्य विज्ञ र पोषण विज्ञहरूले सर्बसाधारणका लागि तागतको लागि भिटामिन र पोषणका लागि कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो, भिटामिन, मिनिरल, फाइबर र पानीको समुचित संयोजन मिलेको सन्तुलित आहारले शरीर रिष्ट पुष्ट राख्छ भनि दिने सल्लाह नै आज अपूर्ण र अर्धसत्य रहेको तथ्य बाहिरिएको छ।

 

वयस्क पुरुषलाई १५०० र महिलालाई १२०० क्यालोरी इनर्जी दैनिक जरुरत हुन्छ। शरीरको तापक्रम व्यवस्थापन गर्न र जीवित राख्ने  रक्त सञ्चार,  श्वास प्रश्वास,  मुटु, फोक्सो, कलेजो, मिर्गौला दिमाग आदि स्वचालित गर्तिबिधिहरुमा लगभग ७० प्रतिशत इनर्जी सकिन्छ। ५ देखि १० प्रतिशत पाचन प्रक्रियामा र अन्य भौतिक गतिविधिमा लगभग २० प्रतिशत खर्च हुन्छ।

 

खाने खानाबाट (८%) र पिउने पानीबाट (२%) गरी मानिसको शरीरमा खपत हुने मध्धे मात्र १०% इनर्जी खानपान बाट पूर्ति हुन्छ। बॉकि ९०% इनर्जी अक्सिजनबाट आउने गर्छ। केसीकामा हुने मेटाबोलिजममा अक्सिजन बाट ९०% इनर्जी आउने हुँदा, शरीरको दैनिकी लाई जरुरी भन्दा बढी हुन जाने केसीकामा पुगेको मात्र १ ग्राम ग्लुकोज खर्च गर्न मानिसले लगभग १५ मिनेट हिँड्न पर्ने हुन्छ। यहाँबाट प्रस्ट हुन्छ कि तन्दुरुष्तिमा थोरै सन्तुलित आहार, अनि धरै अक्सिजन र त्योभन्दा पनि क्रिटिकल अर्कै तेस्रो पक्ष रहेको छ।

 

स्नायु प्रणालीमा निउरोनले नयाँ परिस्थिति अनुकूल कार्य गर्ने र आफ्नै आन्तरिक परिवर्तन गरी शरीरको जरुरी गतिविधिहरू  सुचारु गर्ने क्षमता लाई प्लाष्टिसिटी भन्ने गरिन्छ। परिवर्तित परिस्थितिमा समेत नेउरोन-निउरोन जोडिने बिन्दुमा आवश्यक परिवर्तन गरी एकआपसमा सूचना आदानप्रदान गर्न सक्क्षम रही रहने स्नायु प्रणालीको क्षमतालाई स्न्याप्टिक प्लाष्टिसिटी भनिन्छ।

 

सन्तुलित आहारले शरीरको सामान्य तन्दुरुष्ति दिन सहयोग गर्छ । वनस्पतिमा आधारित हर्बल, जडीबुटी लगायतका खानामा पाइने पोली-फिनोलहरु मानव शरीर तन्दुरुस्त राख्न स्नायु प्रणालीको प्लाष्टिसिटी अभिवृद्धि गर्ने अमृतमय शक्ति बोकेको हजारौँ  सूक्ष्म तत्वोहरु रहेको भेटिएको छ। स्नायु प्रणालीको प्लाष्टिसिटी क्षमता अभिवृद्धि गर्ने पोली-फिनोलहरु शरीरलाई खाना मार्फत उपलब्ध गराउने सन्दर्भमा आयुर्वेदिक खाना संसारकै नयाँ आकर्षणमा पर्न गएको छ।

 

त्यसमा पनि हरियो सागसब्जीमा पाइने पोलिफिनोलहरु स्नायु प्रणालीको स्न्याप्टिक प्लाष्टिसिटी क्षमता अभिवृद्धि गर्ने अचुक अमृत भेटिएकाले संज्ञानात्मक र मानसिक स्वास्थ्यको व्यवस्थापन का लागि प्रत्येक छाकमा कम्तीमा हरियो परियो सागसब्जी समावेश गर्न जोड दिइएको हो।

 

(घिमिरे क्यानडा निवासी खाद्य वैज्ञानिक हुन् ।)

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE