मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैदिक ज्ञान र व्यवसाहिक उत्कृष्टता

नारायण घिमिरे

वैदिक ज्ञान हाम्रा हाम्रो रैथाने परम्परागत कौसलता र कार्य शैली हो। वैदिक ज्ञानले दिने कौसलता हाम्रो आगामी पुस्ताको आवश्यकता पूर्ति गर्न सक्क्षम व्यवसाहिक उत्कृष्टता प्राप्त गर्न अनिवार्य जस्तै बनिसकेको खबर नेपाली व्यवसाहिहरु बिच एउटा नयाँ अश्चार्यको विषय बन्न सक्छ। संस्था वा निकायको संस्थागत स्मृतिमा रहेका उत्कृष्ट ज्ञान, विज्ञान र प्रविधिको सहयोगमा संसारमै आफ्नो लोभलाग्दो संस्थागत कुशलता स्थापित गरिरहेका अन्तर्राष्ट्रिय जगतका हालका व्यवसाहिक घराना हरूको लागि यो खबर न त कुनै आश्चर्य को न पुन: प्रमाणित गरिरहनु पर्ने विषय बनेको दसकौ बनिसकेको छ।

 

मानव सभ्यताको विकास सँगै मानिसले नियमित नयाँ नयाँ कुशलताको प्राप्तिबाट विकास कार्य सुचारु गरी समय सापेक्ष व्यवसाहिक उत्कृष्टता हासिल गर्दै आएको हो। या त स्व-संवेदनामा या निजी तथा सामाजिक इच्छाहरूको पूर्तिको माध्यमबाट आनन्द प्राप्त गर्न जरुरी हुने ज्ञान, बस्तु वा सेवाको उत्पादन र पूर्तिमा सहयोगी हुने सक्क्षम व्यवसाय पहिचान, छनौट र सञ्चालन गरी व्यवसाहिक घरानाहरूले मानिस र समाजलाई उत्कृष्ट ज्ञान, बस्तु वा सेवा पूर्ति गर्ने गरेको बर्षौ भई सक्यो।

 

हजारौँ हजारौँ वर्षदेखि आफ्ना व्यवसाहिक कौसलताले तत्कालीन विकासशील इच्छाहरू पूरागर्दै आजको अवस्थामा आइपुगेको हो मानिस। आउने हजारौँ वर्षको लागि जरुरी हुने व्यवसाहिक उत्कृष्टताको खोजी अभियानमा पनि मानिस सुचारु रूपमै लागिपरेको छ।

 

कुनै पनि कार्यमा उत्कृष्टता पाउनु भनेको त्यस कार्यमा सिद्धता प्राप्ति हो। आफ्नो काम वा कर्म प्रति लगनशील र प्रतिबद्ध रहेर मानिसले उत्कृष्टता वा पूर्णता हासिलगर्न सक्छ भन्ने मान्यता निकै पुरानो हो। विज्ञानको सहयोगमा मानिस आफ्नो काम वा कर्म प्रति कसरी लगनशील र प्रतिबद्ध बन्न सक्छ भनी विभिन्न समयमा विभिन्न व्यवहारिक सिद्धान्त र मान्यताहरू विकास भएको छ। अध्यात्मिक ज्ञानमा उत्कृष्टता वा सिद्धता प्राप्ति लाई इश्वोरको प्राप्ति मानिएको छ। उदाहरणका लागि भागवत गीताका अनुसार परमेश्वर प्राप्त गने सरल तरिका भनेको आफ्ना सबै कामहरूमा उत्कृष्टता ल्याउनू हो।

 

विज्ञानले उपलब्ध मध्धे उच्चतम सम्भावना बोकेको क्षमताको स्तरलाई उत्कृष्टता मान्ने गर्छ। स्व-धर्ममा रहनु र आत्म-आचारमा विचलन हुन नदिई व्यवसायको मूल्य र मान्यताको परिधि भित्र रहनु लाई गुणस्तर युक्त समीकरण भनिन्छ। तत्कालीन परिस्थितिको व्यवाहारिकतामा सम्भव हुने उच्चतम बिन्दुको गुणस्तर युक्त समीकरण लाई उत्कृष्टता मान्ने गर्छ वैदिक मान्यता।

 

रिग वेदका अनुसार उत्कृष्टताको प्राप्तिको लागि वेवसायमा संलग्न व्यक्तिहरू बिच साझा दृष्टि, सार्वभौम भाईचारा, समुचित समृद्धिको नियत बोकेको व्यवसाहिक तथा नैतिक नियमहरू अवलम्बन गरिनु पर्छ। व्यवसाहिक उद्देश्य प्राप्तिको लागि गरिने हरेक प्रयासहरु लाई व्यवसायले  अनिबार्य मानवताको प्रतीकको रूपमा ग्रहण गर्नु पर्छ। व्यवसाय सञ्चालन बाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पुर्याऊने कर्मचारीहरू, ग्राहकहरू, आपूर्तिकर्ताहरू, शेयर धारकहरू, छिमेक, समाज र अन्य सबै हितधारक पक्षको उचित र प्रासंगिक आवश्यकता र चासोहरूको सन्तोषजनक र सन्तुलित समाधान खोज्न सक्क्षम नीति अवलम्बन गर्नु जरुरी छ।

 

उत्कृष्ट वेवासायले आफ्नो मानव संसाधनको सम्भावित दक्षताको पूर्ण सदुपयोगमा सदैव ध्यान केन्द्रित गरेको हुन्छ। मानव संसाधनको सशक्तीकरण, सिप मानकीकरण, साझा मूल्य विकास, आपसी भाइचारा र विश्वासको प्रवर्धनको माध्यमबाट मानव संसाधनको दक्षताको अधिकतम  सदुपयोग गर्न सकिने स्थिति रहन्छ। वेवासाय भित्र क्षमतावान, मेहनती र कर्मनिष्ठ मानव संसाधनको उच्च कदर हुने तथा काम चोर प्रवृत्ति पूर्ण निरुत्शाही हुने प्रणाली स्थापित हुनु जरुरी हुन्छ । गुणस्तर युक्त समीकरण तथा दक्ष र नैतिक मानव संसाधन बिना वेवासाय बाट दुरगामी लाभ, आनन्द र समृद्धिको आशगर्नु अचम्म लाग्दो अप्राकृतिक महत्वोकंक्षा हो।

अनुसन्धान लाई विज्ञानले विभिन्न तहमा राखेर हेर्छ। एकेडेमिक वा सैद्धान्तिक खोज जसमा आउने सम्भावित निष्कर्ष केमा सदुपयोग गर्ने भन्ने सोचाइ हुँदैन। अर्को पहिचान गरिएको समस्या सुल्झाउने उद्देश्यले गरिने एप्लाइड वा व्यावहारिक खोज। सफलता प्राप्त गरेका सबै व्यावहारिक अनुसन्धानका नतिजा हाताहाती प्रतिफल दिने प्रकृतिका वा तत्काल व्यावसायिकीकरण गर्न सकिने अवस्थाका रहन्नन।

 

कतिपय अवस्थामा व्यावहारिक अनुसन्धानका नतिजा व्यावसायिकीकरण गर्न त सकिने तर इच्छाएको स्तर प्रतिफल दिने अवस्थाका भेटिन्नन। नेपालमा एकेडेमिसियन र टेक्नोक्र्याट हरुले अब्बल भनी दाबी गर्ने पब्लिक–प्राइभेट पार्टनर सिप मोडलको लगभग एक हजार डलर मूल्य बराबरको व्यावहारिक अनुसन्धानको निष्कर्षलाई व्यावसायिकीकरण गर्न एकदेखि १० मिलियन डलरसम्म लाग्छ। तैपनि त्यो व्यावसायिकीकरणले  लगानी उठाउँछ भन्ने निश्चितता दिँदैन। उक्त परिमाणको खर्च न आजको दैनिक परिवर्तनशील बजार प्रणालीले धान्न सक्छ, न त विश्व मै व्यावहारिक छ ।

 

विज्ञानले बौद्धिक ज्ञानको प्रगाढ प्रभावमा विकसित गरेको को–क्रिएसन अथवा स्वोअस्तित्वोको मोडलबाट एक हजार डलर मूल्य बराबरको व्यावहारिक अनुसन्धानको निष्कर्षलाई एक हजार डलर मूल्य हाराहारीकै लगानीमा व्यावसायिकीकरण गर्न सक्क्षम अवस्थाको सिर्जना गर्न सकेको छ। त्यसरी सक्षम बनेका संस्थालाई इनोभेटिभ कम्पनीका नाममा चिन्न सकिन्छ। विज्ञानले यो अवधारणा लाई  लिन–सिक्स–सिग्मा  कल्चर भनी चित्रण गर्ने गर्छ। जुन उत्कृष्ट व्यावसायिक घरानाको लागि जरुरी हुने गुणस्तर युक्त समीकरणको लागि बौद्धिक ज्ञानले सुझाएको व्यवहारिक निचोड नै हो।

 

गुणस्तर युक्त समीकरणमा सुझाए जस्तै लिन–सिक्स–सिग्मा कल्चरमा क्रस फङ्सनल टिमको सहभागितामा मूलक स्वोअस्तित्वोको मोडलले तत्कालीन अवस्थामा उपलब्धमध्ये सबैभन्दा सस्तो तर सबैभन्दा उच्च गुणस्तरमा अनुसन्धानका निष्कर्षलाई व्यावसायिकीकरण गर्ने ग्यारेन्टी गर्छ। कुनै पनि प्रोसेसको नन–भ्यालुएडेड अथवा गुणस्तरीय सेवा वा उत्पादन दिने नियतमा कुनै महत्त्व नरहेको गतिविधि वा व्यक्ति लाई प्रोसेस बाट बिदा गर्ने प्रविधि लाई “लिन“ भनिने गर्छ। बस्तु वा सेवाको डिफेक्टिभ (कमसल) उत्पादन नै पैदा हुन नसक्ने गरी व्यवसायको गतिविधि लाई गुणस्तरीय डिजाइनबाटनै नियन्त्रण गर्ने काइदा लाई “सिक्स–सिग्मा” भनेको छ।

 

एक अनुमानमा आज नेपालमा उत्कृष्ट पब्लिक–प्राइभेट पार्टनर सिप मोडल लागु गरी सञ्चालनमा रहिरहेको विश्वास गर्ने व्यवसाहिक घरानाहरूको प्रत्येक एक मिलियन सञ्चालन खर्चमा कम्तीमा दुई लाख नन-भेलु एडेड दाहित्वो वा जरुरी नै नरहेको गतिविधिमा खर्च रहिरहेको छ। भनिन्छ सरकारी र अर्ध-सरकारी स्वमित्वोको व्यवसायमा उक्त खर्च आधा मिलियन भन्दा माथि छ। व्यवसायलाई तथ्यमा आधारित रहेर आउँदो पुस्ताको आवश्यकता अन्दाज गर्न सकक्षम बनाउने र नयाँ पुस्ताको मागले परिवर्तन गर्ने बजार मागकै परिधिमा आफ्नो सेवा र उत्पादनको परिवर्तनमा रहनु पर्ने हाम्रा व्यवसाहिक घरानाहरू हालकै सञ्चालन खर्चमा रहेका नन-भेलु एडेड गतिविधि र प्रणालीले थपेको अनावश्यक दाहित्वोका कारण अन्तर्राष्ट्रिय बजार प्रतिस्पर्धामा खरो उत्रन सकिरहेका छैनन्।

 

आफ्नो कारोबार सञ्चालनमा रहेका नन-भेलु एडेड दाहित्वोको पहिचान गरी त्यसबाट छुटकारा लिन र बदलिँदो बजार माग अनुसार आफ्ना व्यवसायका  सेवा तथा उत्पादनलाई परिवर्तन गर्न सक्क्षम बनाउन हाम्रा ठुला व्यवसाहिक घरानाहरूले संसारमै लोभलाग्दो संस्थागत कुशलता स्थापना गर्न सकिरहेका अन्तर्राष्ट्रिय व्यवसाहिक घरानाहरूले जस्तै वैदिक ज्ञान र कौसलता बाट प्राप्त गर्न सकिने व्यवसाहिक उत्कृष्टता तर्फ ध्यान पुर्‍याउन संदर्बिक बनेको छ।

 

(लेखक घिमिरे लिन-सिक्स–सिग्मामा मास्टर ब्ल्याक बेल्टको उपाधि हासिल गरेका क्यानाडामा कार्यरत खाद्य वैज्ञानिक हुन्।)

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE