मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

पर्सि नयाँ दिल्ली आएकै दीन छलफल गर्न मोदीले नेपालको विषयमा विशेष बैठक बोलाए

काठमाडौ, ११ असोज । दुई पटकको नेपाल भ्रमणबाट नेपाली जनतामा सकारात्मक छवि बनाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्लो समयमा नेपालमा लागेको अघोषित नाकाबन्दीका कारण गुम्दै गएको छवि बचाउन नयाँ सुत्रको खोजीमा जुटेका छन । पर्सि नयाँ दिल्ली फर्किने मोदीले आएसँगै नेपालको विषयमा छलफल गर्न विशेष बैठक बोलाएका छन। ‘ सर्प पनि मरोस लाठि पनि नभाचियोस’ भन्ने सोचमा रहेका मोदी आफूले नेपालमा बनाएको छविमा पनि कुनै प्रतिकुल प्रभाव नपरोस र नेपाल –भारतवीचको सम्बन्ध पनि अझै उचाईमा पुगोस भन्ने सुत्रको खोजीमा रहेको उच्च स्रोतले जानकारी दिएको छ ।
अमेरिकामा रहेका मोदीले अहिले सामाजिक सञ्जालमा आईरहेका आफू विरोधी कुराहरु र नेपालमा भईरहेका घटनाहरुलाई बाच गरिरहे पनि अहिलेसम्म केही बोलेका छैनन ।स्रोतका अनुसार ब्यूरोक्रेसीको आखाँले नेपाल भारत सम्बन्ध हेर्दा सम्बन्धमा चिसो पन आएको उनले अब नयाँ दिल्ली आएपछि राजनीतिक तवरबाट हल गर्ने प्रयास गर्ने छन ।
दुई पटकको नेपाल भ्रमणमा आउँदा मोदीले संविधान निर्माण र नेपालको विकासमा देखाएको सकारात्मक सुझाव र नागरिकसँग प्रत्यक्ष अन्र्तक्रिया गरेर अहिलेसम्मकै भारतीय नेताहरुमा उच्च छवि बनाएका थिए ।संविधानको विषयलाई लिएर आपत्ति जनाउने, मधेसी दलहरुलाई खुल्ला समर्थन गर्ने र अघोषित नाकाबन्दी लगाउने जस्ता कार्यले अहिले मोदीका पुत्ला जल्न थालेको छ भने जनताहरु उनको पछिल्लो ब्यवहारमा आक्रोस ब्यक्त गर्न थालेका छन । यसले मोदीको नेपाल छवि ओरालो लागेको छ ।
स्रोतले भन्यो–मोदी बोलेका छैनन तर नेपालको विषयमा अपडेट छन उनलाई सबै घटनाक्रमको जानकारी छ ।तत्काल नेपालमा रहेको अघोषित नाकाबन्दी हटाएर केही बोले ब्याक भए जस्तो देखिने भएकोले उनी ब्याक भएको जस्तो पनि नदेखिने र नेपालकासँगको सम्बन्ध पनि कायम रहने नयाँ सुत्र खोज्न ब्यस्त रहेको बताईएको छ । स्रोतले मोदी भारत नआई समस्याको समाधान नहुने दावी समेत गरेको छ ।मोदी नेपालमा रहेको छवि बचाउन मात्रै सक्रिय भएका होईन । भारतमै पनि उनलाई विपक्षी दलहरु र बुद्धिजीविहरुले लेख र विभिन्न माध्यमबाट आलोचना गरिरहेका छन । उनीहरुले मोदीको छिमेकी सँगको राम्रो सम्बन्ध बनाउने कुरा असफल र ढोगी पूर्ण भएको भन्दै आलोचन गर्न थालेका छन । यसबाट बच्न पनि उनी नयाँ सुत्रको खोजीमा लागेको बताईएको छ।

यसै बिच नेपालमा भारतले गरेको नाकाबन्दी र आन्तरिक हस्तक्षेप विरुद्ध भारतीय बलिउडका कलाकार अनुपम खेर ले आपत्ती जनाएका छन् ।

anupam
नेपालमाथिको भारतीय सरकारको रवैयाप्रति भारतीय अभिनेता अनुपम खेरले नेपालप्रति नाकाबन्दी गर्नु भारतका लागि लाजमर्दो भएको बताएका छन । ‘नेपाल एउटा यस्तो देश हो, जसले भारतको रक्षाका लागि आफ्ना बहादुर युवाहरुलाई इन्डियन आर्मीमा पठाएको छ’ अभिनेता अनुपम खेरले ट्वीटरमा लेखेका छन् ‘आज हामी त्यही देशलाई संकटमा पार्दैछौ, यो लाजमर्दा कुरा हो ।’

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE