मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

के रहेछ  मृत्यु ?

नारायण घिमिरे

भनिन्छ संसारमा जन्मिए पछि मृत्यु अनिवार्य छ, जुन संसारको नियम हो। विज्ञानका अनुसार जुन जुन एकल कोष जीव आज पृथ्वीमा अस्तित्वमा भेटिन्छ तिनीहरूले आज भन्दा ३ अरब वर्ष पहिले  आफ्नो जीवन सुरु गरेका थिए। विज्ञानकै अनुसार आज हाम्रो सरिरमा रहेका कोशहरू समेत आज भन्दा ३ अरब वर्ष पहिले देखि अस्तित्वमा थियो। साथै निकै लामो समय सम्म विभिन्न रूपमा अस्तित्वमा रही रहने छन। यही आधारमा कतिपय मानिस संसारमा जन्मिए पछि मृत्यु हैन आफ्नो चोला परिवर्तन अनिवार्य छ भन्ने तर्क सँग सहमत हुने गर्छन्।

 

मानिस र जनावर जस्ता बहु-कोशमय जीवहरू जस्तो एकल कोश जीवहरू जन्मने र मर्ने गर्दैनन भन्ने यथार्थ जीवन र मृत्यु बारे आफ्नो धारणा बनाउँदै गर्दा मानिसले नजरअन्दाज गर्ने गरेको भेटिन्छ। एकल केशिकाको स्तरमा एक कोशले अर्को कोशको जन्म दिने गर्दैन। बरु एक कोश विभाजन भएर दुई र दुई  बाट चार गरी नयाँ कोशहरू को निर्माण हुने क्रम लगातार अगाडि बढ्ने गर्छ। एउटा केसीका विभक्त भएर दुई केसीका बन्ने क्रममा एउटा तन्नेरी र अर्को बुढो पनि हुने गर्दैन। विभाजन पछिका दुवै सेल जवान ताजा सेल मानिन्छ। नयाँ सेल अस्तित्वमा आउँदा पुरानोको अस्तित्व सकिने हाम्रो पुरातन वादी मान्यताका कारण एक एकल कोश विभाजन भएर दुई एकल कोश बन्दासाथ पुरानो मरेको निष्कर्षमा हामी पुग्ने गर्छौ। जहा, नयाँ एकल कोश बन्ने क्रममा पुरानो एकल कोष मरेको भन्नु अपूर्ण हुन्छ। नयाँ  बन्दै गरेका दुई सेलहरूले पूर्ण नयाँ जीवनको सुरुवात गरेको तर्क समेत सम्पूर्ण सत्य मान्न सकिँदैन।

 

जीवन के हो ? मृत्यु के हो ? जीवन र मृत्यु बिचको फरक खुट्टाउन सकिने पातलो धर्का के लाई मान्ने? सायद यो बिन्दु वरपर पुगेर गरिने गहिरो खोजीले मृत्यु बारे गहिरिएर बुझ्न केही मद्दत पुर्याऊन सक्छ।

 

त्यसो त एकल कोशिय जीवहरूमा मात्र हैन बहु-कोशमय जीवहरूका समेत एउटा कोशिका विभक्त भएर दुई कोशिका बन्ने क्रममा विभाजन पछिका दुवै सेल विभाजित हुँदै गरेको सेलको तुलनामा झन् जवान र ताजा रहने गरेको भेटिन्छ। सेल विभाजनको क्रम अनन्त सम्म कायम राख्न सक्दा सेललाई जीवन्त राख्न सकिने आश्चर्य नयाँ पुस्ताको ठुलो चाखको विषय पनि रहेको छ।

 

आफू बहु-सेलुलर संरचना युक्त अङ्ग-प्रत्यंग बाट बनेको पत्तो पाएको मानिसले भविष्यमा आफूलाई दीर्घ जीवी बनाउने प्रयास अन्तर्गत आफ्ना शरीरका विभिन्न भागमा सक्रिय रहेका ती सेलका कोलोनी लाई अनिश्चित कालसम्म सक्रिय कायम राख्नु तर्फ भन्दा प्रजनन मार्फत प्राप्त एकल सेल विभाजित गरी ती सेलबाट नयाँ सेलको कोलोनी सिर्जना गर्ने र पुरानो कोलोनी लाई नयाँ ताजा कोलोनीले प्रतिस्थापन गर्ने रणनीति बनाई रहेका छन्। जसको  मुख्य कारण हो प्रजनन मार्फत तैयार गरिएको नयाँ संरचना, सम्भार मार्फत जोगाइएको पुरानो संरचना भन्दा अतुलनीय रूपमै धेरै लचिलो, बलियो र दीर्घजीवी बन्ने गर्छ।

 

प्रजनन मार्फत बनेका ताजा रूपमा स्टिम सेल विभाजन मार्फत बनेका सेलहरूबाट बनेका अङ्गहरू सफा स्लेटरूपी सेल निर्मित मात्र रहने छैनन्। ती स्लेटरूपी सेलहरूले थोरै फरक ताजा जिन बोकी लामो समय सम्म दिने सन्तोषजनक बायोटेक्नोलोजीकल भूमिकाले मानिस लाई स्वस्थ र दीर्घ जीवी बनाउने धेरै सम्भावना बोकेको छ।

 

प्रजनन मार्फत बनेका नयाँ सेलहरू किन विभाजन मार्फत बनेका सेलका तुलनामा बढी लचिलो, बलियो र प्रभावकारी भूमिका दिन सक्ने हुन्छन् भन्ने बारे विज्ञानको आफ्नै निचोड छ। जस अनुसार, जटिल संरचनागत कोलोनीमा रहेर काम गरेका सेलहरूले जीवका अङ्गहरूमा रहेर काम गर्ने क्रममा आफ्नो जीवनकालमा अरबौँ त्रुटिहरू गर्ने र समस्याहरू पैदा गर्न पुग्छन्।त्यस्ता त्रुटिहरूले पैदा गर्ने समस्याहरू जब देखिन्छन्, शरीरले तुरुन्तै आफ्नो आन्तरिक सेल्फ हिलिङ्ग प्रक्रियाबाट समाधान पनि गर्ने गर्छ। सेलका त्रुटिहरूका कारण उत्पन्न समस्या निकै छिटो आन्तरिक सेल्फ हिलिङ्ग प्रक्रियाबाट समाधान गरिने निश्चित रहँदा रहँदै कतिपय अवस्थामा भने समाधान बिनै सरिरका गतिविधिहरू अगाडी बढिदिन्छ।

 

उक्त अबस्थामा सेलले आफ्नो स्मरणको रूपमा त्रुटि युक्त सूचनाहरू सरिरका गतिविधिहरू सुचारु रुपमा अगाडी बढाउन जरुरि सूचनाकै रुपमा सङ्कलन गर्ने गर्छन्। कतिपय अवस्थामा स्मरणमा रजिस्टर्ड रहेका त्रुटि युक्त सूचनाहरूका कारण नियमित गतिविधि संचालन रहेकै अबस्थामा समेत त्रुटिका सन्देशहरू प्रवाह हुने र प्रणालीको प्रभावकारिताले नै सम्झौता गर्न पुग्ने अवस्था निम्ताई दिन्छ।

 

विभाजन मार्फत बनेका सेलहरूमा पुरानो बाट नया सेलमा ती त्रुटि युक्त सन्देश सम्प्रेषण र प्रवाह गर्ने कोडहरू समेत हस्तान्तरित हुन्छन्। प्रजनन मार्फत निर्माण हुने सेलहरूमा भने दुई भिन्न श्रोतका सेलहरू मिसिने क्रममा त्रुटि युक्त कोड संवाहक सेलहरू पुनर्निर्माण वा नयाँ प्रतिस्थापन मार्फत हटाइने हुँदा विभाजन मार्फत बनेका सेलका तुलनामा बढी लचिलो, बलियो र प्रभावकारी बन्न पुग्छ।

 

वैज्ञानिकहरूले शारीरिक रूपमा मानिस किन बुढो हुन्छ र मृत्युको सँघारमा पुग्छ भन्ने प्रश्नमा मुख्य तय दुई आधार दिने गरेको भेटिन्छ। पहिलोमा कालान्तरमा सञ्चय गरेको जैविक दोषहरूको कारण नियमित कार्य हरूका कारण सेलहरू थकित र जीर्ण बन्दै जाने। असुरक्षित र अस्वस्थ खान-पान, श्वास-प्रश्वास र जीवन पद्धतिले दिने असर। सांसारिक थर्मोडायनामिक अवरोध, आणविक र यूभि जस्ता विकिरणका प्रतिकूलता। ब्याक्टेरिया, भाइरस जस्ता जीवाणुहरूको सङ्क्रमण। विविध रोग र तिनका उपचार पद्धतिले सेलमा पुराउने क्षति। आदिले बिस्तारै तर अनिवार्य रूपमा डिएनए, प्रोटिन, सेलको संरचना, र न्युरोनहरूमा पुर्‍याउने नोक्सानी मानेको छ।

 

दोस्रोमा भने प्राकृतिक रूपमै शरीर आफै बुढो हुँदै जाने एजिंग प्रक्रिया भएको वताऊछ। जसरी एउटा व्यस्त सहरहरू यातायात, कारखाना, पावर प्लान्टहरू, र फोहोर हटाउने ट्रक आदिको भिडभाडले भरिएको हुन्छ, हाम्रो शरीरको प्रत्येक कोषको भित्र विभिन्न प्रोटिन बाट बनेका पेप्टाईड, एमिनो एसिड, इन्जाइम आदिको भिड भाड रहन्छ। जसले खानाको मेटाबोलिज गर्न, मेटाबोलिजमा उत्पन्न हुने फोहोर बाहिर निकाल्न र डिएनएको मर्मत संहार गर्न सघाऊछ। प्रोटिन – प्रोटिन मिलेर बनेको दरिलो डोरी शरीरलाई जरुरी हुने पदार्थहरू एक ठाउँ बाट अर्को ठाउँमा लाने कार्गो जस्तो काम गरिरहेका हुन्छन्। निरन्तर आफ्नो  व्यवसायमा तल्लीन हुने यी मेसिन वरिपरि हजारौँ पानीका अणुहरू रहन्छन। जससँग हरेक सेकेन्डमा एक ट्रिलियन भन्दा धेरै पटक यिनीहरू एक आपसमा ठोकिने गर्छन्।

 

ठोकिने क्रममा अत्यन्त अराजक र भद्रगोल परिस्थिति बिच कोशिकाका प्रोटिनहरू पानीसँग पौठेजोरीमा उत्रन्छन। ठोकिदा प्राप्त हुने ऊर्जाले कोशिकाहरूलाई नियन्त्रित रहेर काम गर्न जरुरी हुने शक्तिको पूर्ति गरिदिन्छ। सरिरमा कोशिकाहरूलाई जरुरी शक्तिको पूर्ति हुने क्रममा सेलले प्राप्त गर्ने पटक पटकको तनावको कारण लामो समयमा कोशिका आफै कमजोर भई थोत्रन जान्छ। फल: बुढ्यौली लाग्ने गर्छ। जसमा बुढ्यौली हुनुको कारण बाइलोजिकल भन्दा पनि भौतिक देखिन्छ।

 

शरीरले तन्तुहरूमा मरेका वा जीर्ण बनेका, काम नलाग्ने सेल विभाजन मार्फत पुनर्निर्माण वा नयाँ प्रतिस्थापन गर्ने गर्छ। जन्मजात बाइलोजिकल संवेदनाको हिसाबमा उक्त सेलमा सीमित विभाजनको क्षमता निर्धारित हुनुको विकल्प रहँदैन। जसले गर्दा हाम्रो शरीर भित्र काल्पनिक मास्टर घडी जडित हुन पुग्छ। सीमित क्षमताका कारण हरेक सेलको सक्रिय जीवनको घण्टा गणना भैदिने गर्दछ।

 

निकै विवादास्पद बनेको एक मान्यतामा डिएनएमा टेलोमरस नामकरण दिइएको एक टुक्रा रहने गर्छ। प्रत्येक चोटि जब सेल विभाजित हुन्छ, उक्त टेलोमरस निश्चित नापमा छोटो हुँदै जान्छ। यसरी यसले आयु मापन गर्ने मास्टर घडीको काम गर्ने गर्छ। जति जति टेलोमरस छोटो हुँदै जान्छ उति बुढेसकालले च्याप्दै लान्छ।

 

तिस वर्षको उमेर काटेपछि प्रत्येक सात वर्षमा मृत्युको जोखिम दोब्बर हुने ठानिने मानिसको प्राकृतिक मृत्यु वरणको मूल कारणमा नियमित एजिङ्ग प्रक्रिया, कालान्तरमा सञ्चय गरेको जैविक दोषहरू, थर्मल तनावले कोशिकामा पुर्‍याउने क्षति, माइटोकन्ड्रियामा हुने मेटाबोलिजम गडबडीमा पैदा हुने रेडिकलहरू बाट निम्तिने जोखिम, रेडिएसन आदि बाट डिएनएमा पुग्ने नोक्सानी आदिको पृष्ठभूमि पनि धेरै हद सम्म जिम्मेदार रहेको ठान्दछ बिज्ञान।

 

हुनत मृत्युको कारण पहिचान गर्दैमा मृत्यु के हो भन्ने प्रश्नको सहज उत्तर मिल्दैन। यसको लागि एउटा केसीका विभक्त भएर दुई केसीका बन्ने क्रममा विभाजन हुने क्रममा न त एकल कोश मरेको न त बन्दै गरेका दुई सेलहरूले नयाँ जीवनको नै सुरुवात गरेको हुन्छ भन्ने बिन्दुमा फर्कन पर्ने हुन्छ।

 

बहु-सेलुलर जीवहरूमा समागम हुँदा जर्म सेल बाट बनेको वीर्य र डिम्बको मिलन बाट जाइगोट बन्छ। उक्त जाइगोट नै कालान्तरमा ईम्ब्रियो र साल नालको रूपमा विकास हुने गर्दछ। ईम्ब्रियोका सेलहरू शरीरको सबै प्रकारका सेलहरू बनाउन सक्ने क्षमता राख्छन। प्रजननमा संलग्न हुने डिम्ब र शुक्राणुको कोशिकाहरू बन्ने सेलहरू लाई जर्म सेल भनिन्छ।

 

आफ्ना दुवै अभिभावकबाट प्राप्त जोडी क्रोमोजोम रहेको कोशिकाहरू जसबाट डिम्ब र शुक्राणुको कोशिकाहरू बन्दैन त्यस लाई सोमेटिक सेल भनिन्छ। सोमेटिक सेल बाट शरीरका अङ्गहरू जस्तै छाला, हड्डी, रगत, मुटु आदि बन्ने गर्छ। सोमेटिक सेल बाट मानव सरिरमा सबैभन्दा पहिले बन्ने अङ्ग मुटु हो। माइटोसिस मार्फत असीमित रूपमा विभाजन हुन सक्ने कोशिकाहरू लाई स्टिम सेल भनिन्छ। स्टिम सेलले शरीरका विभिन्न अङ्ग जस्तै मांसपेशी कोष, रक्त कोष, वा न्युरल आदि सेलको नव नवीकरण तथा परिवर्तन गर्न सक्दछ।

 

पोषण युक्त खाना, हावा, पानी र स्वस्थ जीवन शैली मानिसका अनिवार्य आवश्यकता रहन्छन। ईम्ब्रियोका सेलहरू रसिला फलफुल, ताजा तरकारी, नापिनेको गेडागुडी, डेरी प्रडक्ट, मुङ दाल, बदाम, ओखर, छोकडा, फिग, किसमिस, कुरिलो, ब्रोकाउली, चामल, घिउ, ज्वानो, जिरा, कालो जिरा, बेसार, धानिया, उरद दाल, सोंप, दालचिनी, सुकुमेल जस्ता मसला आदिको सेवन बाट बढ्ने गरेको भेटिन्छ। त्यस्तै कुरिलो, काउसोको गेडा, अर्स्वोगन्धा, धुङ्ग्रि फुल आदिको सेवन बाट ईम्ब्रियोका सेल हरूमा तन्दुरुस्ती थपिएको भेटिन्छ।

 

बिरुवाले वातावरण बाट कार्बनडाई अक्साइड र जमिनबाट पानि लिएर क्लोरोफिलमा प्रकाशको किरण बाट पर्याप्त शक्ति पाएर बनाउने ग्लुकोज बाट मानिसको शरीरले इम्ब्रियो सेल बनाउने क्षमता प्राप्त गर्छ। वायुमण्डलीय कार्बन डाइअक्साइडका अलावा जमिन बाट प्राप्त पानी, मल र अन्य पदार्थ समेतको उपयोगमा फोटोसेन्थेसीस प्रक्रियामा ३ टन कार्बनडाई अक्साइड बाट २.१ टन ताजा अक्सिजन वातावरण लाई फिर्ता गर्ने गर्छ।

 

सूर्यको सेतो प्रकाश हामीले देखिने ७ रङ्गहरू मिलेर बनेको हुन्छ। बिरुवाको पातमा रहने क्लोरोफिलको मलिकुलले सातरंग मध्ये निलो र रातो लाईट सोसी ईनर्जीका लागि चाहिने खाना बनाउने गर्छ। त्यस्तै कतिपय बिरुवा को फलमा हुने केरेटिनोईड पिगमेन्ट (जस्तै गोलभेँडाको लाईकोपिन, मकैको जियोजेन्थिन, सुन्तलाको फलको बोक्राको बिटा केरोटिन आदि) ले सूर्यको किरणबाट भोइलेट (बैजनी) र निलो-हरियो लाईट लिएर आफूलाई आकर्षक रूपमा परिवर्तन गर्छन् ताकी किरा आदि आकर्षित हुन। फल खाउन र बिउ अन्यत्र पुगोस् र आफ्नो वंश बिस्तार कायम रहोस्।

फोटो सिन्थेटिक प्रक्रियाको लागि औसत ८ वोटा (निलो र रातो) फोटोंन लाइटको जरुरी हुने मानिन्छ। ८ फोटोंन प्रकाशको किरण भनेको लगभग ३८१ किलो क्यालोरी हुन आउँछ । एउटा कार्बन डाइअक्साइडलाई ग्लुकोजमा परिवर्तन गर्न मात्र ११४ किलो क्यालोरी जरुरी पर्छ। सूर्य बाट क्लोरोफिलले प्राप्त गर्ने इनर्जी बाट वनस्पतिको शक्तिको जरुरत पर्छ। तिनै वनस्पति बाट प्राप्त हुने खानाबाट क्लोरोफिल बाट शक्ति सञ्चय गर्न नसक्ने जीवहरू को लागि जरुरी शक्तिको पूर्ति हुने गर्छ।

विज्ञानका अनुसार सैद्धान्तिक रूपमा मात्र ३०% इनर्जी बिरुवा र जीवको लागि प्रयोग हुने शक्तिबर्धक खानामा परिवर्तन भएको देखिन्छ। जुन प्रयोगशालामा  उच्चतम मात्र २५% मात्र सदुपयोग भएको पाइएको छ। यसरी प्राप्त शक्ति पनि बिरुवाको श्वास-प्रश्वास र दैनिक गतिविधि सञ्चालनमा जरुरी हुने हुँदा सूर्य बाट प्राप्त प्रकाशको शक्तिको औसत १% मात्र बायोमास अथवा शरीरको भाग बन्न प्रयोग हुने गरेको पाइन्छ।

 

सूर्यको किरणबाट लिएको मध्ये मात्र ३० प्रतिशत इनर्जी कहाँ जान्छ भन्ने यकिन भएको दाबी गर्ने विज्ञानले विज्ञानले बाकी लगभग ७०% इनर्जी कहाँ खपत भई रहेको छ भनी तथ्यगत व्याख्या गर्न सकिरहेको भेटिन्न।

 

वायुमण्डलीय कार्बन डाइअक्साइडका मुख्य प्राकृतिक स्रोतहरू भने ज्वालामुखी फुट्दा निस्कने ग्यास, प्राकृतिक ईंन्धन, जैविक प्राणी तथा बन जन्य पदार्थ जल्नु, सडनु र जीवहरूको नियमित श्वास प्रश्वास प्रक्रिया आदि रहेको छ।

 

एकल सेलीय जन्तु र बहुसेलीय जन्तु सबैको शरीर लगभग उस्तै प्रकृतिका सेल बाट नै बनेको हुन्छ। फरक भनेको मात्र तिनीहरूको सरिरमा रहेको बनावटमा जटिलता हो।

 

एकल सेलीय जन्तु हरू जब सम्म वातावरण अनुकूल रहन्छ र प्रशस्त खाना उपलब्ध हुन्छ तब सम्म बाची रहन्छन। विभाजन बाट आफ्नो सङ्ख्या वृद्धि गरिरहन्छन्। तिनीहरूमा न त समय क्रम अनुसार सेल थोत्रने प्रक्रिया नै लागु भएको देखिन्छ न मृत्यु नै आउँछ।

 

जब वातावरण थोरै दूषित बन्छ, तिनीहरूको सेलुलर गतिविधिमा अवरोध आउँछ। निकै विषाक्त अवस्थामा वा खानको अभावमा तिनीहरूको मर्ने क्रम सुरु हुन्छ। जब वातावरणमा रहेको विषाक्त हटाइन्छ र उनीहरूको सेलमा रहेको विष पूर्ण सफा हुन्छ, उचित खानपान पश्चात् ती सेलहरू पूर्ण रूपमै  पुनर्ताजकि र पुनर्जीवित हुने र पहिले जस्तै निरन्तर सम्म विभाजन मार्फत सङ्ख्या वृद्धि गर्ने क्षमता प्राप्त गर्छन्।

 

बहुसेलीय जन्तुमा हामी तिनीहरूको कोशिका कोशिकाको स्तरमा पुगेर तिनीहरूको अङ्ग र तन्तुहरू त्यसमा पनि मुख्य रूपमा स्नायु प्रणाली सँग सम्बन्धित भागहरू पुनर्ताजकि हुने गरी पुनर्जीवित र प्रतिस्थापन गर्न सक्दैनौ।

 

प्रोटिनको निकै ठुलो महत्व रहने जीवको सेलको स्तरमा पुगेर अनुसन्धान गर्दा जीवित प्रोटिनमा सायन ग्रुप रहेको देखिन्छ भने मृत प्रोटिनमा सक्रिय सायन ग्रुप मृत एमिनो ग्रुपको रेडिकलमा परिवर्तन भएको भेटिन्छ।  विज्ञानको अनुमानमा अत्यन्त अस्थिर र नाजुक रहने प्रोटिनको सायन ग्रुप सरिरमा हुने नियमित मेटाबोलीजम जस्ता गतिविधिमा युरिया जस्ता नाइट्रोजन हुने र नाइट्रोजन नहुने उप-उत्पादनमा टुक्रिने क्रममा उक्त सेलहरूलाई थोत्राएर कालान्तरमा जीर्ण बनाउने भूमिका खेल्छ। जुन मानिस वृद्ध हुनुको मुख्य कारण ठानिन्छ।

 

विज्ञानको हाल सम्मको बुझाईमा जब शरीरका प्रोटिनमा रहेको सायन ग्रुप एमिनो ग्रुपको रेडिकलमा परिवर्तित बनिदिन्छ, उक्त प्रोटिन मर्छ। मरेको प्रोटिनका कारण सेल मर्न जान्छ। जब शरीरका सबै सेलका जीवित पदार्थहरू मर्छ तब उक्त प्राणी मरेको मानिन्छ।

 

प्रोटिनको जीवित र सक्रिय भाग मानिने सायन ग्रुप अत्यन्त अस्थिर र नाजुक प्रकृतिको बायोजिन मानिन्छ। बायो-केमेस्ट्रीमा बायोजिन भनेको एक काल्पनिक प्रोटिन हो जसले शरीरका कोशिका र अङ्गहरूले एक आपसमा मिलेर जीवित रहँदा गर्नु पर्ने गर्ने कार्य गर्न चाहिने आधार बनाउँछ।

 

एउटा काल्पनिक प्रोटिन जसको एमिनो ग्रुपको रेडिकलमा परिवर्तनले सेलको कोलोइडल अवस्था भत्कन्छ।सेलको झिल्लीले डिफुजन र अस्मोसिस जस्ता प्रक्रिया बाट छानी छानी बोसो पोषण जस्ता पदार्थ सेल बाहिर बाट भित्र लिने खुबी गुमाउँछ। झिल्लीबाट पानीमा घुल्ने सबै पदार्थ भित्र बाहिर गर्न सक्ने अवस्थामा आउँछ। सेलको झिल्लीमै छिद्र पर्ने गर्छ। अन्ततः विविध आन्तरिक केमिकल र भौतिक परिवर्तन द्वारा जम्न पुग्छ।

 

वैज्ञानिक परीक्षण बाट प्राप्त नतिजा अनुसार एक जीवित सेल मर्ने क्रममा वैज्ञानिक सिद्धान्तले बताउने भन्दा अत्यधिक शक्ति निस्किरहेको भेटिन्छ। जस्तै एक ग्राम इष्ट सेल मर्दा एक ग्राम सुख्खा इष्ट सेलले दिनुपर्ने  जति क्यालोरी निस्कनु पर्नेमा दुई ग्राम सुख्खा सुख्खा इष्ट सेलले दिने जति क्यालोरी निस्कने गर्छ।

 

रगतको हेमोग्लोबिनको आणविक तौल कतिमा १६,७०० हुन्छ। एउटा अस्थिर जीवित प्रोटिन मर्ने क्रममा भत्कँदा ४० किलो क्यालोरी शक्ति निस्किएको भेटिन्छ। जबकि हाल सम्मकै अत्यन्त अस्थिर र विस्फोटक मानिने एक आणविक तौलको नाइट्रोजन क्लोराईड विस्फोट हुँदा मात्र ३८ किलो क्यालोरी शक्ति निस्कन्छ। एक जीवित अस्थिर प्रोटिन मर्दा आउने यति ठुलो शक्तिको श्रोत के हो भन्ने उत्तर विज्ञानले भेट्टाई रहेको छैन।

 

पदार्थको केमिकल म्याटर अस्थिर रहेर हुने विस्फोटको नतिजा कि त चर्को आवाज, कि ताप शक्ति, कि निकै चम्किलो प्रकाश वा तिनीहरूको मिश्रण हुने गर्छ। जीवित अस्थिर प्रोटिन मर्दा आउने शक्ति भने आन्तरिक रूपमा प्रोटिन तथा चिल्लो पदार्थको एसिड, बेस, साल्ट, हेबी मेटल सँग केमिकल परिवर्तनमा खर्च हुने हुदा जीवित सेल मर्ने क्रममा सम्पूर्ण शरीरले नै निकै छिटो देहावसानको बाटो समात्ने बुझाइ छ विज्ञानको।

 

हाम्रो शरीरमा लगभग ३७.२ खर्व कोशिका हुने भए तापनि लगभग १ सय खर्व बाहिरी माइक्रोबियल कोशिकालाई समेत बोकिरहेको हुन्छ । हाम्रो पाचन नली (आमाशय, आन्द्रा र गुदद्वार) मा लगभग ३ पाउन्ड ब्याक्टेरियाको घर हो । तिनीहरू हाम्रो पाचन नलीमा बस्ने मात्र हैन, हाम्रो प्रतिरक्षा प्रणालीलाई के गर्ने के नगर्ने भनी सल्लाह दिइरहेका हुन्छन् ।

 

हाम्रा शरीरका सूक्ष्म जीवहरूले आवश्यकता अनुसार प्रतिरक्षा प्रतिक्रिया बढाउन वा घटाउन सेतो रगतको सेल (टि–सेल) हरूलाई परिचालन गर्छन् । यसरी हाम्रो प्रतिरक्षा प्रणालीले फाइदा हुने ब्याक्टेरियाको सहयोगमा आफूलाई उत्पादनमूलक वातावरण बनाउँछ ।

 

फ्री र्याडिकल केमेस्ट्रीबारे हालसालैको नयाँ तथ्य र ज्ञानका कारण आज खाद्य वैज्ञानिकहरूलाई स्वास्थ्य र रोग व्यवस्थापनमा समेत पूर्ण ध्यान पुर्‍याएर स्वस्थ र पोषणयुक्त खानपान प्रस्ताव गर्न सम्भव बनाएको छ ।

 

मानिस जीवित रहनका लागि नभई नहुने अक्सिजनले मेटाबोलिक प्रोसेसबाट शक्ति पैदा गर्छ । कतिपय अवस्थामा मेटाबोलिक प्रोसेसबाट र धेरैजसो हाम्रो शरीर एक्सरे, चुरोट गाँजाको धुवाँ, प्रदूषित हावा, औद्योगिक केमिकल लगायतका प्रतिकूल वातावरणको लगातार संसर्गमा आउँदा इन्जाएमेटिक र नन्इन्जाएमेटिक गतिविधिमा हुने अक्सिजन र प्रोटिनमा हुने नाइट्रोजनको अर्बिटको इलेक्ट्रोनलाई र्याडिकलाइज गरी रियाक्टिभ बनाइदिन्छ ।

 

र्याडिकलाइज आयोनलाई तुरुन्तै नियन्त्रण नहुँदा यसले फ्याट, न्युक्लिक एसिड, प्रोटिन आदिलाई लक्ष्य गरी सेललाई बिगारिदिन्छ। यसलाई अक्सिडेटिभ स्ट्रेस भनिन्छ। शरीरमा क्यान्सर लगायतका रोग तिनै अक्सिडेटिभ स्ट्रेसका कारण भित्रिन्छ । लगातारको रेडिएसन, प्रदूषण, चिन्ता र कुपोषण आदिका कारण हुने अक्सिडेटिभ स्ट्रेसबाट नै मानिसमा बुढ्यौली, छाला रोग, मधुमेह, हृदयाघात, क्यान्सर लगायत अन्य जटिल रोग पैदा हुन्छ ।

 

शरीरमा फ्री र्याडिकल पैदा हुँदाका बखत त्यसलाई आक्रमण गरी तुरुन्तै न्युट्रालाइज गर्न सक्ने क्षमता विकास गर्न सहयोगी हुने तत्त्व मानिसले प्रायः खानाबाट पूर्ति गर्नु जरुरी हुन्छ । जसलाई एन्टी–अक्सिडेन्ट भनिन्छ। अक्सिडेटिभ स्ट्रेस धेरै हुँदा मानिस छिट्टै बुढो समेत देखिने हुँदा एन्टी–अक्सिडेन्टयुक्त खानालाई एन्टी–एजिङ खाना र पेयलाई एन्टी–एजिङ पेय अथवा अमृत भनिएको हो।

 

पार्टिकल फिजिक्सले सुजाय अनुसार हाम्रो शरीरका सेलहरू एटमले बनेका हुन्छ। जुन इलेक्ट्रोन, प्रोटोन र निउट्रोंनले बनेको भनिएता पनि ईलेकट्रोंनको लोकेसनले देखिएको एटम भनेको यसको १ लाख गुना सानो प्रोटोन र निउट्रोंन हुने निउक्लियस हो। जुन ग्लुवोंनको तागतले अठाएर राखेको ३ वटा क़्वार्कबाट बनेको प्रोटोन र निउट्रोंन बाट बनेको हुन्छ । यसरी वास्तवमा हाम्रो सरिरमा ९९.९९९९९९९९९९९९% खाली भाग हुन्छ ।

शरीरका लगभग ९९% एटमहरू हाइड्रोजन, कर्बोंन, नाइट्रोजन र अक्सिजनका एटमले बनेका हुन्छन्। हामीले खाने खाना, पेय पदार्थ र श्वासमा समेत पोटासियम-४० र कार्बन-१४ जस्ता रेडियोनिउक्लाईडस हुन्छ। जुन शरीरका मलिकुलसंग मिल्छ र बिखन्डनभई रेडिएसन निकाल्दछ। जस्तै पोटासियम-४० बिखन्डन हुँदा यसले इलेक्ट्रोनको एन्टीमेटर्स ‘पोजिट्रोंन’ बनाउँछ र एटमको इलेक्ट्रोनसँग जबरजस्त ठोक्किन गई गामा रे को फर्ममा रेडिएसन निकाल्दछ। यसरी हाम्रो शरीरले आन्तरिक रूपमा रेडिएसन निकाल्दछ।

सामान्य रेडिएसन हामी बस्ने घर, हामीले खाने खाना र पृथ्वीले साथै हाम्रो शरीरले पनि निकाल्ने गर्छ। बाहिरी संसारबाट प्राप्त हुने कस्मिक रे हाम्रो शरीरसम्म लगातार पुगी एटमको निउक्लियस सँग ठोक्किन गई मेसन्स बनाउँछ। जुन धेरैजसो खण्डित भएर मुवोंन र निउट्रीनोज बन्दछ । र अन्ततः पृथ्वी तिर पुग्छ। कहिले कहीँ यिनीहरूले मीइउटेसन पनि गराउँछन्। सूर्यबाट प्राप्त हुने फोटोंन आदिले हामीलाई हाम्रो बोरिपरी देख्न सहयोग गर्छ। यसमा हुने निउट्रीनोज हाम्रो शरीर हुँदै पृथ्वी मै पुग्छ।सरिरमा यति धेरै रेडिएसन हरू लगातार पुगिरहेको अवस्था मा पनि हामीलाई जोखिम युक्तरुपमा खासै असर नहुनुमा हाम्रो शरीरको धेरै भन्दा धेरै भाग खाली वा “डार्क स्पेस” भएर नै हो।

पार्टिकल फिजिक्सको निष्कर्षमा प्रत्येक जीव-जन्तुको मूर्त शरीर इनर्जीको सिस्टमेटीक संयोजनबाट बनेको कुनै फिजिकल अबजेक्ट मात्र हो। जसलाई सञ्चालनार्थ सुष्म इनर्जीको जरुरत हुन्छ।

 

विज्ञानकै अनुसार निर्जीव र सजीव बस्तुमा रहेको फिजिकल अब्जेक्टको सञ्चालनार्थ निश्चित शक्तिको जरुरत हुन्छ। विज्ञान नै भन्छ सजीव फिजिकल अब्जेक्ट बन्ने क्रममा यकिन गर्न नसकिएको प्रक्रियाले त्यहाँ जरुरी हुने भन्दा निकै धेरै शक्ति लिई रहेको पाइन्छ। विज्ञान यो पनि बताउँछ कि जीवित फिजिकल अब्जेक्ट बलपूर्वक नष्ट गर्दा त्यही नै  अब्जेक्ट निर्जीव फिजिकल अब्जेक्ट रहँदा भन्दा बुझ्न नसकिएको प्रक्रिया बाट आश्चर्य जनक रूपमै निकै धेरै शक्ति पैदा गरिदिन्छ।

 

धेरै सुक्ष्म रूपमा हेर्दा सरिरमा सन्तान वृद्धिको क्षमता राख्ने वीर्य र डिम्ब बन्दै गर्दा सूर्यको किरण मार्फत प्राप्त हुने अभौतिक पदार्थ (आत्मा)  शक्ति, वीर्यको डिम्बमा संयोजन भई बनेको गर्भ लाई जीवन्त राख्न जरुरी जीवन्त शक्ति (कन्सियसनेस) पुर्ति गर्न विज्ञानले हुनुपर्ने भनी अनुमान गरेको भन्दा निकै धेरै शक्ति खपत भएको अनुमान लगाउन सकिन्छ। जिबको भौतिक पदार्थ निर्मित स्थूल शरीर नमर्दा सम्मको बिन्दु सम्म मात्र जीवन लाई जीवन्त राख्ने  आत्मा शक्ति र कन्सियसनेस भौतिक सरिरमा जोड़ीई रहने हुँदा मृत्युको बिन्दुमा पुन: त्यही नै अब्जेक्ट ले आफु निर्जीव  फिजिकल अब्जेक्ट रहँदा भन्दा निकै धेरै शक्ति निकाल्ने गरेको हुनुपर्छ।

 

मृत्यु प्रक्रियामा आत्मा शक्ति र कन्सियसनेस ब्रमाण्डमा नै फर्कने गर्छ। मानव शरीरका प्रत्येक कोषिका डीएनए आदिबाट बने पनि ती सबै सूक्ष्म रुपमा हेर्दा बिलियन्स एटमबाटै निर्मित हुन्। प्रत्येक एटम क्वार्ज, ग्लुवोन लगायतका विभिन्न अति सूक्ष्म पार्टिकलले बनेका, प्रोटोन र न्युट्रोनबाट बनेका हुन्छन् । इलेक्ट्रोन र क्वार्ज, ग्लुवोन लगायतका सूक्ष्म पार्टिकल निकै सानो सानो इनर्जीका संयोजनले बनेका विन्दु हुन् । यस्ता विन्दुहरू जसले हाम्रो शरीरभित्र इन्फर्मेसनको जालोको संयन्त्र बनाउँछ ।

 

मरेको र जीवित कोषिकामा रहने फरक भनेको जीवित कोषिकामा ती सानासाना इनर्जीका विन्दुहरुलाई एक अनौठो प्रक्रियाबाट निश्चित हार्मोनीमा सञ्चालन गर्ने इनर्जीको उपस्थिति रहन्छ । यसलाई आयुर्वेदमा जीवन्त शक्ति (वायु वा प्राण वा लाइट) भनिन्छ । क्वान्टम फिजिक्सले यसलाई इन्फर्मेसन भन्ने गरेको छ । जीवन्त शक्ति गुमेपछि कोषिकाको जीवन अन्त हुन्छ। मानिस र जनावर जस्ता बहु-कोशमय जीवहरूमा पुरुषको वीर्य, महिलाको डिम्ब बन्ने, गर्बासयमा दुवै मिल्न पुग्दा प्रकृतिको आजसम्मकै उत्कृष्ट तर निकै जटिल जीवन अस्तित्व आउने, र त्यो विकसित भई उन्नत जीवन सञ्चालन को प्रक्रिया मा निकै धेरै जटिलता रहने हुँदा मृत्यु निकै छिटो आउने गर्छन्। एकल कोश जीवहरू सामान्य मात्र जटिलतामा रहेकाले प्रतिकुल वातावरण वा खानाको अभाव बाहेक अन्य कारणले तेती छिटो जन्मने र मारिहाल्ने गर्दैनन।

 

क्वान्टम बडी मेकानिक्सका अनुसार प्राणीको शरीरको प्रत्येक कोषिका एउटा छुट्टै अस्तित्वको जीवन हो । साबुनका फोकाजस्ता लाग्ने यस्ता खर्बौं सूक्ष्म जीवनहरुको सग्लो रुप नै प्राणीको शरीर हो । शरीरका प्रत्येक सेलको अर्को सेलसँग भौतिक रुपमा जोडिएर सूचना र मेमोरी आदानप्रदान हुने संयन्त्र एवं न्युरोनको नेटवर्क बनाएको हुन्छ । न्युरोनले शरीरभित्र आपसमा जोडिएर रहेका जीवित पदार्थहरुबीच सूचनाको आदानप्रदान गर्ने गर्छ ।

 

शरीरसँग कुनै पनि रुपमा नजोडिएको सोचाइ, विचार, इमोसन, शारीरिक प्रतिक्रिया, डार्क म्याटर्स आदि निर्जीव तत्व, जसलाई न पदार्थ भन्न सकिन्छ, न त शक्ति नै, लाई शरीरमा जोडी निर्जीवलाई सजीवसँग जोडी जीवन्त गर्ने काम इन्फर्मेसन वेब (संयन्त्र) ले गर्छ। इन्फर्मेसन वेबले इलेक्ट्रो–म्याग्नेटिक संसर्गको प्रक्रियाबाट न्युरोन आदिलाई सञ्चालित गरी मानिसलाई जीवन्त राख्ने काम समेत गर्छ । यसलाई बोलीचालीको भाषामा इन्टेलिजेन्स वा जैविक चेतना पनि भन्ने गरिन्छ ।

 

सरलीकृत भाषामा भन्दा संसार दुई प्रकृतिका चिज ‘परा र अपरा’ को संयोगबाट बनेको छ । परा भनेको जैविक चेतना हो । जुन प्राणी र वनस्पति दुवैमा हुन्छ। अपरामा पाँच स्थुल तत्व पृथ्वी, जल, आकाश, तेज र वायु तथा तीन सूक्ष्म तत्व मन, बुद्धि र अहंकार पर्छन् । स्थुल शरीर भनेको भौतिक शरीर हो जुन अपरा प्रकृतिको पृथ्वी, जल, आकाश, तेज र वायुबाट बनेको छ। हामीमा रहेको चेतनाको कारण नै हामीले पदार्थलाई देख्न वा महसुस गर्न सक्छौं। जुन चिजमा ईश्वरीय तत्व (आत्मा) तथा चेतना (कन्सियसनेस) छ, त्यो परा अर्थात् मेटाफिजिकल हो । परा भन्नाले वास्तवमा आत्मालाई नै भनिएको हो।

 

आदिमकालमै वेदमा लेखिए अनुसार प्राणी जीव र पदार्थको संयोजन बिना अलग अस्तित्वमा रहन सक्दैनन् । पदार्थसँग ईश्वरीय तत्व (आत्मा) तथा चेतना (कन्सियसनेस) मिलेपछि प्राणी जीवित रहन्छ। जब खानाको कुरा आउँछ, हामी “दिमाग समेतको” हाम्रो मूर्त शरीर स्वस्थ राख्ने विधि बारे कुरा गर्छौ। हाम्रो मूर्त शरीरलाई सञ्चालन गर्ने ‘दिमागको सञ्चालकको’ स्वस्थको कुरामा भने अध्यात्मको सन्दर्भ जोडिन्छ ।

 

मानव शरीरको इन्टेलिजेन्स वास्तविक शरीरको न्युरोन आदि म्याटर्सभन्दा धेरै महत्वपूर्ण हुने गर्छ। किनकि इन्टेलिजेन्सले म्याटर्सलाई निश्चित हार्मोनीमा सञ्चालन गर्छ। जब उक्त हार्मोनी टुट्छ, ईश्वरीय तत्व (आत्मा) तथा चेतना (कन्सियसनेस) ब्रमाण्डमा नै फर्कन्छ र मानिसको इहलीला समाप्त हुन्छ।

(घिमिरे क्यानडानिवासी खाद्य वैज्ञानिक हुन् । बस्तु वा सेवाको गुणस्तर व्यवस्थापनमा हाल सम्म संसारमा उपलब्ध मध्धे सबैभन्दा उच्च प्रोफेसनल सर्टिफिकेसन लिन सिक्स सिग्मा मास्टर ब्ल्याक बेल्ट ले विभूषित घिमिरेले खाद्य, कृषि, हर्बल जडीबुटी उद्यमशीलतामाको क्यानडामा रहेर उन्नत अनुसन्धानमा संलग्न हुँदै कृषि, हर्बल जडीबुटी उद्यमशीलताको विकासको लागि जरुरी हुने सिप प्रविधिको संसारभर हस्तान्तरणको नेतृत्व गर्दै आएका छन्।)

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE