मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अर्कै ग्रहबाट पृथ्वीमा बसाइसरि आएका थिए हाम्रा पुर्खा

नारायण घिमिरे

हालसम्म स्थापित बैज्ञानिक मान्यता अनुसार हाम्रा पुर्खाहरूको अस्तित्व करिब साठी लाख वर्ष भन्दा अगाडि देखि कायम रहेको देखिएको भएतापनि हामि संग पृथ्वीमा मात्र करिब २००,००० वर्ष अघि आजको मानव रूपको शरीरको उपस्थिति रहेको अनुमान गर्न सकिने प्रमाणहरु भेटिएको विश्वास गरिन्छ। हामीले बुझे अनुसर  पृथ्वीमा मानब सभ्यताको बिकाश भएको त केवल ६००० बर्ष मात्र भयो ।

 

मानब  सभ्यता औद्योगीकरणको युगमा मात्र १८०० को दशकमा प्रवेश गर्यो। जब मानब  सभ्यता औद्योगीकरणको युगमा प्रवेश गर्यो हामि एक माथि अर्को ऊत्कृष्टता प्राप्त गर्न शुरु गर्यौ। बिसौ सताब्दीको दोस्रो दशक चुम्दै गर्दा निकै छोटो समयमा हामीले धेरै उपलब्धि गरिसकेका छौं। अहिले हामी आफू मात्र हैन आफू बसेको ग्रह पृथ्वी र पुरा ब्रमाण्डको नै हेरचाह कर्ताको रूपमा हाम्रो जिम्मेवारी र चासो देखाउन सक्ने अबस्थामा पुगिसकेको छौ।

 

यदि पृथ्वी लाई आणविक युद्ध आदि बाट बचाउन सकियो, यसमा अन्तरिक्षबाट आउने उल्का / स्टेरोइड आदि ठोकिएर वा अन्य कुनै अकल्पनिक विपत्तिले हस्तक्षेप गरेन भने  अझै  कम्तिमा १७५  करोड वर्ष पृथ्वीले मानव जीवन थेगेर हाम्रो अस्तित्व  कायम राखी राख्ने अनुमान गरिएको छ।

 

हाल हामी बसोबास गर्ने पृथ्वी करिब ४५० करोड वर्ष पुरानो हो। पृथ्वी उत्पतिको समय बाट बढिमा ७९१ करोड वर्ष बसोबास योग्य रहने अनुमान छ। पृथ्वी मात्र हैन अन्य ग्रहहरू समेत कुनै जमानामा जीवन यापन योग्य थिए। हाल पनि कतिपय ग्रहहरू जीवन यापन योग्य हुनुपर्छ भन्ने अनुमान छ।

 

अनुमानले अन्य ग्रहहरू अस्तित्वमा आए देखि १०० करोड देखि ५४७२ करोड वर्ष सम्म जीवन यापन योग्य रहे। यदि हामी भविष्यमा कहिल्यै अर्को ग्रहमा सर्नु पर्ने स्थिति आयो भने मङ्गल ग्रह हाम्रो सबैभन्दा उपयुक्त विकल्प रहेको विश्वास गरिन्छ। किनकि यो पृथ्वीको एकदम नजिक मात्र छैन सूर्यको जीवन काल रहेसम्म याने कि अहिलेबाट लगभग ६०० करोड वर्ष सम्म बस्न योग्य रही रहने छ।

 

अनुमानित हिसाब किताब अनुसार मानिसले लगभग १७५ करोड वर्ष भित्रै पृथ्वीलाई पूर्ण रूपमा छोडेर आफू बाच्न सकिने नयाँ ग्रहमा बसाइ सरिसकेको हुनु पर्ने छ। सम्पूर्ण मानव जातिको जीवन रक्षाको लागि नयाँ ग्रहको बसाइ सराइमा मात्र सीमित मानिस र उनीहरू सँग नयाँ ग्रहमा जीवन यापनको लागि सहज हुने अत्यन्त लाभ-दाहि विषय बस्तु मात्र लैजाने परिस्थिति को विकास हुने छ। पृथ्वीमा रहेका पैसा, ज्वहरत, घर, गाडी नयाँ ग्रहमा उपयोगी रहने छैनन्।

 

जीवन यापनका लागि जरुरी गाँस, वास र कपास लैजान उपलब्ध यात्राको साधन पर्याप्त रहने छैन। त्यो अवस्थामा मानिसले पृथ्वीमा रहँदा गरेका उपलब्ध गरेका ज्ञान र प्रविधिको सँगालो उसको नयाँ ग्रहमा लिएर जाने सबैभन्दा उत्तम र लाभकारी विषय हुने छ। जुन नयाँ ग्रहमा नयाँ जीविका सुरु गर्ने अद्यावधिक गरिएको चार खण्डमा बाँडिएको ज्ञानको माइक्रो चिप्स हुने छ। त्यो नयाँ र परिष्कृत ज्ञानको भण्डार नयाँ वेदको रूपमा नयाँ ग्रहमा अस्तित्वमा रहने छ।

 

नयाँ ग्रहमा मानिस बसाइ सराइ हुने क्रममा भविष्यमा अस्तित्वमा आउने भनी अनुमान गरिएको ज्ञानको माइक्रो चिप्स समग्रमा अद्यावधिक गरिएको चार खण्डमा बाँडिएको वेदको रूपमा नै अस्तित्वमा रहने भनी यहाँ अनुमान गरिनुको पछाडि निकै अहम कारण रहेको छ। उक्त कारण बुझ्न वेदको चुरो यथार्थ बारे जान्नु जरुरी हुन्छ।

 

संस्कृतमा वेद शब्दको अर्थ ज्ञान भन्ने हुन्छ। परम्परागत रूपमा द्रष्टा, सन्त तथा ऋषिहरूले सिधै ब्रह्मबाट प्राप्त ज्ञान लिपिबद्ध गरि संचारित गरिएको शास्त्र लाई श्रुति भनियो। ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद गरी चारवटा श्रुति कालान्तरमा वेद र उपनिषदको रुपमा अस्तित्वमा रहे। वेद जस्ता अलौकिक ज्ञानको अध्ययन पश्चात मानवमा विकसित अन्तर-ज्ञानको उपयोग गरिँदै तैयार गरिएको शास्त्र लाई स्मृति भनियो। जस्तै वेदाङ्ग, उपवेद, उपांग, धर्म सूत्र, पुराण, रामायण, महाभारत आदि सबै स्मृति हुन्।

 

लगभग दुई हजार वर्ष अघि आफू बसिरहेको ग्रह जब जीवन यापन योग्य रहेन र ब्रह्माण्ड बाट उक्त ग्रह नष्ट हुँदै गरेको अनुभूति प्राप्त गर्‍यो तब मानिसले आफ्नो जीवन यापन योग्य ग्रहको खोजीमा लग्यो। तत्कालीन उपलब्ध ज्ञानको उपयोगले मानिसले आफ्नो जीवन यापन योग्य ग्रह पृथ्वी रहेको पत्ता लगायो। उक्त समयमा पृथ्वीमा अन्य जीवहरू समेत अस्तित्वमा रहेको जानकारी प्राप्त गरेको मानिसले अन्तिम समयमा हाल अस्तित्वमा नरहेको ग्रहबाट पृथ्वीमा बसाइ सर्‍यो।

 

नयाँ ग्रहको बसाइ सराइमा मात्र सीमित मानिस र उनीहरूको नयाँ ग्रहमा जीवन यापन सहज पर्न लाभ-दाइ हुने मध्ये सबैभन्दा मुल्यवान तत्कालीन अवस्थामा मानिसले विकास गरेका ज्ञान र प्रविधिको रूपमा चार वेद आफूसँगै लिएर आए। सुरुमा नयाँ ग्रहमा आफ्नो जीविका अनुकूलन बनाउन महत्त्वपूर्ण समय खर्च हुन गयो। पृथ्वी भित्रकै आन्तरिक बसाइ सराइले भिन्न भिन्न झुन्डमा  बस्तीहरू विकास भयो। विभिन्न वैज्ञानिक परीक्षणहरू हुँदै मानिसले आफ्नो जीविका दिनदिनै सहज गर्दै लाने र प्रगति पथमा लम्की रह्यो।

 

कालान्तरमा एकातर्फ आफूसँग लिएर आएको चार वेदको अध्ययनमा रहेका मानिसहरुले वेदलाई परम्परागत रूपमा द्रष्टा, सन्त तथा ऋषिहरूले सिधै ब्रह्मबाट प्राप्त गरी लिपिबद्ध गरिएको  ज्ञान वा श्रुति ठानी ग्रहण गरे। समय र परिस्थिति अनुरूप  कालान्तरमा मानिस द्वारा वेद लिपिबद्ध गर्ने क्रममा पृथ्वी सम्बन्धका र धर्मका कतिपय तथ्यहरू समेत वेदमै संलग्न हुने गरि पुनर्लेखन गरियो। नया  स्मृतिहरु तथा विविध धर्मका सिधान्तहरु समेत प्रतिपादित गरिए। अन्ततोगत्वा वेदको व्यवहारिक पक्ष पछाडि पर्‍यो। सैद्धान्तिक पक्ष त्यसमा पनि वैराग्यको पक्ष धेरै खोतलियो।

 

अर्कोतर्फ वैज्ञानिक परीक्षणहरू एक माथि अर्को सफल बन्दै गयो। आचार्य जनक उपलब्धि हरूसमेत हात लागे। देखिएको र सुनिएकोमा विश्वास गर्ने, अनुभूति गरिएकोमा अविश्वास गर्ने प्रवृत्तिले धेरै नै प्रश्रय पायो। विज्ञानको एकछत्र वाहवाहि बिच जीव विकासको सिद्धान्त जस्ता सैद्धान्तिक चुरोसम्म नपुगेका वैज्ञानिक सिद्धान्तहरूले समेत सामाजिक स्वीकार्यता पायो।

 

जब विज्ञान आणविक र क्वान्टम युगमा प्रवेश गर्‍यो तब मानिसले पृथ्वीमा आएर विज्ञान मार्फत  निर्क्योल गरेका कतिपय कुराहरू आफ्ना चार वेदमा बताइएका महसुस मात्र गरेन त्यो भन्दा निकै पर सम्मको विषय बस्तुबारे इंकित गरेको अनुभूति गर्न थाल्यो।

 

पृथ्वीमा मात्र ३८ लाख वर्ष अघि उत्पत्ति भएको मानिने प्रोक्रियोटहरू विभिन्न रूपमा परिवर्तन हुँदै दुई लाख वर्ष अघि मानव जीवन प्रारम्भ गर्न सफल बनेको निर्क्योल गरिएको जीव बाट मानिसको विकास भयो भन्ने विज्ञानको आज सम्मको सबै भन्दा विश्वासिलो मानिएको मानव विकासको सिद्धान्तको पुनरावलोकनको जरुरी बनिदिएको छ।

 

उक्त मानव विकासको  सिद्धान्त वास्तविकताको कति नजिक छ त्यो कालान्तरमा समयले यकिन गर्ने छ। ती पुराना मान्यतालाई विज्ञानका नयाँ खोजहरु ले बिस्तारै सचाउँदै नयाँ मान्यता स्थापित गर्दै जाने निश्चित छ। वेद लगायतका ज्ञानका खानी हरुको निकै पुरानो समय देखि पृथ्वीमा अस्तित्वमा देखिनु ले यो बिन्दुमा यकिनका साथ दाबी गर्न सकिने मान्यता चाहिँ के हो भने वास्तविकता ले पूर्ण रुपमै फरक यथार्थता रहेको इंकित गर्छ।

 

भलै अनुमान गरिएको उत्पत्तिको प्रक्रिया यथार्थको निकै नजिक हुन सक्ला तर त्यो अनुमान गरिए जस्तो मानव विकासको चक्र पृथ्वीमा पूर्ण बनेको होइन भन्ने लगभग निश्चित गर्न सघाउँछ।

 

उपलब्ध यथार्थता र विज्ञानको नयाँ खोजका उपलब्धि हरुले जीव उत्पत्ति र विकासको क्रममा अघि बढिरहेको पृथ्वीमा कि हाल अस्तित्वमा नै नरहेको वा अस्तित्वमा रहेको भए मानव जीवन सुचारु हुने अवस्थामा नरहेको (तर कुन हो भनी यकिन हुन नसकेको) ग्रहबाट मानिस पृथ्वीमा बसाइ सरेको नयाँ विचार धाराको प्रतिपादन गरिदिन्छ।

 

सङ्क्षेपमा बताउँदा यहाँ प्रतिपादित गरिएको नयाँ सिद्धान्त भन्छ मानिसका पुर्खा अर्कै ग्रहबाट पृथ्वीमा बसाइसरि आएका थिए। भविष्यमा पृथ्वी जीवन यापनको लागि असहज हुने अवस्थाको समीपमा पुग्दै गर्दा पुन फेरी नयाँ ग्रहको खोजी गरी बसाइसरि यो ब्रमाण्डमा आफ्नो सन्ततिको अस्तित्व कायम राखी राख्न सफल बन्ने छ।

 

पृथ्वीमा सयौँ वर्ष देखि वैज्ञानिक ग्रहणले लुकाइदिएको वैदिक यथार्थता आजको दिनसम्म आइपुग्दा बिस्तारै प्रष्टिदै गएर समाजमा यथार्थ सूचनाहरु पुगिरहेको छ। आगामी दिनहरूमा वेद र विज्ञानको सबल पक्षको संयोजन मार्फत मानव जीवनलाई अझ सहज बनाई मानवीय उत्कृष्टताको प्राप्तिको दिशामा गतिबिधिहरु अघि बढेको देखिनु वास्तवमै अत्यान्त स्वागत योग्य क्षण वा समय हो।

 

(उन्नत अनुसन्धानमा संलग्न हुँदै उद्यमशीलताको विकासको लागि जरुरी हुने सिप प्रविधिको संसारभर हस्तान्तरणको नेतृत्व गर्दै आएका लेखक घिमिरे क्यानडा निवासी खाद्य वैज्ञानिक हुन् ।)

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE