मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

प्राण र चेतना रहेको वैज्ञानिक पुष्टि !

नारायण घिमिरे

आजको कटिंग ऐजमा हुँदै गरेका सैधान्तीक र व्यवहारिक अनुसन्धानहरू विज्ञान र वैदिक ज्ञानको संयोजन बिना लगभग असम्भव हुने बिन्दुबाट गुज्री रहेको छ। जब वैज्ञानिकहरू अनुसन्धानको गहिरो र जटिल मोडमा पुग्दछन, विज्ञानको बस्तुको वास्तविक उपस्थितिको बोध गराउन सक्ने काइदा र वैदिक ज्ञानको एक बस्तुको उपस्थितिले अर्को बस्तुमा दिने अनुभव, प्रभाव, अनुभूति एवम सचेतना बुझ्न सक्ने खुबी जरुरी पर्ने गर्छ।

 

वैदिक ज्ञानलाई आध्यात्मिक प्रकृतिको ज्ञान मानिन्छ। प्राणीको भौतिक शरीर जीवन्त रहन प्राण शक्ति (प्राण) र चेतन शक्ति (कन्सियसनेस) जरुरी हुन्छ भन्ने वैदिक मान्यता विज्ञानले स्विकार्न आनाकानी गरिरहँदा बन्न गएको  विज्ञान र वैदिक ज्ञानको दुरी,  बिस्तारै वैज्ञानिक आधारमा   सही रहेको पुष्टि हुने अवस्था बन्दै जाँदा विज्ञान र वैदिक ज्ञानको संयोजन बाट प्राप्त ज्ञान सैधान्तीक र व्यवहारिक पक्षका समस्या समाधानमा प्रयोग हुन थालेको छ।

 

प्रजननमा संलग्न हुने डिम्ब र शुक्राणुको कोशिकाहरू बन्ने सेलहरू लाई जर्म सेल भनिन्छ। जर्म सेलबाट बनेको वीर्य र डिम्बको मिलन बाट जाइगोट बन्छ। जाइगोट कालान्तरमा ईम्ब्रियो र साल नालमा विकास हुने गर्छ। ईम्ब्रियो सेलहरू शरीरको सबै प्रकारका सेलहरू बनाउने क्षमता राख्छन।

 

आफ्ना दुवै अभिभावकबाट प्राप्त जोडी-क्रोमोजोम रहेको कोशिकाहरू जसबाट डिम्ब र शुक्राणुको कोशिकाहरू बन्दैन त्यस लाई सोमेटिक सेल भनिन्छ। सोमेटिक सेल बाट शरीरका अङ्गहरू जस्तै छाला, हड्डी, रगत, मुटु आदि बन्ने गर्छ। सोमेटिक सेल बाट मानव सरिरमा सबैभन्दा पहिले बन्ने अङ्ग मुटु हो।

 

माइटोसिस मार्फत असीमित रूपमा विभाजन हुन सक्ने कोशिकाहरू लाई स्टिम सेल भनिन्छ। स्टिम सेलले शरीरका विभिन्न अङ्ग जस्तै मांसपेशी कोष, रक्त कोष, वा न्युरल आदि सेलको नव नवीकरण तथा परिवर्तन गर्न सक्दछ।

 

बिरुवाले वातावरण बाट कार्बनडाई अक्साइड र जमिनबाट पानि लिएर क्लोरोफिलमा प्रकाशको किरणको उपयोग गर्दै ग्लुकोज बनाउने गर्छ।  प्राणी मात्रको शरीरले बिरुवा बाट प्राप्त ग्लुकोज र अन्य शक्तिका कारण इम्ब्रियो सेल बनाउने क्षमता राख्छ। बिरुवाले वायुमण्डलीय कार्बन डाइअक्साइडका अलावा जमिन बाट प्राप्त पानी, मल र अन्य पदार्थ समेतको उपयोगमा फोटोसेन्थेसीस प्रक्रियामा ३ टन कार्बनडाई अक्साइड लिएर २.१ टन ताजा अक्सिजन वातावरण लाई फिर्ता गर्ने गर्छ।

 

सूर्यको सेतो प्रकाश ७ रङ्गहरू मिलेर बनेको हुन्छ। बिरुवाको पातमा रहने क्लोरोफिलको मलिकुलले सातरंग मध्ये निलो र रातो लाईट सोसी ईनर्जीका लागि चाहिने खाना बनाउने गर्छ।

 

फोटोसिन्थेटिक प्रक्रियाको लागि औसत ८ वोटा (निलो र रातो) फोटोंन लाइटको जरुरी हुने मानिन्छ। ८ फोटोंन प्रकाशको किरण भनेको लगभग ३८१ किलो क्यालोरी हुन आउँछ । एउटा कार्बन डाइअक्साइडलाई ग्लुकोजमा परिवर्तन गर्न मात्र ११४ किलो क्यालोरी जरुरी पर्छ। सूर्य बाट क्लोरोफिलले प्राप्त गर्ने इनर्जीले वनस्पतिको शक्तिको जरुरत पूर्ति गर्छ। जरुरत भन्दा धेरै ग्लुकोज वनस्पतिले सञ्चय गर्ने गर्छ। वनस्पतिले सञ्चय गर्ने ग्लुकोज जीवहरूको लागि जरुरी खाना बन्ने गर्छ।

 

विज्ञानका अनुसार सैद्धान्तिक रूपमा मात्र ३०% इनर्जी बिरुवा र जीवको लागि प्रयोग हुने शक्तिबर्धक खानामा परिवर्तन भएको देखिन्छ। जुन प्रयोगशालामा  उच्चतम मात्र २५% मात्र सदुपयोग भएको पाइएको छ। यसरी प्राप्त शक्ति पनि बिरुवाको श्वास-प्रश्वास र दैनिक गतिविधि सञ्चालनमा जरुरी हुने हुँदा सूर्य बाट प्राप्त प्रकाशको शक्तिको औसत १% मात्र बायोमास अथवा शरीरको भाग बन्न प्रयोग हुने गरेको पाइन्छ।

 

सूर्यको किरणबाट लिएको मध्ये मात्र ३० प्रतिशत इनर्जी कहाँ जान्छ भन्ने यकिन भएको दाबी गर्ने विज्ञानले बाकी लगभग ७०% इनर्जी कहाँ खपत भई रहेको छ भनी तथ्यगत व्याख्या गर्न सकिरहेको भेटिन्न।

 

वैज्ञानिक परीक्षण बाट प्राप्त नतिजा अनुसार एक जीवित सेल मर्ने क्रममा स्विकार्य वैज्ञानिक सिद्धान्तले बताउने भन्दा अत्यधिक शक्ति निस्किरहेको भेटिन्छ। जस्तै एक ग्राम इष्ट सेल मर्दा एक ग्राम सुख्खा इष्ट सेलले दिनुपर्ने जति क्यालोरी निस्कनु पर्नेमा दुई ग्राम सुख्खा सुख्खा इष्ट सेलले दिने जति क्यालोरी निस्कने गर्छ।

 

रगतको हेमोग्लोबिनको आणविक तौल कम्तिमा १६,७०० हुन्छ। एउटा अस्थिर जीवित प्रोटिन मर्ने क्रममा भत्कँदा ४० किलो क्यालोरी शक्ति निस्किएको भेटिन्छ। जबकि हाल सम्मकै अत्यन्त अस्थिर र विस्फोटक मानिने एक आणविक तौलको नाइट्रोजन क्लोराईड विस्फोट हुँदा मात्र ३८ किलो क्यालोरी शक्ति निस्कन्छ। एक जीवित अस्थिर प्रोटिन मर्दा आउने यति ठुलो शक्तिको श्रोत के हो भन्ने उत्तर विज्ञानले भेट्टाई रहेको छैन।

 

पदार्थको केमिकल म्याटर अस्थिर रहेर हुने विस्फोटको नतिजा कि त चर्को आवाज, कि ताप शक्ति, कि निकै चम्किलो प्रकाश वा तिनीहरूको मिश्रण हुने गर्छ। जिबनको अन्तिम पलमा जीवित अस्थिर प्रोटिन मर्दा आउने शक्ति आन्तरिक रूपमा प्रोटिन तथा चिल्लो पदार्थको एसिड, बेस, साल्ट, हेबी मेटल सँग केमिकल परिवर्तनमा सरिरले खर्च गर्ने र देहावसानको समयमा छिटो भन्दा छिटो जीवित सेल लाई मृतुदान दिन उपयोगमा आउने हुदा सम्पूर्ण शरीरले अरामदाई मृतुको बाटो समात्ने बुझाइ छ विज्ञानको।

 

सुक्ष्म रूपमा हेर्दा वीर्य र डिम्ब संयोजन भई गर्भ बन्दै गर्दा सूर्यको किरण बाट जर्म सेल लाइ प्राप्त हुने शक्ति  गर्भ लाई जीवन्त राख्न जरुरी जीवन्त शक्ति निर्वाणमा खर्च भइरहेको अनुमान लगाउन सकिन्छ। सोमेटिक सेलहरुबाट शरीरका अङ्गहरू छाला, हड्डी, रगत, मुटु आदि बन्ने क्रममा उक्त अंग हरु नियमित संचालनमा जरुरि हुने बाहेकको शक्ति शरिरको कन्सियसनेस क्षमता अथवा चेतना निर्वाणमा खर्च हुने गर्छ। जुन प्राणीमा भौतिक शरीरका अतिरिक्त प्राण र चेतना रहने  वैदिक मान्यताको पुष्टि हो। उक्त पुष्टि लाई विज्ञानको हिसाबमा तर्क गत पुष्टि रहेकोले पूर्ण स्वीकृतिको लागि गणितीय सिद्धान्त बाट समेत पुष्टिको जरुरत रहने मान्यतामा रहेको छ।

 

जीवको अस्तित्व निर्माण देखि भौतिक पदार्थ निर्मित स्थूल शरीर नमर्दा सम्मको बिन्दु सम्म जीवन लाई जीवन्त राख्ने प्राण शक्ति र चेतनशिल राख्ने चेतना लाई  अभिछिन्न रुपमा भौतिक सरिरमा जोड़ीई राख्न समेत बिरुवाले सूर्यको किरण बाट प्राप्त शक्तिनै  स्टिम सेलले उपयोग गरिरहेको देखिन्छ।

 

मृत्युको बिन्दुमा नियमित जीवन सञ्चालन शक्ति, कोशिकामा सञ्चय रहेको शक्ति, जीवन्त / प्राण शक्ति (प्राण) र चेतन शक्ति (कन्सियसनेस) युक्त रहेको शरीरको सजीव भाग त्यही निर्जीव भागमा रहेको बचेखुचेको सञ्चालन र सञ्चय शक्ति भन्दा धेरै रहनु आश्चर्य जनक ठानिनु पर्ने अवस्था होइन।

 

मरेको र जीवित जीवमा रहने फरक भनेको जीवित कोषिकामा सानासाना इनर्जीका विन्दुहरुलाई एक अनौठो प्रक्रियाबाट निश्चित हार्मोनीमा सञ्चालन गर्ने शक्तिको उपस्थिति रहन्छ। यसलाई आयुर्वेदमा जीवन्त शक्ति (वायु वा प्राण वा लाइट) भनिन्छ ।

 

क्वान्टम फिजिक्सले जीवन्त शक्तिलाई इन्फर्मेसन भन्ने गरेको छ। जीवित रहँदा सम्म उक्त जीवमा चेतनाको अनुभूति दिलाउने चेतनशीलताको समेत संयोजन रहन्छ। जुन मृत्युको क्रममा शक्तिकै रूपमा शरीर बाट बाहिरिने गर्छ। मृत्यु प्रक्रियामा आत्मा शक्ति वा प्राण र चेतन शक्ति ब्रमाण्डमा नै फर्कनुको बिकल्प देखिदैन।

(उद्यमशीलताको विकासको लागि जरुरी हुने सिप प्रविधिको संसारभर हस्तान्तरणको नेतृत्व गर्दै आएका क्यानडा निवासी घिमिरे उन्नत अनुसन्धानमा संलग्न खाध्य तथा औषधि विज्ञ हुन।)

WRITE COMMENTS FOR THIS ARTICLE