मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अमेरिकामा मोदीले दिए गौतमबुद्धबारे नेपालबिरुद्ध सुनियोजित भ्रम

नेपालको संसदमा गौतम बुद्ध नेपालमा जन्मिएको भन्दै पटकपटक दोहोराएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अमेरिकामा नेपालबिरुद्ध अराजक अभिब्यक्ति दिएका छन् । विश्वलाई नै शान्तिको मार्गमा हिडाउने गौतम बुद्ध नेपालका नभई भारतका भएको हावादारी दावी गरेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित सनजोश साप सेन्टरमा आयोजित कार्यक्रममा बोल्दै मोदीले बुद्धले भारतमा ज्ञान प्राप्त गरेको समेत बताए । गौतम बुद्धको बारे विभिन्न समयमा अनेकौँ भ्रम फैलाउँदै आएको भारतले यस अघि नै भारतमा नक्कली लुम्बिनी बनाएर कुख्याती कमाइसकेको छ । गौतम बुद्धको जन्मस्थललाई लिएर यसअघि पनि भारतले पटकपटक सुनियोजित रुपमा भ्रम फैलाउँदै आएको छ । केहि समयअघि गौतम बुद्धको जन्मस्थल बारे भ्रम फैलाउने प्रकृतिको टेलिसीरियललाई नेपालमा प्रतिबन्ध लगाइएको थियो ।

Screen Shot 2015-09-21 at 9.19.22 PM

WRITE COMMENTS FOR THIS ARTICLE