मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कस्ता छन् आजको मन्त्रिपरिषदको निर्णयहरू – सरकार झुक्यॊ : हेरु इंडिया के गर्छ

सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले वार्ताको वातावरण बनाउन आफ्नातर्फबाट सबै आवश्यक कदम चालिसकेको बताउँदै आन्दोलनरत दलहरूलाई नाकामा अवरोध पुर्‍याउनेलगायतका कडा कार्यक्रम बन्द गरी स्थितिलाई सहजीकरण गर्न अपिलसमेत गरेको छ। आन्दोलनरत दलहरूलाई वार्तामा ल्याएर तराईलाई शान्त पार्न सरकारले आन्दोलनका क्रममा पक्राउ गरेका सबै आन्दोलनकारीलाई बिना शर्त रिहा गर्ने लगायतका निर्णय आजको मन्त्रिपरिषदको बैठकले गरेको छ।

सरकारको निर्णय:

  • बिहीबार बसेको बैठकले आन्दोलनका क्रममा पक्राउ गरिएका सबै आन्दोलनकारीलाई रिहा गर्ने
  • मधेस केद्रीत दललाई विरोध कार्यक्रमलाई शान्तिपूर्ण बनाई तराईको तनावपूर्ण स्थितिलाई सामान्य बनाउन अपिल गर्ने।
  • भारतीय नाकामा जारी अघोषित नाकाबन्दी फिर्ता गराई आपूर्ति व्यवस्थालाई सहज बनाउनससमेत भारत सरकारसित विभिन्न तहमा कूटनीतिक संवादलाई तीव्र बनाउने
  • सरकारले वार्ताको वातावरण बनाउन मधेस आन्दोलनका क्रममा मारिएका सबै व्यक्तिका परिवारलाई सहिदको परिवार सरह १०/१० लाख रुपैयाँ दिने
  • घाइतेको निःशुल्क उपचार गर्ने
  • तराईमा परिचालित सेना फिर्ता गर्ने
  • कर्फ्यु र निषेधाज्ञा फिर्ता गर्ने
  • प्रमुख तीन दलद्वारा गठित वार्ता समिति र मधेस केद्रीत दलहरूबीच सुरू भएको संवाद र छलफलका क्रममा राजनीतिक मुद्दामा हुने सहमतिलाई संविधान संशोधनमार्फत् पूरा गर्ने प्रतिबद्धता

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE