मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नयाँ शक्ति समाजवादको यात्रामा निस्कन्छ – डा.भट्टराई

बाबुरामको पूरा मन्त्वय सुन्नको लागि यहाँ क्लिक गर्नुहोस्

https://soundcloud.com/sajhapost/baburam-bhattarai-speech-about-new-power-at-marxist-study-centre?

मार्क्सवादी अध्ययन केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भने, ‘इतिहासको एउटा यात्रा सकियो, एउटा कालखण्ड हामीले पूरा गरेका छौं । अब नयाँ गन्तव्यको लागि रेल वा जहाज अगाडि बढ्दछ ।’ उनले एउटा रेल अन्तिम स्टेशनमा आइपुगेको र अब नयाँ गन्तव्यको लागि नयाँ रेल वा जहाड चढेर अगाडि बढ्नुपर्ने बताए । ‘नयाँ यात्रामा निस्कँदा पुराना साथीहरु छुट्न सक्छन्, केही समय अन्यौल हुनसक्छ,’ एमाओवादीका पूर्व वरिष्ठ नेता बाबुरामले भने, कहिलेकाँही एक्लै हिँड्नुपर्ने पनि हुन्छ तर, बिस्तारै साथी भेटिँदै जान्छन् र यात्रा रोचक हुँदै जान्छ ।’ उनले अब अहिलेसम्मको यात्राभन्दा पनि लामो समाजवादको यात्रा हुने उनले बताए । ‘भनिन्छ, हजार माइलको लामो यात्रा एक पाइलाबाट सुरु हुन्छ । अब आर्थिक विकास र समृद्धि हासिल गर्दै समाजवादसम्मको यात्रामा रेल निस्कन्छ,’ उनले भने, ‘अब यो यात्रा रोकिन्न ।’

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE