“र” को आग्रहमा उठेका सुशील रातभर अग्राख नपलाएपछि हारे : मोदी, नेपाली कांग्रेस र बाबुराम बने नेपालको नयाँ संविधान घोषणाका सहिद

भारतले रोक्न खोज्दाखोज्दै सुशील कोइरालालाई पराजित गर्दै एमाले अध्यक्ष केपी शर्मा प्रधानमन्त्रीमा निर्वाचित प्रधानमन्त्री बन्न सफल हुँदा कांग्रेसकै नेता र धेरै नागरिक खुशी हुनुभएको विश्लेषण गर्न सकिन्छ। रातभर अग्राख नपलाएपछि उहाँ कांग्रेस उम्मेदवार हुनुभएको हो । किनकी भारतीय हस्तक्षेप बढिरहेको अहिलेको अवस्थामा उसको चाहना अनुसार कोइराला आउनुभन्दा उसले नचाहेको ओली नै ठीक भनेर एमालेका नेता कार्यकर्ता र समर्थन गर्ने दल मात्र होइनन कांग्रेसकै नेता र धेरै नागरिकले भन्दै आएका थिए । त्यसैले धेरैनागरिकको भावना अनुसार ओली प्रधानमन्त्री बन्न सफलभए ।
आफ्नो अडानबाट पछि नहट्ने हठी स्वभावका ओलीले केही गर्छन् भन्ने धेरैको विश्वास छ । तर राजनीतिमा कहिलेकाहीँ यस्तो स्वभावले मात्र काम गर्दैन । कुनै ठाउँमा लचिलो हुन पनि सक्नुपर्छ ।प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको उम्मेदवारीको प्रस्ताव गर्दै सरकार निर्माणको क्रममा काग्रेस नराम्रोसँग चुकेको, १६ बुँदे सहमति गर्दा संविधान घोषणा सुशील कोइरालाको नेतृत्वमा र घोषणापछि एमालेको नेतृत्वमा सरकार बनाउने स्पष्ट भाषा उल्लेख भए पनि सुशील कोइरालाले दलहरुलाई विभाजित गरेर बर्बादगर्ने भारतीय नीतिको शिकार भएर उम्मेदवार दिनु बिडम्बना पूर्ण भएकोले तेर्फा इंकित गर्दै तेसमा आफूलाई दुख लागेको बताए ।
नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मन लागेको कुरा बोल्दा त्यसको मुल्य आफूहरुले चुकाएको दावी गरेका छन । पौडेलले संविधानसँग सरकारलाई जोड्ने कुरा र लोकतन्त्रलाई सहमति जोडने कुरा खिचडीतन्त्र बनाउने खेल भएको भन्दै लोकतन्त्रमा भाग शान्ति जयनेपाल गर्ने कुरा राष्ट्रको हितमा हुन नसक्ने ठोकुवा गरे ।उनले प्रचण्डप्रति लक्षित गर्दै चार गाँउ ल्याउने जंगबहादुर हिरो कि अग्रजेको दलाल हुन ब्याख्या हुनुपर्ने बताए । यहाँ यो बुज्नु जरुरिछकि प्रचण्ड अमेरिकन लबीका मानिन्छन ।
प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारीको सूचना दिदै ओलीले आफूलाई अशिष्ट, अनुदार जस्ता हल्ला चलाईएको भन्दै त्यस्ता भ्रमलाई ब्यवहारबाट नीति र क्रियाकलापबाट समाप्त पार्ने दृढता ब्यक्तगरे । ओलीले आफ्नो सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दा नेपाली जनताका आकांक्षा स्पष्ट पार्ने र सबैले महसुस गर्नेगरि समृद्धिको दिशामा तत्काल अगाडि बनाउने भन्दै त्यसबेला मतदान नगर्नेलाई बाडुली लाग्ने बताएका हुन । यसैबिच कांग्रेसको कोइरालाको उमेदबारीको सबंधमा देश विदेश बाट तिब्र असन्तोष प्रकट गरियेकोछ जसमा सामाजिक संजाल हरु मा प्रस्ट देखिन्थ्यो । घटनाक्रम हरुले अन्तत: मोदी, नेपाली कांग्रेस र बाबुराम नेपालको नयाँ संविधान घोषणाका सहिद सहिद बनाएको छ ।
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायत दलहरुको समर्थनमा उमेदबार बनेका ओलीले खसेको कुल मतमध्ये ओलीले ३३८ मत प्राप्त गर्नुभएको सभामुख सुवास नेम्वाङले घोषणा गर्नुभयो । मतदानमा ५८७ जना सांसद उपस्थित हुनुहुन्थ्यो । यस्तै अर्का उम्मेदवार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले २४९ मत प्राप्त गर्नुभएको छ । ओलीको पक्षमा नेकपा (एमाले)का १८३ सांसद, एकीकृत नेकपा (माओवादी) का ८३, राप्रपा नेपालका २५, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का १४ संसदले मतदान गर्नुभएको थियो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको १२, नेकपा (माले) ५, राष्ट्रिय जनमोर्चाको ३, नेपाल परिवार दलका दुई, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका दुई बहुजनशक्ति पार्टी एक, मधेस समता पार्टी नेपालका एक, नेपाः राष्ट्रिय पार्टी, नेकपा (संयुक्त)का तीन सांसदले पनि ओलीलाई मतदान गर्नुभएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर बधाइ दिदै भारत भ्रमणको निम्तो समेत दिएका छन् ।यसैबीच ओलीलाई बधाई दिन नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताई एमाले केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए । भारतीय विदेश मन्त्रालयले आइतबार जारी अघोषित नाकाबन्दीको विषयमा कुनै नगरिकनै विज्ञप्ति जारी गर्दै मोदीले नेपालका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिलेर काम गर्ने प्रस्ताव गरेको जनाएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE