मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

राष्ट्रपतिले काग्रेस सभापतिलाई फोन गरेर भने,‘ मलाई फेरि मौका दिनुस’

राष्ट्रपतिको निर्वाचन नजिकिदै जाँदा राजनीतिक दलहरुवीच भावी राष्ट्रपतिको विषयलाई लिएर छलफल, बहस र विवाद चरमोत्तकर्षमा पुगेको बेला बर्तमान राष्ट्रपति डा. रामबरण यादवले पुनः राष्ट्रपति बन्ने ईच्छा जाहेर गरेका छन ।
आज उनले नेपाली काग्रेसका सभापति सुशील कोइरालालाई टेलिफोन गरेर आफ्नै कारण संविधान आएको र आफूले निर्वाह गरेको सहजकर्ताको भूमिका कारण अब यसको कार्यानवयनमा आफ्नो भूमिका अझै महत्वपूर्ण हुने भन्दै आफूलाई पुन जिम्मेवारी दिन आग्रह गरेका थिए ।
स्रोतका अनुसार यादवले आफू पुन राष्ट्रपति भए संविधानको कार्यान्वयन सहज हुने र आफूले निर्वाचन जित्ने आधार समेत रहेको दावी गरेका थिए ।
काग्रेसभित्र केवी गुरुङ्ग, प्रभुनारायण चौधरी र चित्रलेखाको नाममा छलफल भईरहेको बेला राष्ट्रपति यादवले टेलिफोन गरेर,‘सुशील जी मलाई फोरि मौका दिनुस म जितेर देखाई दिन्छु ।’ भनेर भनेको स्रोतले जानकारी दिएको छ ।
यादवले आफूलाई पुन उम्मेदवार बनाए आफू पहिलो राष्ट्रपति निर्वाचनकै समिकरणबाट चुनाव जित्ने दाबी गर्दै आफू उम्मेदवार बने अहिले देखिएको सत्तारुढ गठबन्धन भन्दा निर्वाचनमा फरक गठबन्धन बन्ने दावी समेत गरेका थिए ।
स्रोत अनुसार अहिलेको सत्तारुढ गठबन्धनका कारण मधेसी कुनै पनि महत्वपूर्ण पदमा पुग्न नसक्ने स्थिति रहेकोले अहिले भारत र मधेस केन्द्रीत दलहरु जसरी पनि मधेसीलाई राष्ट्रपतिमा निर्वाचित गराउनु पर्ने योजनामा रहेका छन । यादव निर्वाचनमा पुन उम्मेदवार बने मधेसी मोर्चाले पनि मतदान गर्ने अवस्था रहेको छ ।Screen Shot 2015-09-21 at 9.10.58 PM

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE