मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

चिनियाँ मिडियाले केपी ओलीलाई ‘चीन निकट’ भने पछि भारतीय हरुमा खैलाबैला

चिनियाँ मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘चीन निकट’ को संज्ञा दिएपछि भारतीय मिडियामा खैलाबैला मच्चिएको छ । चर्चित चिनियाँ पत्रिका ग्लोबल टाइम्सले प्रधानमन्त्री ओली र उनको पार्टी ‘प्रो–चाइनिज’ रहेको बताएको छ ।
Pro-chinese
पत्रिकाले ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बन्ध सुधारको प्रयास कायम राखेको भएपनि ओलीले चीनसँग अझ प्रगाढ सम्बन्ध कायम गर्न खोजी रहेको’ दाबी गरेको छ । ग्लोबल टाइम्सलाई ‘आधिकारिक चिनियाँ मिडिया’ को संज्ञा दिँदै उक्त समाचारलाई विभिन्न भारतीय मिडियाहरुले प्राथमिकताका साथ प्रकाशन गरेका छन् । उक्त पत्रिकामा ‘बेइजिङ मैत्री गठबन्धन सत्तामा आएसँगै नेपाल चीनतर्फ नजिक’ आशयको समाचारमुलक विश्लेषणमा भनिएको छ, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हालेसँगै छिमेकी राष्ट्रहरुसँग सम्बन्ध मैत्रीपूर्ण बनाउने प्रयास गरेका छन् ।
Main News
यसले दक्षिण एसियाली राष्ट्रहरुमा कुटनीतिक परिदृश्य बदलिएको छ । भारतसँग निकट बन्नुको सट्टा अहिले नेपाल भारत र चीनबीच सन्तुलन कायम गर्न खोजिरहेको छ । यद्यपि, ओली नेतृत्वको सरकारले बेइजिङसँग निकट सम्बन्ध राख्ने अनुमान गरिएको छ ।’ नयाँ सरकार गठन भएको पाँच दिनपछि लेखिएको उक्त समाचारमा नेपाली कांग्रेसलाई भारतनिकट तथा ओली र नेकपा–एमालेलाई चीननिकटको संज्ञा दिइएको छ । उक्त समाचारमुलक विश्लेषण बेइजिङ इन्टरनेसनल स्टडिज युनिभर्सिटी अन्तरतको भारतीय अध्ययन केन्द्रका कार्यकारी निर्देशक सु लियाङले लेखेका हुन् । यो चिनियाँ सरकारले चलाएको विश्वविद्यालय हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE