मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

भोलि विजयादशमी टीकाको शुभसाइत ८.४१बजे बेलुकी

Screen Shot 2015-10-21 at 7.58.03 PM
अक्टोबर २१, २०१५ – आश्विन शुक्ल दशमीका अवसरमा भोलि  अक्टोबर २२, २०१५  क्यानाडा भरि नेपाली समुदायमा उत्साह पुर्बक विजयादशमी पर्व मनाइँदैछ । नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका जमरा ग्रहण गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार यस वर्ष महानवमी र दशमी(विजयादशमी) एकै दिन परेको छ । यस वर्ष  क्यानाडाको ८:३१ बजे बेलुकी देवी विसर्जन र ८.४१बजे बेलुकी  टीकाको शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ ।

असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनबाट टीका तथा आर्शिवाद लिने गरिन्छ । दसैँका अवसरमा नविन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ ।

 

दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE