मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

महाभुल गरेछु भनेर सार्वजनिक रुपमा भन्ने अवस्था प्रचण्डलाई भविस्यमा नआओस: Shri Ram Neupane

मैले जिवनमा गिरिजावावुलाई रास्ट्रपती नबनाएर जुन भुल गरे त्यो भन्दा महाभुल के वि गुरुङलाई रास्ट्रपती नबनाएर गरेछु” भनेर सार्वजनिक रुपमा भन्ने अवस्था प्रचण्डलाई भविस्यमा नआओस भन्ने कामना गरौं ।
Screen Shot 2015-10-16 at 10.26.25 PM
प्रचण्ड-ओली गठवन्धनको वर्तमानका चुनौतीहरु :

१ भारतको भूमिका :

भारतसंग कुटनितिक रुपमा नभइ सिधा खुलेआम टक्कर लिनु प्रचण्ड-ओली गठवन्धन संकटमा पर्ने मुख्य कारण हुनसक्छ । कुटनितिक पहल चाल्ने दिशातर्फ अझै ध्यान नपुगेको हो कि ।

2 नेपाल-चिन विचको भौगोलिक विकटता:

कुटनितिक पहल विना नेपाली जनताको भारत विरोधी सेन्टिमेन्ट क्याच गर्ने उद्देस्यबाट प्रेरित भइ चिनबाट इन्धन लगायतका आवस्यक सामान आयात गरी शासन गर्छु भन्ने सोचमा वाधक बन्नेछ भौगोलिक अवस्था । चिनबाट नियमित रुपमा इन्धन लगायतका सामान आयत गर्न हिउदमा मात्र सम्भव छ त्यो पनि निस्चित परिमाणमा जुन वर्षातको समयमा असंम्भव छ ।

3 वैदेशिक सहयोग :

रास्ट्रपती, उपरास्ट्रपती, प्रधानमन्त्री, सभामुख , उपसभामुख लगायत सरकारमा एमाले र माओवादीले मात्र प्रतिनिधित्व गर्दा अन्तरास्ट्रीय समुदायमा विस्वासको वातावरण नबन्नसक्छ । कति देशलाई नेपाल कम्युनिस्ट शासन उन्मुख रास्ट्रको भान हुनसक्छ भने कतिलाई गणतान्त्रीक संविधान जारी भएपछी मुलुकको संक्रमणकाल साम्य पार्न नसकेको अस्थिर राजनितिक अवस्थामा वैदेशिक सहयोग दुरुपयोग हुनसक्ने संभावनाका कारण पर्ख र हेर को निती अवलम्वन गर्नसक्छन ।

4 आन्तरीक राजनिती :

देशको आन्तरीक राजनिती झन जटिल हुने देखिन्छ तराइको आन्दोलनका कारण । आगमी चुनावसम्ममा देशको आन्तरीक राजनितिमा ठुलै उथलपुथल हुने संकेत देखिन्छ । प्रचण्डले भने जस्तै माओवादी एमाले एकता भइ एउटै पार्टी भए भने माओवादिको एउटा तप्का, केहि स्वतन्त्र र केहि अन्य पार्टिका व्यक्ती समेत वावुराम तिर लाग्नेछ्न अनि वावुरामको नया शक्ती एकैपटक ठुलै पार्टिको रुपमा स्थापित हुनसक्छ । अर्को संभावना भनेको चुनाव पुर्व काङ्ग्रेस माओवादी र मधेसी गठवन्धनको सरकार पनि बन्न सक्छ । तर मुलुकको हितका लागी स्वतन्त्र चुनावी सरकार उपयुक्त हुनेछ ।
Screen Shot 2015-10-01 at 8.50.55 PM
5 नेपाली सेना

भारतले अहिले जुन रवैया प्रस्तुत गरिरहेको छ र तराइमा जुन प्रकारको आन्दोलन भैरहेको छ यसले निरन्तरता पाइरह्यो भने मुलुक गम्भिर आर्थीक संकटमा पर्ने निस्चित छ । गृहयुद्दको समेत संभावना हुनसक्छ जसलाई नियन्त्रण गर्ने वाहानामा नेपालमा सैनिक शासन लाग्नसक्छ ।

Engineer Shri Ram Neupane

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE