मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कुनै पनि कुरोको टुंगो नगरी चीन संग तेल आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर

imagesFailed Diplomacy

नेपालमा इन्धन आपूर्तिमा भारतीय एकाधिकार तोडिएको छ । नेपाल आयल निगम र चीन सरकारको  चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन (पेट्रो-चाइना) बीच बुधबार इन्धन आपूर्तिबारे व्यवसायिक सम्झौता भएको हो । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र पेट्रो चाइनाका उपाध्यक्ष झाङटोङले सम्झौतामा हस्ताक्षर गरे।  संसार को ईतिहासमै कतै देख्ने नपाईने गरि कुनै पनि कुरोको टुंगो नगरी एस्तो हावा सम्जौता भएको सम्बबत यो पहिलो सम्झौताहो। सम्झौतामा चीनबाट नेपालमा पेट्रोल, डिजल र अन्य पेट्रोलियम पद्धार्थ चीनबाट नेपाल ल्याउने उल्लेख छ र प्राविधिक विषयमा छलफल जारी छ ।

नेपालले  आवश्यकताको एक तिहाइ मात्र चीनबाट आपूर्ति गर्नेर चीनबाट लिने तेलको मूल्य भारतबाट ल्याउने तेलको आसपास हुनु पर्ने बताएको छ । चिनियाँ पक्षले मूल्य अन्तराष्ट्रिय बजार ले निर्धारण  गर्ने तर ट्रान्पोटेसनमा केही छूट गर्ने संकेत दिएको छ । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले एक साताभित्रै चीनबाट तेल आउन सक्ने बताएपनि कहिलेबाट र कति परिमाणमा तेल ल्याउने भन्ने थप खुलाइएको छैन ।

Press Release

 

RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE