मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपाल सरकारका उच्च तहका २२ हजार निजामती कर्मचारीले भारतबाट पैसा लिने गरेको

NYM

मंगलबार एक टेलिभिजनसँगको कुराकानीमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भने, ‘नेपाल सरकारबाट तलब खाएर पनि यहाँका अधिकृतदेखि विशिष्ठ श्रेणीका गरी २२ हजार निजामती कर्मचारीले भारतबाट पैसा खाइरहेका छन् । त्यही पैसाका कारण उनीहरुले भारतप्रति भक्तिभाव दर्शाउने काम भइरहेकोले अहिले नेपाली जनताले सास्ती भोगिरहेका छन् । भक्तिभावकै कारण सरकारले भारतको नाकाबन्दीको प्रतिवाद गर्न नसकिरहेको र तिनै कर्मचारी निर्णायक स्थानमा रहेकाले चीनलगायत अन्य देशबाट इन्धन ल्याउन ढिलाई भइरहेकोछ  । नेपालको निजामतीमा व्यापक रुपान्तरण आवश्यक रहेको  र भारतकाे पैसा खाने कर्मचारीबाट देश आत्मनिर्भरताको बाटोमा जान नसक्ने ठाेकुवा गरे ।

Korea

कोरियन रसियनको हरुसंग दसकौ देखि पैसा लिएर कोरियन रसियनको भक्तिभाव दर्शाउने मानिने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अमेरिकन र चाइनिज माफिया कर्मचारी बारे भने केही बोलेनन्  । उनले भारत, अमेरिकन, चाइनिज, कोरियन, रसियन  र  बेलयात बाट पैसा लिने नेता र पत्रकार को कुनै चर्चा समेत गर्न चाहेनन् । बिजुक्छेका अनुसार  २०६५ मा मधेसमा नेपाल सरकारले बिना सुझबुझ नागरिकता बितरण गरेर गरेको गल्तीको परिणाम अहिले भोग्न परिरहेको साथै भारतले प्रदर्शनकारीलाई नेपाल-भारतको दस गजाजस्तो संवेदनशील रक्सौल-बीरगन्ज सीमा क्षेत्रमा बस्न सघाएर गम्भीर गल्ती गरेको बताए । बिजुक्छेले तराईका भन्सार नाकामा इन्धन आपूर्ति गर्नमा अवरोध पुर्याउन खटिनेमा तराईका जनता नभई त्यहाँका जमिन्दार, भुँडीवाल सम्भ्रान्त वर्ग र सीमा पारिबाट पठाइएकाहरु मात्र रहेको दाबी गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE