मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

ज्ञान, सिप र प्रविधि हस्तान्तरण

संसारका १५ हजार जातिका वनस्पतिमध्ये ३ हजार ७ सय एरोमेटिक र मेडिसिनल मूल्य बोकेका छन् । नेपालका रैथाने सात हजार वनस्पतिमा १ हजार ५ सय त्यस्ता वनस्पति भेटिएका छन् र १ सय ४० भन्दा बढी औषधीय उपजको त सक्रिय कारोबार नै छ।

 

हालसम्मको नेपालका वनस्पतिको अध्ययन चाहिँ आयुर्वेदिक महत्त्वलाई ध्यानमा राखी गरिएको छ । ती वनस्पति उन्नत अनुसन्धानको सिजनिङ, सेनिटरी क्लिनर, जैविक विषादी आदिमा पनि उपयोग हुन सक्छ । नयाँ पुस्ताले पछि विकास गर्ने हरेक कुरामा कतै न कतै उपयोग भइहाल्छ।

 

मेटेरिया मेडिका अफ आयुर्वेदले भनेको छ, संस्कृतमा त्यस्तो कुनै एक अक्षर छैन, जुन मन्त्र नहोस्, यो पृथ्वीमा त्यस्तो कुनै जरा छैन, जसको खाना वा औषधि नहोस।

 

नेपालको विकासमा कायापलट आउने गरी प्रभाव दिन सक्ने कुनै क्षेत्र छ भने त्यो एरोमेटिक र मेडिसिनल भ्यालु बोकेका वनस्पति र जीवाणु नै हुन। नेपाल भविष्यको मेडिसिनल र एरोमेटिक पकेट क्षेत्र मानेको हो।

 

सन् २०१४ को तथ्याङ्क विभागको भूमिसम्बन्धी डाटाअनुसार जम्मा १ लाख ४७ हजार १ सय ८० वर्ग किलोमिटर क्षेत्रफलको २.६ प्रतिशत पानी छ भने लगभग २३ हजार ५ सय ७० वर्ग किलोमिटर भनेको १६ प्रतिशत खेती गरिएको जमिन छ । खेती गरिएको जमिनमध्ये आधामा मात्र सिँचाइ सुविधा छ।

 

यसरी हिसाब गर्दा मात्र ८ प्रतिशत  जमिनमा पुस्तौँपुस्तादेखि हाम्रो सारा कृषिको जोड बल थुपारिरहेका छौँ। १६ प्रतिशत खेतीयोग्य भनी मानिएको जमिनमा हाम्रो राष्ट्रको ८० प्रतिशत कृषिको लगानी घोप्टाए पनि कृषकको जीवनपद्धति उँभो लागेन।

 

हाम्रा सरकार र नीति निर्माताले त्यसको उपचारको विकल्प खुट्ट्याउन सकेका छैनन। जङ्गल भनिएको २४ प्रतिशत र अन्य भनिएको ४४.०८ प्रतिशत गरी जम्मा ६८.०८ प्रतिशत भूभाग जस्ता छन्, त्यस्तै अवस्थामा सजिलै उम्रने र हुर्कने आयुर्वेदिक, मेडिसिनल, सेनिटरी क्लिनर, एरोमेटिक फुड, फुड सप्लिमेन्ट र अन्य एस्सेसरिज बोयोप्रडक्टको सम्भावना बोकेका वनस्पति र जीवाणुहरूको भ्यालु पहिचान, प्रशोधन र व्यावसायिकीकरण मार्फत राष्ट्रलाई धनी बनाउन सक्ने अवसरको स्वर्ण धर्ती हो।

 

 

क्यानडा र अमेरिकी क्षेत्रमा खाद्य र प्रविधिको नयाँ नयाँ सूचनाका आधारमा भन्नु पर्दा आजभन्दा २० वर्षपछिका मानिसका लागि चाहिने लत्ताकपडा, औषधि र खानपिनको मुख्य आधार माथि भनिएको ६८.०८ प्रतिशत भूभागको वातावरणलाई बिग्रन नदिई पूर्ति गर्न सकिने वनस्पति र जीवाणु हुन सक्छन।

 

नेपालको विकासमा कायापलट आउने गरी प्रभाव दिन सक्ने कुनै क्षेत्र छ भने ती एरोमेटिक र मेडिसिनल मूल्य बोकेका वनस्पति र जीवाणु नै हुन।

हाम्रो अनुमानमा  सरकारको उचित सहयोग र ध्यान पुग्ने हो भने ५-७ वर्ष भित्रै नेपालको हालको प्रशोधित  ७५% कृषि जतिबुटि, आयुर्वेद र खाद्यपदार्थ आयात प्रतिस्थापन गर्न सकिन्छ।

 

नेपालमा ‘ब्रेन ड्रेन’ र “‘रिभर्स ब्रेन ड्रेन” को चर्चा हुन थालेको लामो समय भइसक्यो । खास गरी राजा महेन्द्रकै पालादेखि नै “‘ब्रेन ड्रेन” र “‘रिभर्स ब्रेन ड्रेन” का नाममा विदेश पढेका आफ्ना अनुचरहरूलाई महत्त्वपूर्ण ओहोदा दिँदै जबर्जस्ती “‘थिंक ट्याङ्क” को बिल्ला भिराइएकै हो।

 

राजा संवैधानिक भएपछि पनि त्यो सिलसिला रोकिएन । विदेशमा आफ्नो विषयमा उल्लेखनीय काम गरी सक्षमता देखाएको होइन कि विदेश पढेका तर के गरौँ कसो गरौँ भनी भौँतारिइरहेका आफ्ना दलका आसेपासेलाई इज्जतपूर्वक पुनः नेपालमै स्थापित गराउन दुरुपयोग भएको नतिजा हाम्रो सामु छर्लङ्गै छ।

 

त्यसको निरन्तरता स्वरूप हालसम्म पनि “‘रिभर्स ब्रेन ड्रेन” नेपालको “‘एनी हाउ, पैसा कमाऊ” राजनीति–धन्दाको एउटा पाटो बनेकै हो। त्यसैले पनि यसलाई हालसम्म मात्र नेताका मुखका कुरामा सीमित राखियो । तर, औपचारिक रूपमा घोषणा गरी कहिल्यै अगाडि बढाइएन । यस मामलामा सरकार गम्भीर पनि देखिएन।

 

विगतमा नेपाल र भारतले गरेजस्तै “‘विज्ञहरू स्वदेश फर्क अनि देश बनाऊ, तिमीलाई जन्माउन, हुर्काउन र स्कुल–कलेजसम्म पढाउन राज्यले लगानी गरी गुन लगायो। त्यसकै पैँचो तिरिने गरी बिना प्रतिफल राष्ट्रको सेवा गर” भन्ने मन्त्र कामयाबी हुने छैन । विज्ञहरू स्वदेश फर्कँदैमा बिना साधन र उचित अवसर देश बन्दैन पनि।

 

विभिन्न देशका अनुभवबाट सिकिएको पाठ के हो भने सम्बन्धित देशको राजनीतिक तरलता, अपर्याप्त प्रविधि, जनता र कर्मचारीतन्त्रको उदासीनता, साह्रै कम पारिश्रमिक, स्थानीय कामदारसँग हुने वैमनस्यता, आफ्ना पति–पत्नी र बालबच्चाले गुमाउने अवसर आदि स्थायी रूपमा बिदेसिएका विज्ञ फर्काऊ मिसनको जटिल चुनौतीका रूपमा रहेका छन। ती चुनौती परिपूर्तिमा राष्ट्रले निकै महँगो मूल्य चुकाउनुपर्ने तर त्यसैअनुसारको प्रतिफल भने नहुने प्रमाणित नै भइसकेको हो।

 

आज नेपालमा हल्ला गर्ने हैन चुपचाप आफ्नो हैसियतले भ्याए र पुगे सम्म नेपाल बाहिर काम र व्यवसायमा रहेका, नेपालमा हस्तान्तरण गर्न योग्य सीप र ज्ञान समेत आर्जेका तर अन्ततः नेपाल नै फर्कने अनिश्चितता रहेका जनशक्तिको सीप, ज्ञान र  प्रविधिलाई नेपाल भित्र्याएर मातृभूमिको निस्स्वार्थ सेवा गर्ने अभियानको जरुरी महसुस भएको छ।

 

विशेष गरी क्यानडा र अमेरिकी क्षेत्रमा रहेको ज्ञान,  सिप र प्रविधि भर्चुअल रिटर्नको विकल्प मार्फत नेपाल भित्राउने अभियान अन्तर्गत हामी समर्पित बनेका हौ।

 

 कार्यक्रमको पहिलो खुड्किलो  

कार्यक्रमको पहिलो खुड्किलो अन्तर्गत नेपालमा विद्यमान  सिप, ज्ञान र  प्रविधिको खाडल र खाडल पूर्ति गर्नको लागि गर्न सकिने सम्भावित विकल्प हरू बारे जन चेतना जगाउने हुने छ।

 

जस अन्तर्गत नेपालका विभिन्न मिडिया हरुमा आफ्नो विचार, लेख र प्रतिक्रिया हरू उपलब्ध गरेर भर्चुअल अभिमुखीकरण र समाचार सम्प्रेषणको कार्य हरू नियमित गरिनेछ।नेपालजस्तो मुलुकको विकासका लागि मुलुकलाई स्थानीय कच्चा पदार्थ र श्रममा आधारित उद्यमशीलतामार्फत हाताहाती प्रतिफल दिलाउन सक्ने धेरै ईनोभेटिब कम्पनी र संस्थाहरूको स्थापनाको विकल्प छैन।

 

हाल नेपालमा ईनोभेटिब कम्पनी र संस्था हरुको अनिबार्य स्थापना खट्किएको छ। स्थापनाको अनिवार्य पूर्वाधार भनेको नेपालमा इनोभेसनको कल्चर स्थापना गर्नु हो। जसको लागि  नेपाल स्थित प्राविधिक शिक्षालय, विश्वविद्यालय र अन्य रिसर्च संस्थाले ईनोभेटिब कम्पनी र संस्थाका लागि पर्याप्त मात्रामा दक्ष तथा अर्धदक्ष जनशक्ति उपलब्ध गराउन सक्नु हो।

 

मुलुकमा विद्यमान हालको तालिम र शिक्षण प्रक्रिया मुलुकको आवश्यकताको पूर्ति गर्न सक्षम नदेखिएकाले पाइलट प्रोजेक्टको रूपमा सामुदायिक नलेज इन्कुबेसन र प्रविधि हस्तान्तरण निकायहरूको भ्रूण स्थापना गर्न जरुरी देखिएको छ।

 

मुलुक भित्र आवश्यक ईनोभेटिब कम्पनी र संस्थाहरूको स्थापना र प्रवर्धनको लागि राष्ट्रिय नलेज एन्ड पार्टनरसिप ब्रिजेज कार्यक्रमहरू सशक्त हुनु जरुरी छ।

 

मुलुक भित्र मुलुककै स्थानीयतामा आधारित कृषि जन्य उधम विकासको लागि स्थानीय स्तरमा प्राविधिक शिक्षालय र विश्वविद्यालय मार्फत सिप हस्तान्तरण गरिने र स्थानीय उधम्सिलता प्रवर्धनमा स्टार्टअपका लागि जरुरी हुने प्राविधिक ज्ञान र इनोभेटिब कच्चा पदार्थ उपलब्ध गराउने निजी क्षेत्रको सहभागिता रहेको स्थानीय आइडिया इन्कुबेटरर्स स्थापनाको जरुरी देखिन्छ।

 

जब स्थानीय उद्यमशील उद्यमीहरूसँग मिलेर प्राविधिक शिक्षालयहरूले मुलुकको सन्दर्भमा कस्ता–कस्ता उद्यम विकास गर्न सकिएला भनी गृहकार्य गरिन्छ, तब स्थानीय वातावरणमा जरुरी हुने सीपमूलक तालिम प्याकेजको विकास हुन्छ।

 

आफ्नै हावापानी, माटो र उपलब्ध कच्चा पदार्थ र सीप सुहाउँदो पाठ्यक्रमका प्याकेजहरूले स्थानीय स्तरमा सक्षम र ईनोभेटिब उद्यमहरूको विकास गराउँछ। विकसित मुलुकहरूको उन्नतिको राज को-कॄएसनले दिने उद्यमशीलताको फाइदा नेपाल पनि उठाउन सक्ने छ।

 

कार्यक्रमको दोश्रो खुड्किलो

नेपालको उधमशिलताको लागि कृषि र हर्बल क्षेत्रको इनोभेटिभ बडि अफ नलेज स्वदेसी तथा बिदेसी संघ संस्था हरुको समेत सहयोगमा नेपाल भित्राउन को कॄएसन इनोभेटिभ इन्कुबेटरको रुपमा नेपाल भित्र्याउन जरुरि बनेको छ। एकातर्फ प्राबिधिक र भोकेसनल तालिम प्याकेजको बिकाश गर्न  जरुरि छ भने अर्को तर्फ को-क्रिएसनमा आधारित इनोभेसनमा प्रतक्ष योगदान दिन।

 

उक्त प्रयास लाई सार्थक बनाउन क्यानडाको टोरन्टोमा आफ्नो फुट प्रिन्ट स्थापना गरेको निजी सिप, ज्ञान र  प्रविधि हस्तान्तरण र आइडिया इन्कुबेसन सेक्टरमा कार्यरत “स्कुल अफ डिसरप्टिव इनोभेसन टोरन्टो” सँग तलको उद्देश्य प्राप्तिको लागि मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ सहित सहमति बनेको छ।

 

 

मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ

को-क्रिएसन मा आधारित इनोभेसनका लागि नेपाल स्थित उद्योगहरु संगको सहकार्य (को-कॄएसन)मा ऊधोगहरुमै व्यावहारिक अनुसन्धान गरिने छ।

 

उद्योगहरुमा हुने तेस्ता को-कॄएसन आफ्नै मुलुकभित्र बजार जमाइरहेका अन्तर्राष्ट्रिय कम्पनीका उच्च इनोभेटिभ उत्पादन सकेसम्म स्थानीय रुपमै उपलब्ध कच्चा पदार्थ र जनशक्तिको प्रयोगबाट प्रतिस्थापन गर्ने उदेश्य लिईने छ।

 

स्थानीय स्तरमा उच्च इनोभेटिभ उत्पादनको को-कॄएसन गर्ने क्रममा अनुसन्धान मार्फत नयाँ सूचना, निर्माण तरिका र प्रविधिको पहिचान हुनेछ।

 

स्थानीय अनुसन्धानले यसरी विकास गरेका बस्तु र सेवा बजारमा उपलब्धभन्दा उच्च गुणका, कम मूल्यमा अतिरिक्त सेवा दिने गरि बजार पठाउन सकिने प्रकृतिको हुने छ। र अन्तत: विदेशी सीप र ज्ञानको हस्तान्तरण होइन कि प्रविधिको उन्नत परिमार्जनबाट स्थानीय रुपमै इनोभेटिभ उत्पादन सम्भव तुलाइने छ।

 

प्राबिधिक र भोकेसनल तालिम प्याकेजको लागि मुलुक भित्रकै अनुभवका आधारमा मुलुकमा आयात प्रतिस्थापन गर्ने नियतले प्राविधिक शिक्षालयहरुले बनाउने हरेक पाठ्यक्रम स्थानीय स्तरमै सञ्चालनमा रहेको इनोभेटिभ उद्योगहरुको सहयोगमा विकास गर्नको लागि सहयोग पुराउने गरि संयोजन गरिने छ।

 

जब स्थानीय उद्यमशील उद्यमीहरुसँग मिलेर प्राविधिक शिक्षालयहरुले मुलुकको सन्दर्भमा कस्ता–कस्ता उद्यम विकास गर्न सकिएला भनी गृहकार्य गर्छ, तब स्थानीय वातावरणमा जरुरी हुने सीपमुलक तालिम प्याकेजको विकास हुने छ।

 

ताकि आफ्नै हावापानी, माटो र उपलब्ध कच्चा पदार्थ र सीप सुहाउँदो पाठ्यक्रमका प्याकेजहरुले स्थानीय स्तरमा सक्षम र इनोभेटिभ उद्यमहरुको विकास गराउन टेक्नोलोजी ट्रान्सफरको अन्तराष्ट्रीय हबको रुपमा उल्लेखनीय भूमिका खेल्ने छ।

 

मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङको उदेश्य

 

१) मुलुकमा आयात प्रतिस्थापन गर्ने नियतले स्थानीय उद्यमशील उद्यमीहरुसँग मिलि मुलुक भित्रै उत्पादित कच्चा पदार्थ र उपलब्ध जनशक्तिको सदुपयोग बाट सम्भाव्य देखिएको कृषि तथा बनका उपजमा आधारित उद्यमको पहिचान गरि स्थानीय स्तरमा जरुरी हुने सीप, ज्ञान र प्रविधिको हस्तान्तरण गर्न आवश्यक सम्पूर्ण गतिविधिमा सहभागी हुने।

 

२) नेपालका रैथाने जिबाणु, जतिबुटिजन्य तथा खाध्य, औसधि, आयुर्बेद, जैविक मल, बिषादी, बैकल्पिक उर्जा र अन्य क्षेत्रमा नमुना उधमसिलता बिकाश गर्ने, प्राबिधिक शिक्षालय र प्राबिधिक तथा आयुर्बेद बिश्वोबिध्यालयहरुमा उधमशील पाठ्यक्रम बिकाशको प्याकेज बिकाश गरि स्थानीय कृषी उधम्सिलाताको जनशक्ति उत्पादन गर्न सहयोगी भूमिका खेल्ने।

 

३) नेपाल अधिराज्य भरनै मागका आधारमा निजि लगानीको आइडिया इन्कुबेसन, को-क्रिएसन तथा औधोगीक इनोभेसनको विस्तार गर्न जरुरि पुर्बधारको रुपमा स्कुल अफ डिसरप्टिब इनोभेसन नेपालको आफ्नै अनुसन्धान लेबरोटरिज, आयुर्वेदिक तथा जतिबूटि प्रसोधन र इनोभेसन केन्द्र स्थापना गरि संचालन गर्ने।

 

४) स्टार्ट द स्टार्टअप र सिपमुलक स्वोरोजगार बिस्तारमा सीपमुलक तालिम र बजारमुखी उद्यमशीलताको हस्तान्तरणमा अग्रणी भूमिका खेल्ने।

 

५) कृषि तथा बनका उपजमामा आधारित उधोगहरुलाई बदलिदो बजार माग अनुसार आफ्नो उत्पादन र सेवाको सुचारु गर्न सक्क्षम बनाउन उनिहरुको लागी जरुरि हुने इनोभेटीब कच्चा पदार्थ उत्पादन गरि उपलब्ध गराउने। उक्त उधोगहरु बाट माग भइ आएमा उनीहरुलाई पब्लिक–प्राइभेट कोलाब्रेसन मोडलको बैज्ञानिक तथा प्राबिधिक रिसर्च, डेभलपमेन्ट तथा इनोभेसन कार्यको लागि अवसर उपलब्ध गराउने।

 

६) नेपालमा आवश्यक देखिएको सीप, ज्ञान र प्रविधिको हस्तान्तरणको लागी संसारकै अब्बल मानिएका पब्लिक रिसर्च इन्स्टिच्युट, ल्याबरोटरिज, टेक्नोलोजी ट्रान्सफर अफिसेज र इन्क्युबेटर्स हरु संग उपयुक्त नेटवर्क र को–क्रिएसन बिल्डिङ ब्रिजेज विकास गरी नेपालका स्थानीय वैज्ञानिक, पेसेवर प्राज्ञ तथा बिज्ञ, उद्यमी, प्राबिधिक शिक्षालय र प्राबिधिक तथा आयुर्बेद बिश्वोबिध्यालय र सम्बन्धित संघ सस्था आदिसँग जोड्ने सेतुको काम गर्ने।

 

७) निजी क्षेत्रबाट स्थानीय उद्यमशीलता विकास गर्न सक्षम बनाउन उद्यमी, प्राबिधिक शिक्षालय र प्राबिधिक तथा आयुर्बेद बिश्वोबिध्यालय र सम्बन्धित संघ सस्था आदि लाई प्रविधि र कन्टेन्ट दिन सक्क्षम स्थानीय रुपमै उपलब्ध “‘बडी अफ नलेज” दिने इनोभेसनको इन्क्युबेटर्सको रुपमा कार्यरत “स्कुल अफ डिसरप्टिव इनोभेसन टोरन्टो” ले भूमिका खेल्ने।

 

८) नेपालमा कृषि र हर्बल उत्पादनको आयात घटाउने र निर्यात बढाउन स्थानीय उधम्शिलाता बिकाशमा जरुरि प्राबिधिक सहयोग गर्ने तथा बस्तु तथा सेवाको गुणस्तरको मापदण्डको प्रमाणित गर्ने वा गर्न सहयोग पुराउने।

 

क्यानडा र अमेरिकी क्षेत्रबाट हाम्रो अभियानमा जोडिन चाहने विदेशी तथा नेपाली मूलका महानुभाव र बिजनेस हाउस हरूलाई आफ्नो योगदान दिन चाहेको विषय उल्लेख गरी इमेल pafcanada@gmail.com मार्फत सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ।

हामीलाई सम्पर्क गर्नुहुने सबैको सुबेक्षाको लागि सदैव सदैव ऋणी रहने छौ। कृपया ध्यान दिनु होला, समयको पावन्दी र विषयको संवेदनशीलताका कारण हाल अत्यन्त सीमित सम्पर्क अनुरोधको मात्र उत्तर दिन हामी सफल बनिरहेका छौ।