प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
जब तपाईँ धर्म र अधर्मको कुरा गर्नु हुन्छ तब तपाइ लाई यो कुरा त्यो मानिस आस्तिक कि नास्तिक भनेको भन्ने लाग्छ होला। वेदको गहिराइमा पुगेर हेर्दा त्यो कुरा होइन। धर्म भनेको प्रकृतिमैत्री रहेर, सबैलाई समान सम्झेर, यो संसार मेरो मात्र होइन सारा चराचरको हो भन्ने अनुभूति गरेर अहिंसा पूर्ण नैतिक कार्यमाआफूलाई संलग्न गराउने कर्म गर्नु हो।
यथार्थमा भन्ने हो भने प्रकृतिको नियम सङ्गत आफ्नो कर्म गर्नु लाई धर्म भन्दछ। जसको तपाइले गरेको कार्य भन्दा उक्त कार्यको नियत प्रदान हुन्छ। दुर्घटना वाट चोट लागेको मानिसलाई निकोगर्न डाक्टरले अप्रेसन गर्दा मान्छे लाई दुख्छ, बच्चा जन्माउने क्रममा स्त्री लाई पिडा हुन्छ। तर त्यसको नियत अहिंसा युक्त त छदै छ, तरिका समेत प्राकृतिक नियम मैत्री हुने गर्दछ। त्यसैले एक डाक्टर र एक आमाको त्यो कर्म साहसिक धर्म कर्म हो।
त्यसो भए यो आस्तिक - नास्तिक भनेको के हो भन्ने प्रश्न फेरी आउँछ। आफ्नो घरको कागती, बेसार, अदुवार तिते पाती चिया नचिन्ने आयातित चिया कफीको पारखी बनेको हामीलाई नास्तिक (Hertodox) र आस्तिक (Orthodox) भनेर ईश्वर मान्ने (Theist) र ईश्वर नमान्ने (Atheist) भन्ने पश्चिमा विचार भनेको भनी अनजानमै बोली दिने गर्दछौ। अर्को तरीका वाट फरकतर्क पेस गर्ने गर्दछन्। जुन अत्यन्त ठुलो भ्रम (Blunder) हो। त्यसो हैन।
लेनिन र माओका सिद्धान्त घोकेर सामाजिक लेखक र वरिष्ठ साहित्यकार बनेकाहरूले जो यो लोक (This World) र परलोक Transcendental World) हुन्छ भन्ने विश्वास गर्दछन् ति आस्तिक र नगर्ने नास्तिक भनी लेखने गरेको भेटिन्छ। यस दुनियाँ बाहिर समेत केही छ भन्ने आस्तिक र छैन भन्ने नास्तिक भन्ने गरेको भेटिन्छ। दुर्भाग्यवश त्यो पनि सही होइन।
यथार्थमा आस्तिक र नास्तिक शब्द वेद संग सम्बन्धित छ। वैदिक समयमा वेदलाई शब्द प्रमाण मान्ने गरिन्थ्यो। अर्थात् वेदमा भएका कुरा सत्य भनी फेरी प्रमाणित गरिरहन नपर्ने सत्य कुरा ठानिन्थ्यो। अकाट्य सत्य मानिन्थ्यो। त्यसैको आधारमा कुनै कुरा सत्य रहेको नरहेको बारे वेद के भन्छ भनेर खोजिन्थ्यो।
जो व्यक्ति वेदको कुरालाई अन्तिम सत्य ठान्दछन्, वेदको कुरालाई शब्द प्रमाण मान्न सकिनेमा विश्वास राख्दछन् उनीहरूलाई आस्तिक भनिन्छ। जो वेद लाई अन्तिम सत्य मान्दैनन्, वेदको कुरालाई शब्द प्रमाण मान्न सकिनेमा विश्वास राख्न सक्दैनन् उनीहरूलाई नास्तिक भनिन्छ।
वैदिककालको निकै लामो समय सम्म पृथ्वीमा हाम्रो समाज आस्तिक रह्यो। कालान्तरमा समाजले वेदको मर्म विपरीत समान चिज कुनैको राक्षसी करण र कुनैको देवत्व करण जस्ता व्याख्याले जन्माएको असहज परम्परा स्विकार्न सकेन। गरिएका व्याख्या यदि वेदका सन्देश हुन् भने वेदको सबै कुराहरू लाई यथास्थितिमै हुबहु शब्द प्रमाण मान्न सकिनेमा समाज विश्वस्तहुन सकेन। त्यसको विरोधमा मूलतः तिन विचार धारा जन्मियो।
ऋषि बृहस्पतिको दर्शनमा आधारित चार्वाक दर्शन, महापुरुष महावीरको (जम्मा २४ त्रिशङ्करमा अन्तिम त्रिशङ्कर) जैन र महापुरुष बुद्धको बुद्ध दर्शन। यी तिन दर्शनले तत्कालीन वेदका व्याख्या लाई यथा स्थितिमै हुबहु शब्द प्रमाणको रूपमा स्विकार्दैन।
जैनदर्शन पछि दुई फक्लेटा भयो। श्वेतांबर र दिगम्बर। बौद्ध समेत दुई ठुलो परम्परा हीनयान र महायानमा विभाजित भयो। त्यसपछि फेरी बुद्ध दर्शनमा १९५६ मा अर्को नयाँ तेस्रो परम्परा (बिसौँ शताब्दीको डा.अंबेडकरको मध्यम वाट) जन्मियो। त्यो थियो पुनर्जीवित रूप नवयान।
तत्कालीन समयमा विकल्पमा प्रस्तुत दर्शनहरूमा तात्त्विक रूपमा धेरैमा अधिक समानता रहेता पनि चार्वाक दर्शन अलि फरक थियो। जस अन्तर्गत जसरी हुन्छ आफ्नो जीवनलाई मोज मस्तीमा लिप्त गराऊ, जिऊ भन्ने दर्शनको विकास गरिएको छ। यसले हाम्रो यो जीवन भन्दा पहिले पनि कुनै जीवन थिएन। मरेपछि पनि सबै सकियो भन्ने मान्दछ।
सुरुवाती चरण जैन र बुद्ध दर्शनमा प्रस्ट अवधारणा आउन नसक्नु स्वाभाविकै थियो। सुरुवातमा जैन र बुद्ध दर्शनमा जीवन बारे अत्यन्त विरोधाभास कुराहरू रहे। कति कुराहरूको गलत प्रयोग भयो। नयाँ मान्यता अनुरूप वेदको नजीकैको तर सुधारिएको केही फरक दर्शन प्रतिपादन गरियो। तत्कालीन समयमा वैदिक संरचनागत मान्यताको खिलाफमा नै फरक तिन दर्शन अघि आएकोले तिनीहरूले वेदलाई हुबहु शब्द प्रमाणको रूपमा स्विकार्न सम्भव थिएन। वेदलाई हुबहु शब्द प्रमाण नमान्ने ती सबै दर्शनहरू नास्तिक मानिए।
कालान्तरमा वेदको गहिरो अध्ययन पश्चात् नास्तिक दर्शनमा रहेका कतिपय कुराहरू वेदमा नै उल्लेख रहेको सङ्केतहरू मानिसहरूले भेट्टाउन थाले। नयाँ व्याख्या हुन गयो। वेदका राम्ररी उत्खनन नभएका पक्षलाई फरक फरक छ सिद्धान्तमा टुक्राएर हेर्न सकियो। जसले गर्दा वेदमा भएका कुरा प्रमाणको रूपमा लिन सकिने तर त्यसको भनाइहरू जे भनिएको रहेछ त्यो अनुरूप बुझ्न सक्नु पर्ने निष्कर्ष निक्लियो। जस अनुसार वेदलाई पुनः गहिराइमा पुगेर त्यसको गहिरा पक्षमा चिन्तन गरियो।
जस अनुरूप सांख्य (Sāṅkhya) दर्शन र योग (Yog) दर्शन, न्यायदर्शन (Epistemology ज्ञान मीमांसा) र वैशेषिक दर्शन (Metaphysics तत्त्व मीमांसा, अध्यात्मविज्ञान, आत्मतत्त्वज्ञान), तथा मीमांसा (सामूहिक कार्यको वा यज्ञको विस्तृत विवेचना) र वेदान्त (Vedanta उपनिषद, वेदको अन्तिम भाग, वेदको सार) गरी आपसमा सम्बन्धित छ दर्शन मिलाएर वेदको गहिरो ज्ञान समाजमा ल्याइयो। जस अन्तर्गत वास्तवमै वेदका कुरा प्रमाणको रूपमा लिन सकिने कुरा पुन: पुष्टि गरियो।
उल्लेखित छ वटा दर्शनलाई जब तपाईँ एकै ठाउँमा जोड्नुहुन्छ त्यसलाई षट् (छ वटा) दर्शन भनिन्छ। त्यही षट् दर्शनलाई श्रुति मानियो। सनातन संस्कृति वा दर्शन भनियो। सनातन संस्कृति वा दर्शन अन्तर्गत हुने सनातन मैत्री कर्मलाई सनातन धर्म भनियो। जसलाई पछि हिन्दु धर्म नाममा व्यापक प्रचार गरियो। सनातन धर्मको व्याख्या गर्ने नियतमा विभिन्न स्मृतिहरूको समेत रचना गरी त्यसलाई समाजमा पुर्याइयो।
तिनै स्मृतिहरूमा कालान्तरमा सामाजिक स्वार्थ, अहङ्कार र प्रतिशोध साध्ने अवसर अवसरको लागि, आफूलाई कुलीन वर्गमा परिवर्तन गर्ने भित्री कुनियतले आफ्नो स्वार्थ सिद्धि गर्न सहज गर्ने सन्देशहरू असल सन्देशका पुरिया भित्र समावेश गरी समाजमा सम्प्रेषण गर्ने काम भयो। वेदको मान्यता विपरीतको आपराधिक पाखण्ड जस्तै: जातपात, कुल, घराना, लिङ्ग, सानो ठुलो आदिको नाममा समाजमा फुट गर्ने र राज गर्ने तथा सामाजिक शोषण संस्थागत गर्ने गर्ने उपायको रूपमा समेत दुरुपयोग हुन थाल्यो।
यसो हुनुको पछाडि निकै गम्भीर कारणहरू छन्। वैदिक कालमा अक्षरमा लेख्ने चलन थिएन। सबै कुराहरू मन्त्र वा सूत्रको रूपमा बनाएर पुस्तान्तरण गरियो। घोकेर सम्झेर हस्तान्तरण गरिने सूत्र निकै कम शब्दमा बनाउनु जरुरी थियो। जसमा गहिरो अर्थ दिने ऋचा उपयोग हुन्थ्यो। जुन सर्वधारणको ज्ञानले बुझ्न सहज भएन। त्यसलाई डिकोड गरी व्याख्या जरुरी हुन्थ्यो।
ऋचाहरू तुलनात्मक रूपमा छोटो वाक्य वा वृत्ति (टीका) हुने भएकाले टीकाको अर्थ स्पष्ट गर्नका लागि रचना गरिएका कथा वा व्याख्याहरूलाई टिप्पणी लेख्नु (भाष्य) भनिन्छ। मन्त्र वा सूत्रको व्याख्या गर्न थप सरल भाष्य र टीकाहरू उपयोग गर्न जरुरी थियो। त्यसै गरियो।
त्यसै अनुरूप जटिल रूपको उपनिषद् (वेद व्यास), अलि सहज सूत्रको रूपको महर्षि बद्रयनको (वेद व्यास) ब्रम्ह्सुत्र र सहज भाषाको गीता (वेद व्यासको) अस्तित्वमा देखिए। त्यस बाहेक अन्य निकै विवादित बन्न पुगेका मनुस्मृति, गरुड पुराण प्रेत कल्प आदि समेत रचना गरिए।
निकै विवादित बन्न पुगेका कतिपय ग्रन्थ हाम्रो समाजमा अधिक वाचन हुने ग्रन्थ समेत बने। तिनीहरु सहज रूपमा बुझ्ने ग्रन्थ बन्यो। भाषामा थिए। असली वैदिक ज्ञानका गीता र वेद भने सर्वसाधारणको लागि बुझ्न अलि असहज प्रकृतिका थिएनन्। जसले गर्दा तिनीहरूको सन्देश समाजका अलि कम जाने परिस्थिति बन्यो।
मन्त्र वा सूत्रको रूपमा बनाएर पुस्तान्तरण हुँदै आएको टीका तथा तिनको छोटो व्याख्या रुपी भाष्यको डिकोड चुनौती पूर्ण थियो। ठिक त्यही बिन्दुमा भएका टिप्पणी गत व्याख्याहरूमा नियत खराब रहँदा विवाद युक्त व्याख्याहरू गरिए। विषयको चुरो नबुझी सीमित संस्कृतको ज्ञानको आधारमा भएका अनुमानित अर्थले दिने अनर्थ समाजमा सम्प्रेषण गरिए। फलतः त्यसका वास्तविक अर्थको व्याख्या हुँदै गर्दाको समयमा समेत अर्थ सही लागे नलागेको बारे अधिक शङ्काको रूपमा हेरिने अवस्था बन्यो। यस्ता परिस्थितिले एकै टीकाको फरक फरक व्याख्याहरू आउनुको कारक बन्यो।
यस कमजोरी लाई पश्चिमा मेसिनरिको संकेत अनुरुप आफ्नो कलम घुमाइ दिने सामाजिक लेखक र वरिष्ठ साहित्यकार बनेकाहरूले सनातन विरुद्ध आगो उकेल्ने अवसरको रूपमा सदुपयोग गरे। वेदको ‘व’ समेतको ज्ञान नभएकाहरूको अन्दाजमा वेद विपरीतका कुराहरू वेदको भनाइ भन्दै समाजमा पुग्यो। एक अर्थमा समाज माइथोलोजि ग्रस्त बन्यो।
अनुमानको भरमा समाजमा चलेको माइथोलोजिको अतिरञ्जना झन्डै ४० वर्ष नेपाली साहित्य, शिक्षा र सामाजिक चेतना सम्प्रेषण गर्ने माध्यमहरूमा एकाधिकार अधिपत्व जमाउन सफल रहेका प्रगतिवादी भनिएका भुईँफुट्टा वर्गको सनातन माथि निरन्तर गुलेली प्रहार गर्ने मट्याङ्ग्रा बने।
सम्पूर्ण सनातनीहरूको मकैबारी एक्लैले फाँडी दिन सक्ने महिषासुर अवतारमा आफूले आफूलाई अनुभूति गर्ने प्रगतिवादी गनिएको केही भुईँफुट्टा वर्गको अहङ्कारले उनीहरू वैज्ञानिक तथ्यको ज्ञाता रहेको दाबी गरेको देखिन्थ्यो। पापी पेट र दाना पानीको जोहोको लागि आएको खराब नियतका माइथोलोजि युक्त अतिरञ्जनाहरू वारेको भ्रम चिर्ने कार्य स्वयं वैदिक समुदाय वाट समेत खासै गरिएन।
त्यसैको नतिजाले वेदमा रहेका अविद्या र विद्याका ज्ञानबाट हाम्रो समाजलाई वञ्चित मात्र गरेन आफ्नै रैथाने ज्ञान, सीप र उच्च उद्यमशीलताको सम्भावनालाई समेत नेपाली युवा र उद्यमीको पहुँच वाट निकै पर धकेली दियो। विदेशी ज्ञान, उत्पादन र प्रविधिको मुलुक एकाधिकार बजारमा रूपान्तरित हुन पुग्यो। जिउँदो युवा वर्ग आफ्नै मुलुकमा निराश बनेर अधिक सङ्ख्यामा विदेश पलायन हुने वातावरण जन्मियो।
वेदका कुराहरू यथार्थमा सत्य छन्। आजको दिन सम्म आइपुग्दा समेत विज्ञानले वेदका कुराहरू परीक्षण गरेर सत्य रहे नरहेको यकिन गर्न सक्ने क्षमता विकास गर्न सकेको छैन। विज्ञानले आफ्नो क्षमता त्यो हद सम्म विकास नगर्दा सम्म हामी हाम्रो अनुभूति मार्फत सत्य रहेको महसुस गरिरहेको वैदिक भनाइहरू आफ्नो अनुभवको आधारमा नै सत्य रहेको मान्न पर्ने अवस्थामा छौ।
विज्ञानले बिस्तारै आफ्नो क्षमता विकास गर्ने क्रममा विकसित भएको क्वान्टम मेकानिक्सले विज्ञानमा नयाँ मोड दिन सकेको छ। एक पछि अर्को गर्दै, वैदिक सनातनीहरूले आशा गरे भन्दा तिव्र गतिमा वेदका कुराहरू विज्ञानले सत्यको नजिक रहेको को प्रमाणित गरी दिन थालेको छ।
क्वान्टम मेकानिक्सले उजागर गरेका नयाँ नयाँ तथ्यको ज्ञानले हामीलाई समेत वेदका मन्त्र वा सूत्रले यथार्थमा यसो भनेको रहेछन् भनी नयाँ सिराबाट बुझ्न र व्याख्या गर्न थप सरल बनाइ रहेको छ। भाष्य र टीकाहरूका अन्तर्यमा पुगेर उपयोग गरी नयाँ तरिकाले व्याख्या गर्न अब हामी वेदमा विज्ञानको सहारा लिन सक्ने हदमा पुग्न सकेका छौ।
आदरणीय मित्रहरू,
मलाई मेरो वेदमा विज्ञानको यात्रा त्यति सहज छैन। वेदमा विज्ञानको क्षेत्र र मार्गमा निकै धेरै समय, शक्ति, साधन र श्रोतको जरुरत पर्दछ। तपाईँहरूको आशीर्वादले मैले मेरो हालको आम्दानीको मात्र २५% खर्च गरी आफ्नो गुजारा गरेर ७५% यस कार्यमा लगाएरै भए पनि मैले प्राप्त गरेको कुराहरू निःशुल्क तपाईँहरू समक्ष ल्याउन कोसिस गरेको छु। त्यसमा म ईश्वर प्रति धन्य छु। आभारव्यक्त गर्दछु। म यो काममा लागि निरन्तर लागि रहने प्रतिज्ञा समेत गर्दछु।
वेदमा विज्ञानको काममा भएको विरोधमा मलाई कुनै आपत्ति छैन। मलाई निरुत्साहित गर्न आउने साथीहरू संग पनि म नाराज हैन। मात्र हैरान छु। परमात्मा कै कृपाले होला, मलाई मेरो अत्यन्त नजिकका मानवरुपी साक्षात् देवी तथा देवहरू, यथार्थमा हाम्रा पनि र राम्रा पनि आफन्तहरुको नबोलेर नै निकै ठुलो मनोवैज्ञानिक प्रेरणा दिई रहेका छन्।
निरुत्साहितगर्न आउने साथीहरूले दिने हैरानीले कहिले कहीँ अनुसन्धान गर्न जरुरी हुने एकान्त र एकाग्रता लाई मार्ने रहेछ। त्यसैले त्यस्तो प्रयास लाई रोक्न सामाजिक सञ्जालको प्रयास, फोनकल, इमेल बेवास्ता गर्ने गर्दै मेरो काम अघि बढी रहेको छ। मेरो साधन र श्रोतले भ्याए सम्म म अवश्य यो वेदमा विज्ञानको पाटोको थप उत्खननमा लाग्ने नै छु। जति सक्छु गर्ने छु। भेटेको कुराहरू तपाईहरू सामु जस्तो भेटेँ त्यस्तै राखिदिने छु। यो क्रममा ईरर इन द जजमेन्टका करण मेरो लेखाइ र बुझाइमा कुनै गल्ती वा कमजोरी भएको रहेछ भने तिनीहरू लाई हाम्रा नयाँ पुस्ताले पक्कै पक्डिएर सुधार गर्ने नै छन्। त्यसैले त्यो बारे म अधिक चिन्तित रहेको छैन।